१२ मंसिर २०७९, सोमबार

Logo

नेपाल टेलिकमले तिर्यो नेपाल सरकारलाई सबैभन्दा बढी कर



८ मंसिर, काठमाडाैँ। आन्तरिक राजस्व विभागले उत्कृष्ट १६ करदातालाई सम्मानित गरेको छ । साताव्यापीरूपमा मनाइएको राष्ट्रिय कर दिवस २०७९ का अवसरमा विभागले उहाँहरूलाई सम्मानित गरेको हो ।

विभागका अनुसार गत वर्षको उत्कृष्ट करदाताका रूपमा व्यक्तिगत आयकरतर्फ विजयकुमार शाह सम्मानित भएका छन् । संस्थागततर्फ सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले दाखिला गरेको विभागले जनाएको छ ।

त्यस्तै, निर्यात कारोबारबाट बढी आयकर तिर्नेमा श्री शिव शक्ति घ्यु उद्योग प्रालि, विशेष उद्योगतर्फ राजेश मेटल क्राफ्ट प्रालि र कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये ओसिबी फुड्स एण्ड फिड्स प्रालिलाई सम्मानित गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको कारोबार गर्ने संस्थामध्ये नबिल बैंक लिमिटेड, बिमा व्यवसायमध्ये नेपाल पुनःबिमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थामध्ये नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि र पर्यटन व्यवसायमध्ये मनकामना दर्शन प्रालिलाई सम्मानित गरिएको विभागले जनाएको छ ।

त्यसैगरी वस्तु तथा व्यापारको कारोबारमध्ये हंसराज हुलासचन्द एण्ड कम्पनी लिमिटेड, मध्यमस्तरीय करदातामध्ये नेपाल धितोपत्र विनिमय बजार लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, रेमिटेन्स तथा मनि ट्रान्सफरमध्ये आइएमई लिमिटेड र सबैभन्दा बढी कूल आन्तरिक राजस्व दाखिला गर्नेमा सूर्य नेपाल प्रालिलाई सम्मानित गरिएको हो ।

विसं २०६७ देखि २०७९ असारसम्मको कर अवधिमा मूल्य अभिवृद्धि कर विवरण र सोबमोजिमको कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये सबैभन्दा बढी मूल्यअभिवृद्धि कर दाखिला गरेको कम्पनीका रूपमा गोर्खा ब्रुअरी प्रालिलाई सम्मानित गरिएको छ ।

विभागले कर दिवसका अवसरमा १० जना कर्मचारीलाई पनि सम्मानित गरेको छ । आन्तरिक राजस्व विभागले हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउँदै आएको छ भने सोही दिन उत्कृष्ट करदातालाई पनि सम्मानित गर्दै आएको छ । यस वर्ष चुनाव आचारसंहिता लागू भएका कारण विभागले सम्मान वितरण कार्यक्रम बुधबार राखेको थियो ।

विभागअन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता कार्यालयसमेत गरी जम्मा ८४ वटा कार्यालय रहेका छन् । यस वर्षको कर दिवसको नारा ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार ः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ रहेको छ ।


१२ मंसिर, काठमाडाैँ। नेपाल स्थित अमेरिकी राजदूतावासले अमेरिकी फोटोग्राफर कितिया पावलोस्कीले सगरमाथा क्षेत्रमा खिचेका

११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन