१६ माघ २०७९, सोमबार

Logo

नेपाली टोली टिटुके पब्जी विश्वकपको फाइनलका लागि छनाैट



१२ मंसिर, काठमाडाैँ। नेपाली पब्जी टोली ट्रेन्ड टु किल (टिटुके) पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पिएमजिसी)को फाइनलका लागि छनाैट भएको छ। अंक तालिकाको तेश्रो स्थानमा रहँदै टिटुकेले फाइनलमा स्थान बनाएको हो।

समूह चरणका २४ खेलमा टिटुकेले  २१४ अंक बनाएको थियो। किलमार्फत ९२ अंक पाएको टिटुकेले प्लेसमेन्टमार्फत १२२ अंक बटुल्यो। त्यस्तै, टिटुकेसँग समान अंक रहेको रिजेक्ट भने चाैथो स्थानमा रहन सफल भयो।

पिएमजिसीमा दुबै टोलीको समान अंक भएको अवस्थामा चिकन डिनर र त्यो पनि समान भएको अवस्थामा प्लेसमेन्ट पोइन्टका आधारमा अंक तालिका बनाइन्छ।

रिजेक्ट र टिटुकेको समग्रमा समान अंक र चिकन डिनर नै भएको अवस्थामा प्लेसमेन्ट पोइन्ट धेरै भएका कारण टिटुके तेश्रो स्थानमा रहँदै फाइनलका लागि छनाैट भएको हो।

यसभन्दा अघि अर्को समूहबाट डिआरएस गेमिङ र स्काइलाइट्ज गेमिङ सर्भाइभल स्टेजका लागि छनाैट भएका छन्। अंक तालिकाको ४-११ स्थान रहनेहरू सर्भाइभल स्टेजमा खेल्नेछन्।

अंक तालिकाको तेश्रो स्थान रहन सफल टिटुकेले पुरस्कार स्वरूप १ करोड नेपाली रूपैयाँभन्दा बढी पनि पाएको छ। पिएमजिसीको फाइनल ६ देखि ८ जनवरीमा इन्डोनेसियाको जाकार्तामा हुनेछ।


१६ माघ, काठमाडाैँ। पूर्व प्रेमिकाको चरित्रहत्या गर्ने एक व्यक्ति पक्राउ परेका छन्। फेसबुकमार्फत चिनजान

माघ १५ ,काठमाण्डौ। सिजी नेटद्वारा उपलब्ध गराइने इन्टरनेट सेवाहरू ठप्प भए सँगै इन्टरनेट सर्भिस

१४ माघ, काठमाडाैँ। करीब तीन घण्टा डाउन भएका अधिकांश सरकारी वेबसाइट सञ्चालनमा आएका छन्। शनिबार

१२ माघ, पाल्पा। पाल्पाको रामपुर नगरपालिकाको कार्यालयमा डिजिटल प्रविधिको नागरिक वडापत्र राखिएको छ । कार्यालयमा