Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

राष्ट्रिय परिचयपत्र: अब समस्या छैन

राष्ट्रिय परिचयपत्र: अब समस्या छैन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 5 मिनेट

३० भदाै, काठमाडाैँ । रोमानिया जाने योजना बनाएर राहदानी बनाउन काठमाडौं जिल्ला प्रशासन कार्यालय आएका शङ्खरापुर नगरपालिकाका प्रदीप शिवभक्तिलाई १० महिनाअघि राष्ट्रिय परिचयपत्र बनाउँदाको दु:ख सम्झन मन छैन।

त्यो बेला राष्ट्रिय परिचयपत्र बनाउन यही कार्यालयमा उनी वाक्कदिक्क भएका थिए।

‘त्यो बेलाको भिड दु:ख सम्झन चाहन्नँ’, उनले फोटो खिच्ने ठाउँ औंल्याउँदै भने, ‘ऊ त्यहाँ हेर्नुस् अहिले त भिडै छैन।’

केहीबेर गफिएपछि त्यो बेला (परिचयपत्र बनाउँदा) को हप्ता दिनको कष्ट उनले खोल्न थाले।

शिवभक्तिले पहिलो दिन राष्ट्रिय परिचयपत्रका लागि फारम भरे। त्यो बेला टोकन प्रणाली चल्थ्यो।

‘फारम भरेपछि टोकन लिन कहाँ सजिलो थियो र? राति १२ बजेतिरै लाइनमा बस्नु पर्थ्यो, नत्र पालो पाउनै मुश्किल थियो, त्यस दिन राति २ बजे आउँदा काठमाडौं प्रशासन कार्यालय अगाडिको सडकमा टन्न लाइन, थेगिनसक्नु भिड थियो, सबभन्दा अन्तिममा लाइन समाएँ’, उनले भने।

उनले कुर्दाकुर्दा दोस्रो दिन बिहान बल्ल टोकन भेट्टाए। टोकन नलगी प्रशासन कार्यालय जानुको अर्थ थिएन। उनी तेस्रो दिन बिहान टोकन बोकेर बल्ल कार्यालय छिरे।

भित्र पनि थेगिनसक्नु सेवाग्राही थिए। ठेलमठेल भीडका बीचमा उनी पनि पसे। फेरि मानिसको तानातान, मारामार, झगडा मिलाउन प्रहरीलाई हम्मेहम्मे पर्थो।

उनी त्यो भीडमै हराउनुभयो र त्यसदिन रित्तो हात घर फर्किए। चौथो दिन पनि गेटबाहिर बाक्लै भिड थियो। गेट खोल्नेबित्तिकै तछाडमछाड गरेर मानिस भित्र पसे। त्यसबेला कतिका लगाएका सामान हराउँथे, कति थिचिन्थे, कति कुटिन्थे, पत्तो हुँदैन्थ्यो। निरीह बनेर फर्कनुपर्ने बाध्यता थियो।

‘त्यस दिन ठेलमठेल भिडमै झगडा पनि भयो। जति प्रयास गर्दा पनि पालै पाइएन। फेरि अर्काे दिन (पाचौं दिन) टोकन बोकेर आउँदा बल्ल फोटो खिच्न पाएँ।’

परिचयपत्र कहिले आउने हो थाहा छैन तर एउटा स्लिप दिँदो रहेछ। त्यो पाउँदा ठूलै जित हासिल भएको महसुस भयो शिवभक्तिलाई। त्यस कागजमा राष्ट्रिय परिचयपत्रको नम्बर हुन्छ। रोमानियाको भिसा लागेपछि त्यही कागज बोकेर उनी राहदानीका लागि आउँदा उनले यी कुरा खोले।

यसअघिका काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल टोकन प्रणालीमा अन्य व्यक्तिले लिएर ‘ब्ल्याक’मा बेच्न थालेकाले त्यो प्रणाली हटाएको बताउँछन्।

त्यसपछि म्याद तोक्ने प्रणालीको विकास भयो। पछि केही होलो त भयो तर भिड भने घटेन। भिड रोक्न विभिन्न उपाय अवलम्बन गरियो। त्यसले भीड केही कम गरेको सुनाउँछन् प्रशासनका अधिकारी।

