Trending:

डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट
World News

अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई

अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

१८ माघ, एजेन्सी । अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रूत उडानको विम्ब बनेको जम्बो बोइङ ७४७ को विधिवत् बिदाई गरिएको छ। बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४औँ ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड क्षेत्रमा क्रेतालाई हस्तान्तरण गरेर बिदा गरेको हो। ५५ वर्षदेखि बोइङका विमान बनाउन खटेका हजारौँ कामदारले भावुक भएर बोइङ ७४७ लाई बिदा गरेको दृश्य कारुणिक थियो।

भीमकाय भएपनि चित्ताकर्षक जम्बो जेटले सन् १९६७ मा पहिलो सेवा प्रारम्भ गरेको थियो। मालबाहक विमानका रूपमा उडान भरेको जम्बो जेट पछि व्यावसायिक उडानमा उपयोग गरियो। पाँच सय यात्री बोक्ने क्षमताको विशाल विमान अमेरिकी अन्तरिक्ष अनुसन्धान तथा वायुयान प्रशासनका उपकरण बाहक मात्र बनेन अपितु अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान ‘एयरफोर्स वान’बनेर विश्व यात्रा गर्‍यो। हवाई यात्रामा क्रान्ति ल्याएको जम्बो जेट अन्तर्राष्ट्रिय शहरहरूलाई जोड्ने भरपर्दो माध्यम बन्यो। त्यसअघि विश्वका प्रमुख शहरहरू सिधा हवाई सम्पर्कबाट कहिल्यै जोडिन पाएका थिएनन्।

समयको प्रवाहसँगै अमेरिकी कम्पनी बोइङको सौता एयरबस युरोपमा जन्मियो। विगत १५ वर्षदेखि प्रमुख प्रतिद्वन्द्वी बनेको एयरबसले कम इन्धनमा लामो समय उडान भर्नसक्ने क्षमता भएका फराकिला यात्री विमान निर्माण गर्न थाल्यो। चार इञ्जिनयुक्त बोइङका ७४७ विमानभन्दा दुई वटामात्र इञ्जिन भएका एयरबसका किफायती मात्र होइन अधिक लाभ दिने साबित भए।

मालबाहक विमान कम्पनी एटलास एयरलाई विमान हस्तान्तरण गर्न बोइङको विशाल कारखाना परिसरमा आयोजित कार्यक्रममा विश्वका विभिन्न भागमा खटिएका बोइङका उच्च अधिकारी, बोइङका ७४७ विमान उडाएका कलाकार एवम् विमान चालक जोन ट्रोभोल्टा सहभागी थिए।

‘विमानको व्यापार गर्नेले लाभहानीको हिसाब गर्नु स्वाभाविक हो, यस्तो क्षण पनि कुनै दिन आउने छ भन्ने आशङ्का पनि गरिएको हुनुपर्छ,’ लामो समयदेखि नागरिक उड्डनको क्षेत्रमा काम गरेका रिचार्ड अबुलाफिया अब कसैले पनि चार इञ्जिन भएको विमान नचाहने वास्तविकता सुनाउँदै भने। बोइङको विरासत बलियो बनाउन जम्बो जेटले गरेको योगदान भने नमेटिने उनी बताउँछन्।

बोइङले ठूलो सैन्य यातायात सम्झौता गुमाएपछि ७४७ विमान निर्माणको थालनी गरेको हो। कम इन्धन जलाएर लामो समयसम्म उडान गर्न सक्ने उच्च ‘बाइपास टर्बोफ्यान’ इञ्जिनयुक्त विकसित विमान बनाएर मुनाफा कमाउने योजनामा उक्त कम्पनी क्रियाशील थियो। झण्डै १६ महिनामा ५० हजार कामदारले क्षेत्रफलका हिसाबले विश्वको सबैभन्दा ठूलो कारखानामा कठोर परिश्रमका साथ पहिलो ७४७ विमान बनाएका थिए। विमान निर्माण गर्ने कारखानाको भौतिक संरचना पूर्णरूपमा पूरा नहुँदै उनीहरूले बनाएको विमानलाई ‘द इन्क्रेडिवल्स’ उपनाम दिएका थिए।

आज जम्बो जेट हस्तान्तरण समारोहमा सरिक भएका ९२ वर्षीय देसी इभान्सले सन् १९५७ मा सियाटलको दक्षिणी भाग रेन्टनमा रहेको बोइङको कारखानामा काम सुरु गरेका थिए। कम्पनीमा ३८ वर्ष सेवा गरेका उनलाई सन् १९६७ मा बोइङका प्रमुख कार्यकारी अधिकृतले भोलि बिहानदेखि एभरेटमा ७४७ विमान बनाउन सहभागी हुन निर्देशन दिएको सम्झना सुनाए। काममा गएपछि आफूलाई त्यहाँका प्रमुखले रबरको जुत्ता, किटको बलियो टोपी र बाक्ला लुगा लगाउन सुझाएका बताए। कारखाना निर्माणाधीन अवस्थाको उनको यो अनुभव थियो। पछि आफूलाई विमानको भित्री भाग कसरी स्थापना गरिन्छ, विभिन्न भागलाई ‘सिल’ गर्ने र रङरोगन गर्ने कामको निरीक्षण गर्ने जिम्मेवारी दिइएको जानकारी इभान्सले दिए।

