Trending:

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन ७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश ‘ह्याक फर नेपाल’ ह्याकाथन जेठ १५ देखि एनसीआईटीमा आयोजना हुँदै काइयी एक्सचेन्ज कार्निभल २०८२ वैशाख २६ देखि थापाथलीमा सुरु हुँदै चितवनमा जी मोटर्सको नयाँ शोरुम, स्काईवेल गाडीको बिक्री सुरु ग्लोबल आईएमई बैंकले अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुरू गर्‍यो नेटवर्क नआउने समस्याबाट हैरान? अपनाउनुहोस् यी ७ प्रभावकारी उपाय गुगलविरुद्धको मुद्दाले मोजिल्ला फायरफक्स संकटमा डिजिटल नवप्रवर्तनका लागि ग्लोबल आइएमईको ह्याकाथन सम्पन्न काईयी नेपालले ल्यायो इभी अफर, बुकिङमा आकर्षक उपहार र बीमा/ट्याक्स छुट आईफोन अब भारतमा, एप्पलले चीनबाट उत्पादन सार्दै गुगलको जेमिनी एआई अब आइफोनमा, एप्पल र गुगलबीच सम्झौता सम्भव टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, किशोरहरूका लागि सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा सर्केगाडमा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध, जनजीवन प्रभावित
अपडेट

यी हुन् SSD भएको ल्यापटपको विशेषता

यी हुन् SSD भएको ल्यापटपको विशेषता
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

७ भदाै, काठमाडाैँ। तपाइले नयाँ ल्यापटप खरिद गर्न हिँड्नु भएको भए देखाइएका रोजाइहरूमा कुनै ल्यापटपमा एसएसडी थियो होला, कुनैमा हार्ड ड्राइभ भने कुनैमा दुवै भेट्नु भयो होला। हार्ड ड्राइभ हाम्रो वरीपरी रहेको त धेरै भइसक्यो। तर एसएसडी हाम्रो लागि नयाँ विषय बन्न सक्छ। आखिर के हो त एसएसडी अनि ल्यापटपमा एसएसडी भएको कस्ता फाइदाहरू छन् त?

ल्यापटपको डिस्क ड्राइभ यसको सिपियु, र्‍याम र ग्राफिक्स चिप सहित अन्य भागहरू भन्दा अधिक महत्त्वपूर्ण छ। जब तपाईँको प्रोसेसरले केही खोल्ने, बुट गर्ने,कार्यक्रमहरू लन्च गर्ने र अरू कार्यहरू गर्दछ, तब तपाइको प्रोसेसरले डिस्कबाट डेटा लोड गर्न पर्खिरहेको हुन्छ। झ्याप्प हेर्दा यसले केवल डाटा राख्ने काम देखिएला तर हाम्रो सबै कार्यक्रम र नयाँ फाइल खोल्ने कार्यहरुमा डिस्क ड्राइभ चाहिन्छ नै।

यसले दिने केही विशेष विशेषताहरु:

कार्य सम्पादनमा सुधार

किनकि एसएसडीमा कुनै गतिशील भागहरू हुँदैनन्, यसले हार्ड ड्राइभभन्दा छिटो डाटा पढ्न र लेख्न सक्षम छ। जब तपाईँ आफ्नो ल्यापटप बुट गर्नुहुन्छ वा प्रोग्राम खोल्नुहुन्छ, कुनै हार्ड ड्राइभ भन्दा पनि बढी रफ्तार यसको देखिन सक्छ।

भण्डारण

एसएसडी युक्त ल्यापटपमा सामान्य रूपमा केवल १२८ जीबी वा २५६ जीबी क्षमता हुन्छ। यति जीबी तपाइको सबै कार्यक्रमहरू र जानकारीको उचित मात्राको लागि पर्याप्त हुन्छ। यसले लगभग सबै ठुला कार्यक्रम पनि धान्न सक्छ।

यदि तपाईँ प्रोग्रामिंग वा एडिटिंग गर्नु हुन्छ भने चाहिँ तपाइको लागि २५६ जीबी १२८ जीबी भन्दा धेरै फाइदाजनक र आवश्यक हुन्छ।

लामो समय टिकाउ

एसएसडीको भित्री भागमा हार्ड ड्राइभमा हुने ती गतिशील संयन्त्रहरू मध्ये कुनै पनि हुँदैनन्। त्यसैले लापरबाहीपूर्वक ल्यापटप छोडियो भने पनि यसले कुनै पनि क्षति भोग्ने सम्भावना हुँदैन। त्यसो भएरै एसएसडी हार्ड ड्राइभभन्दा निश्चित रूपमा धेरै सुरक्षित भण्डारण माध्यम बन्न जान्छ। यसले दुर्घटनाको घटनामा तपाईँको बहुमूल्य डेटा संरक्षण गर्न सक्दछ।

यदि तपाईँले दुर्घटनावश हार्ड डिस्क भएको ल्यापटप छोड्नुभयो भने तपाईँले ड्राइभको भौतिक घटकहरू बिगार्न सक्नुहुन्छ। अर्कोतर्फ, यदि तपाईँले झुक्किएर नै भए नि आफ्नो एसएसडी भएको ल्यापटप छोड्नुहुन्छ भने कुनै ठुलो क्षति भोग्ने सम्भावना छैन।

यही कारणले पनि धेरैले एसएसडी ल्यापटप रुचाउँछन्। यो निश्चय नै एउटा सुरक्षित भण्डारण माध्यम हो।

प्रशोधन ध्वनि विहीन

तपाइले हार्ड ड्राइभ भएको ल्यापटपमा ठुलो हेबी काम गर्न प्रयोग गर्दा ठुलो आवाज आउने गर्दछ। तिनीहरूको भित्र संयन्त्रहरू छन् जुन राम्ररी काम गर्न हलचल गर्नु पर्दछ। साथै ड्राइभ प्लेटहरू स्पिन गर्दछ।

जब तपाईँले आफ्नो ल्यापटपको लागि एसएसडी रोज्नुहुन्छ, तब तपाईँ यो समस्यामा आउनुहुन्न। एसएसडीको यन्त्रमा गतिशील संयन्त्र नभएको हुँदा केही हलचल नहुने हुँदा कुनै अनावश्यक आवाज आउँदैन।

हल्का तौल

यदि तपाईँले आफ्नो काममा वा कतै जाँदा पनि ल्यापटप बोक्नु पर्ने हुन्छ भने तपाईँ एसएसडी ल्यापटपबाट लाभान्वित हुनुहुनेछ। एसएसडी ड्राइभहरू परम्परागत हार्ड डिस्कहरूको तुलनामा हल्का हुन्छन्। यस विकासले निर्माताहरूलाई अल्ट्रा-थिन ट्याब्लेटहरू, ल्यापटपहरू र अन्य मोबाइल उपकरणहरू उत्पादन गर्न सक्षम बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?