Trending:

अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा
अपडेट

बङ्गलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा : अध्ययन

बङ्गलादेशमा वायु प्रदूषणका कारण शारीरिक र मानसिक स्वास्थ्यमा खतरा : अध्ययन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१९ मंसिर, एजेन्सी। उच्च स्तरको वायु प्रदूषणको सम्पर्कमा आउँदा बङ्गलादेशमा बसोबास गर्दै आएका लाखौँ मानिस यसबाट बढी प्रभावित बन्नेगरेको एक अध्ययन प्रतिवेदनले देखाएको छ ।

प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या, खोकी, तल्लो श्वासनलीमा सङ्क्रमणका साथै डिप्रेसन र अन्य स्वास्थ्य समस्याको जोखिम बढ्ने विश्व बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

‘ब्रेथिङ हेभी ः न्यू एभिडेन्स अन एयर पोलुशन एण्ड हेल्थ इन बङ्गलादेश’ नामक प्रतिवेदनले ढाका र सिलहट शहरहरूमा शारीरिक र मानसिक स्वास्थ्यमा बाह्य वायु प्रदूषणको प्रभावको मूल्यांकन गरेको छ । प्रदूषणका कारण पाँच वर्षमुनिका बच्चाहरू, वृद्धहरू र मधुमेह, मुटु वा श्वासप्रश्वासको अवस्था जस्ता अन्य रोगहरू भएका व्यक्तिहरू सबैभन्दा असुरक्षित रहेको बताइएको छ ।

प्रतिवेदनले स्वास्थ्यमा वायु प्रदूषणको प्रभाव कम गर्न, सार्वजनिक स्वास्थ्य सेवाहरू र प्रतिक्रिया संयन्त्रहरू सुधार गर्न, वायु प्रदूषण तथ्याङ्क निगरानी प्रणालीमा सुधार गर्न, प्रणालीहरूमा लगानी गर्न र थप अनुसन्धानमा संलग्नसहित तत्काल सावधानीका कार्यहरू गर्न प्रारम्भिक चेतावनीसहित सिफारिस गरेको छ ।

अध्ययनले ढाका शहरमा प्रमुख निर्माण र लगातार ट्राफिक भएका स्थलहरूमा वायु प्रदूषणको उच्चतम स्तर रहेको पत्ता लगाएको छ । यी स्थलमा स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिने ‘पार्टिकुलेट म्याटर (पीएम) २.५’ डब्ल्यूएचओ वायु गुणवत्ता दिशानिर्देश (एक्यूजी) भन्दा औसत १५० प्रतिशत माथि रहेको जनाइएको छ । यो स्वास्थ्यको लागि सबैभन्दा खतरनाक मानिन्छ र यसमा प्रति दिन लगभग १.७ खिल्ली चुरोटको धूम्रपानको बराबर हुन्छ ।

बङ्गलादेश र भुटानका लागि विश्व बैंकका कार्यवाहक देशीय निर्देशक डन्डन चेनले भने, “वातावरणीय वायु प्रदूषणले बच्चादेखि वृद्धसम्म सबैलाई जोखिममा पार्छ । सन् २०१९ मा, वायु प्रदूषण बङ्गलादेशमा मृत्यु र अशक्तताको दोस्रो ठूलो कारण रहेको थियो र यसले देशको कुल गार्हस्थ्य उत्पादनको लगभग ३.९ देखि ४.४ प्रतिशत खर्च गरेको थियो ।”

“वायु प्रदूषणलाई सम्बोधन गर्नु देशको दिगो र हरित वृद्धि र विकासको लागि महत्वपूर्ण छ । विश्लेषणात्मक कार्य र नयाँ लगानीको माध्यमबाट, विश्व बैंकले बङ्गलादेशलाई वायु प्रदूषण कम गर्न मद्दत गरिरहेका उनले बताए ।

प्रतिवेदनअनुसार सन् २०१९ मा वायु प्रदूषणजन्य समस्याका कारण बङ्गलादेशमा ७८ हजार १४५ देखि ८८ हजार २२९ जनाको मृत्यु भएको थियो ।

विश्व बैंक स्वास्थ्य विशेषज्ञ र रिपोर्टका प्रमुख वामेक अजफर रजाले भने, “वायु प्रदूषण जलवायु परिवर्तन को कारण बन्छ र जलवायु परिवर्तनले वायु गुणस्तरलाई खराब गर्दछ ।

समयसँगै जलवायु परिवर्तन र शहरीकरणले वायु प्रदूषणलाई अझ तीव्र बनाउनेछ । वायु प्रदूषण र जलवायु परिवर्तनबाट उत्पन्न हुने वर्तमान् स्वास्थ्य सङ्कटको सामना गर्न स्वास्थ्य क्षेत्र राम्ररी तयार हुन आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?