Trending:

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ? दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा हुँदै होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर अब ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरि नागरिक एपले ल्यायो नयाँ अपडेट पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुनेमा सरोकारवालाको जोड आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक युट्युबमा आम्दानी कसरी गर्ने आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट क्लासिक टेकको ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक
अपडेट

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधा सम्मानित

९ पुष २०७९, शनिबार ०८:४६
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

९ पुस, काठमाडौं । सूचना तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने लक्ष्यका साथ लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ‘ग्रान्ड फिनाले’ सम्पन्न भएको छ ।

कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै सातौँ संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो ।

कार्यक्रममा मुख्यसचिव शङ्करदास बैरागीले आइसिटीको क्षेत्रमा केही फड्को मारेको भए पनि नेपालले गर्नुपर्ने कामका धेरै क्षेत्र रहेको बताए । “आइसिटी जीवन जिउने एउटा तरिका भइसकेको छ,” उनले भने, “हरेक क्षेत्रमा आइसिटीले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । आइसिटीबाट देशको विकासलाई तीव्रत्तर गतिमा अगाडि बढाउनुपर्छ ।”

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए । उनले सरकारका तर्फबाट यस क्षेत्रको विकास र संवद्र्धनका लागि आवश्यक सहयोग एवम् सहजीकरण भइरहेको उल्लेख गरे ।

यस वर्ष अवार्डका लागि पाँच सय ५० बढीको अनलाइन आवेदन प्राप्त भएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिए । त्यसका लागि झन्डै पाँच महिनासम्म छनोट प्रक्रिया सञ्चालन गरिएको थियो । यस वर्ष १४ विधामा आइसिटी अवार्ड प्रदान गरिएको छ भने सातै प्रदेशका उत्कृष्ट सात स्टार्टअपलाई समेत सम्मान र प्रमाणपत्र गरिएको छ ।

यस वर्षको हुवावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्सलाई र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोटपश्चात् पब्लिक भोटिङसमेत गरिएको कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै व्यक्तिलाई प्रदान गरिने इन्टरप्रेनर आइसिटी अवार्ड मङ्गेशलाल श्रेष्ठ, नेपाली डायस्पोरा आइसिटी अवार्ड डा वेद काफ्ले, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजयकृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेसन आइसिटी अवार्ड ९पब्लिक सेक्टर० बाफलको ज्ञानोदय मावि, डिजिटल एजुकेसन आइसिटी अवार्ड (निजी क्षेत्र ) खोकनाको ज्ञानोदय बालवाटिका स्कुल, डिजिटल सर्भिसेस आइसिटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ ।

यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने ‘टिग’लाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको छ भने साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड चिङ्गारीलाई प्रदान गरिएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिङ्गारीले अवार्ड हात पारेको हो ।

कार्यक्रमको महत्वका बारेमा जानकारी दिँदै आइसिटी अवार्ड संयोजक लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताए । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्नुपर्ने बताए ।

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअप

गत चैतदेखि जेठसम्म लिभिङ विथ आइसिटीले सातै प्रदेशममा स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरेको थियो । देशैभरका स्टार्टअप तथा आइडियालाई प्रवद्र्धन र प्रोत्साहन गर्न आयोजना भएको उक्त कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप छनोट गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

छनोट भएका स्टार्टअप तथा आइडियालाई काठमाडौँ ल्याएर तीनदिने विशेष कार्यक्रम सञ्चालन गरिएको थियो भने नेपालका केही ठूला आइटी कम्पनीको भ्रमण पनि गराइएको थियो । सातै प्रदेशबाट छनोट भएका ३५ बढी स्टार्टअप र आइडियामध्येबाट प्रत्येक प्रदेशका सर्वोत्कृष्ट छनोट गरिएको छ ।

यसअनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेस प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक ग्रुप ९स्वस्तिक न्युट्री फुड०, लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथीभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपका रूपमा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?