२० मंसिर २०७९, मंगलवार

Logo

एनसेलले ल्यायो प्रिपेड योजना



इन्डलेस कम्बो प्याकहरु

८ मंसिर, काठमाडाैँ। दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड योजना सार्वजनिक गरेको छ । नयाँ योजनाअन्तर्गत ‘सजिलो’, ‘सहयात्री’ र ‘सही यो’ योजना समावेश छन् । मङ्सिर ४ देखि सुरु गरिएका यी योजना ग्राहकले करसहित ९७, ९८ र ९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

सजिलो योजनाअन्तर्गत सिमकार्ड लिनेले १० रुपैयाँ मुख्य मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको २० वटा अन नेट एसएमएस प्राप्त गर्नेछन् । सहयात्री योजनामा ग्राहकले १० रुपैयाँ मुख्य ब्यालेन्सहित एक सय एमबी डेटा, सात दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्छन् । सही यो योजनाअन्तर्गत ग्राहकले इन्स्टाग्राम प्रयोग गर्न ३० दिन समयसीमा रहेको एक जीबी डेटा, १० रुपियाँ मुख्य ब्यालेन्स, एक सय एमबी डेटा, १० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको १० वटा अन नेट एसएमएस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको