१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर नक्कली भएको दाबी गरिएको छ।
चर्चित अल्पाइन इन्टरनेशनल म्यागजिन नामक फ्रान्सेली म्यागजिनले अमेरिकी फोटोग्राफर कितिया पावलोस्किले सगरमाथा क्षेत्रमा खिचेको दाबी गरेको फोटोको प्राविधिक विश्लेषण सहित नक्कली भएको दाबी गरेको छ। कितियाले सफ्टवेयरको प्रयोग गरेर ती तस्बिरहरू बनाएको समेत आरोप लागेको छ।
अल्पाइन इन्टरनेशनल म्यागजिनमा ‘द फेक स्नो लियोपार्ड: फोटोमोन्टेज स्प्रेड अराउन्ड द वर्ल्ड’ शिर्षकमा प्रकाशित सामग्रीमा कितियाले खिचेको फोटो फेक भएको विभिन्न विवरणहरू समेत जुटाइएको छ। उक्त म्यागजिनले कितिया फोटोपत्रकार नभइ फोटोग्राफर भएको पनि उल्लेख गरिएको छ।
कितियाले खिचिएका भनिएका हिमचितुवाका तस्बिरहरू बाहिरिएपछि एकाएक उनको चर्चा भएको थियो। त्यस्तै, नेपालीहरूले खिचेका उत्कृष्ट तस्बिरहरूबारे पनि चर्चा भएको थियो। नेपालस्थित अमेरिकी राजदूतावासले पनि कितियाको प्रशंसा गर्दै ती तस्बिरहरू सामाजिक सञ्जालमा शेयर गरेको थियो।
अलपाइन इन्टरनेसनल म्यागाजिन हिमाली जीवन, प्रकृति र फोटोग्राफीका विज्ञहरूले चलाएको एक चर्चित म्यागेजिन हो ।
यो सामग्रीबारे विस्तृत अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस्।