काठमाडौंको जडिबुटीकी सविना कार्कीले गएको असारमा फारम भर्दा दुई महिनाको म्याद पाइन्। अरूले पाँच/सात महिनामा पालो नपाइरहेका बेला दुई महिनाको पालो आउने मिति देख्दा औधी खुसी लागेको उनले सुनाइन्।

‘खै मेरो पालामा फारम भर्ने नै कम भएर पो हो कि दुई महिनामा पालो आयो, अहिले सामान्य त्रुटी देखिएकाले सच्याउन आएकी हुँ’, उनले अनुभव सुनाइन्।

अघिल्लो हप्ता उनले सच्याउन फारम भर्दा पुसमा पालो देखाइएको थियो। पुरानो सच्याउन आएको भनेपछि त्यही दिन नै काम सकेर उनी फर्किइन्।

अहिले अनलाइन फाराम भर्दा पुस, माघको मिति दिने गरिएको छ। स्वचालित रूपमा अनलाइन फारममा त्यो देखाउँछ। आवश्यक छ भनेर अनुरोध गरेर आउने सेवाग्राहीलाई रित्तो हात पठाउने गरिएको भने छैन। आवश्यकता पर्नेको हकमा सहजीकरण गर्ने गरिएको गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराई बताउँछन्।

उनका अनुसार साउन मसान्त सम्ममा मुलुकभर ८६ लाख जनाले परिचयपत्र बनाइसकेका छन्।

हरेक महिना झण्डै पाँच लाख जनाले परिचयपत्र बनाउने गरेकाले त्यही हाराहारीमा यो महिनामा बनेको उनको अनुमान छ। सबै तथ्याङ्क आउन भने बाँकी रहेको भट्टराईले बताए।

अहिले ७७ वटै जिल्ला प्रशासनमा अनलाइनमार्फत् काम हुन्छ। यसका साथै ४२ वटा इलाका प्रशासन कार्यालयबाट पनि परिचयपत्र बन्छ। धनुषा र सिरहाका पालिकामा पनि परिचयपत्र बनाउने काम सुरू भएको छ।

नारायणहिटीका साथै काठमाडौं र ललितपुरमा विभिन्न प्रदेश तोकेर उपत्यकामा हुने सेवाग्राहीका लागि सहजीकरण गरिएको छ। काठमाडौं महानगरपालिकाका वडा तथा राष्ट्रिय सभागृहबाट समेत दिन थालिएको छ।

भट्टराईका अनुसार अहिले ३८ जिल्लामा परिचयपत्र बनाउने काम सकिएको छ। कुल ७० प्रतिशत मतदाताले बनाए भने त्यो ठाउँमा परिचयपत्र बनाउने काम सफल भएको मानिन्छ। सोही आधारमा ३८ जिल्लामा काम पूरा भएको र अहिले मोरङ, सुनसरी, सिरहा, धनुषा, दोलखा, गोरखा र बागलुङ, दार्चुला, दाङ, बर्दिया लगायत १३ जिल्लामा समस्या पनि छन्। ती जिल्ला प्रशासनमा परिचयपत्र बनाउने काम भने जारी नै छ।

‘मान्छेले विवरण सही नराख्दा बिग्रिने कारण सच्याउन झन्झट हुने गरेको छ। त्यसका अतिरिक्त दर्ता अपरेटर न्यून छन्, भत्ता कम भएकाले प्रोत्साहन नहुने हुँदा छाडेर जाने अवस्था पनि रहेको तथा कप्युटर, ल्यापटप एवं विविध प्राविधिक समस्यासमेत आउने गरेको छ’, महानिर्देशक भट्टराई भन्छन्, ‘राज्यको रूपान्तरणकारी अभियान भएकाले नागरिकले कसरी सहज रूपमा परिचयपत्र प्राप्त गर्न सक्छन् भन्नेमा नै ध्यान रहेको छ।’

विगतमा अत्यधिक चाप भएको स्वीकार गर्दै भट्टराईले काठमाडौंमा विशेष व्यवस्था पनि गरिएको जानकारी दिए। अहिले धेरै समस्या समाधान भइरहेको उनले बताए।

नियन्त्रण गर्ने उपाय स्वरूप बिहान ९ देखि साँझ ६ बजेसम्म अभियान सञ्चालन गरेकाले समस्या हटेको उनले सुनाए। उनले अहिले अनलाइन फाराम भर्दा पुसको मिति देखाउने तर आवश्यक छ भने त्यो मितिका कारण नरोकिने पनि स्पष्ट पारे।

राष्ट्रिय परिचयपत्र व्यक्तिको परिचय प्रमाणीकरणको डिजिटल समाधान हो।

डिजिटल विशेषता रहेकाले अहिलेको आधुनिक युगमा यसलाई सार्वजनिक सेवासँग अन्तरसम्बन्धित गराई विविध कामका लागि प्रयोगमा ल्याउन सकिने हुनाले यसको अत्यन्त महत्व रहेको छ।

नेपाल सरकारले २०६६/६७ को वार्षिक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमार्फत् सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्रका रूपमा निर्वाचनमा समेत प्रयोग गर्न सकिने गरी फोटोसहितको बायोमेट्रिक स्मार्ट कार्डको प्रयोग गर्ने व्यवस्था गरिनेछ र यससम्बन्धी व्यवस्था कार्यान्वयनका लागि एउटा छुट्टै केन्द्रीय निकाय खडा गरिनेछ भनी घोषणा गरिएको थियो। सरकारले २०७५ बाट परिचयपत्र वितरण थालेको हो।

काठमाडौंमा यसरी सुधार गरियो

भीड बढी भएर काठमाडौं प्रशासनले थेग्न नसकेपछि सुरूमा दक्षिणकाली र कीर्तिपुर नगरपालिकामा एउटा वटामा दुई स्टेसन (अस्थायी कार्यालय) राखेर सेवा दिन थालियो। त्यहाँबाट सेवा दिँदा केही सहज भयो। त्यसपछि अर्काे सुधारको कामअनुसार फर्पिङ र साँखु इलाका प्रशासनबाट पनि एक/एक स्टेसन थपेपछि प्रशासनमा आउने भीड कम भयो। अहिले आठ स्टेसनबाट सेवा दिइरहेकामा अझै थप्ने योजना बनाइएको छ।

अझै भिड घटाउने योजनाअनुसार धेरै जनशक्ति भएको कार्यालयमा त्यही नै एक दुई दिन अस्थायी रूपमा परिचयपत्रको फोटो खिच्ने काम गर्ने योजना बनाइएको छ।

शिक्षण अस्पताल, प्रहरीका कार्यालयलगायत विभिन्न स्थानमा स्टेसन राखेर सेवा सहज बनाउने योजना काठमाडौं प्रशासनको छ।

प्रशासनमा आउन नपर्ने गरी अस्थायी कार्यालय खडा गरी सेवा दिन लागेकाले भिडभाड कम हुन थालेको हो।

‘कतिपय सेवाग्राहीले अनलाइन फारम भर्दा धेरै पछाडिको मिति आउने रहेछ, त्यो पनि सुधार हुँदै छ, आवश्यकता छ भने पछाडिको मिति पाएकाको हकमा तत्कालै काम हुन्छ, हालका काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले भने, ‘अब समस्या छैन।’

केही अघि मात्रै ललितपुरबाट सरूवा भएर आएका प्रजिअ उपाध्यायले ललितपुरमा विगतमै सामान्य बनाइएको र अब काठमाडौंको पनि समस्या हटेको बताए।

उनले आफू आउनेबित्तिकै दैनिक तीन सय जनाले बनाउने गरेकामा चार सयले बनाउन पाउने व्यवस्था गरिएको जानकारी दिए।अझै सुधार गर्ने योजना रहेको र धेरै जनशक्ति भएको संस्थामा त्यहीँ गएर पनि काम गरिने उनले बताए।

उनका अनुसार थोरै फारम खुल्ने भएकाले राहदानीमा भने समस्या रहेको छ। काठमाडौं प्रशासनमा बागमती प्रदेशका १४ जिल्ला, धनुषा र पर्साका नागरिकको परिचयपत्र बन्छ। काठमाडौंको हकमा भने इलाका प्रशासन कार्यालय, पालिकाबाट समेत सेवा दिने भएकाले समस्या हटेको जनाइएको छ। त्यसैले आजको आजै परिचय पाउने व्यवस्था मिलाउन थालिएको छ। परिचयपत्र बनाउन अनलाइन फाराम र सक्कल कागजात ल्याउनुपर्छ। विवाहितका हकमा विवाह दर्ता प्रमाणपत्र भएमा परिचयपत्र बन्छ। फोटोकपी भने प्रणालीले स्वीकार गर्दैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?