पहिलो ७४७ विमान तयार हुँदाको क्षणलाई अविश्वनीय समय मान्ने इभान्स अन्तिम विमान हस्तान्तरण भइरहँदा त्यसको अग्रभागमा थिए। ऐतिहासिक आजको क्षण अझ अविश्वनीय लाग्यो उनलाई। यद्यपि उनले निराश हुनुपर्ने कारण नभएको बताउँदै सबै हर्षित हुनुपर्नेमा जोड दिए। विमानको इन्धन राख्ने स्थान ६८.५ मिटर लामो थियो भने झण्डै छ तले भवनजत्तिकै अग्लो पृष्ठभाग थियो।

ह्वेलमाछा झैँ विशाल यो विमानलाई आकाशकी रानी भनेर संसारले चिन्यो। केही विमान कम्पनीले यो विमानको एउटा भागलाई कक्टेल लाउञ्जमा परिणत गरे भने केहीले पियानो बार पनि बनाए। रमाइलो के छ भने सन् १९७६ मा सिंगापुर एयरलाइनसका लागि बनाइएको एउटा डिकमिसन ७४७ अहिले स्टकहोम विमानस्थल नजिक ३३ कोठे होटलमा परिणत भएको छ। यो संसारकै विशाल ‘वाइड बडी’विमान थियो। धेरैभन्दा धेरै यात्री बोक्ने क्षमताको यो विमान कुनै समय यात्राको सारसमेत बन्यो तर सन् ७० को दशकमा हवाई यात्राको नियमनसँगै पर्याप्त यात्री नहुँदा र टिकटको मूल्य घटाउनुपर्ने बाध्यात्मक परिस्थितिका कारण धेरै विमान कम्पनीका निम्ति यो क्रमशः सेतो हात्तीमा परिणत भयो।

सन् १९७० मा न्युयोर्क-लण्डन पहिलो उडान गरेको जम्बो जेटले त्यसको तीन विश्वव्यापीरूपमा उत्पन्न इन्धन संकटका कारण थप समस्या झेल्नुपर्‍यो। इन्धन संकटले निम्त्याएको मन्दीसँगै कुनै समय एक लाख आठ हजार कामदारबाट शुरु भएको बोइङले आफ्ना कर्मचारी ३८ हजार छ सय नब्बेमा सीमित गर्‍यो। सन् ८० को उत्तरार्द्धमा परिष्कृत नयाँ मोडेल ७४७-४०० उत्पादन सुरु भयो।

९० को दशकको प्रारम्भमा एशियामा आएको आर्थिक वृद्धिले केही राहत भयो। कम खर्चमा यात्रा सहज भएपछि नयाँ विमान चढ्नेहरू पनि बढे। लसएन्जलस-हङकङ उडानबाट यात्रा गरेका विश्लेषक अब्दुलाफिया उक्त विमानले हवाई यात्रामा क्रान्ति ल्याएको मान्छन्। त्यसअघि त्यति लामो दूरी विश्रामबिना एकै उडानबाट असम्भव थियो, अर्थात् इन्धन भर्न कहीँ रोकिनुपर्थ्यो। र, टिकटको मूल्य पनि मनासिब थियो।

यात्रुबाहक उडानका निम्ति ७४७ विमान प्रयोग गर्ने अन्तिम एयरलाइन्स अमेरिकी विमान कम्पनी डेल्टा एयरलाइन्स बनेको छ। यद्यपि जर्मनीको लुफ्थान्सालगायत केही अन्तर्राष्ट्रिय विमान कम्पनीले यसलाई उडाइरहेका छन्। लुफ्थान्साका प्रमुख कार्यकारी अधिकृत कास्र्टेन स्पोहर केही दशकअघि विद्यार्थीका रूपमा सोही विमान चढेर युवा एक्सचेञ्ज कार्यक्रममा सहभागी हुन अमेरिका पुगेका थिए। यसपटक पनि उनी ७४७ विमानबाटै हस्तान्तरण समारोहमा भाग लिन आएका थिए। उनले धेरैभन्दा धेरै यात्रीलाई सोही विमानमार्फत् सेवा दिने प्रतिबद्धता व्यक्त गरे। हवाई जहाजको पर्याय नै बोइङ भएको उनको कथन छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?