Trending:

बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान नेपालले पायो ‘बीबी माइनस’ रेटिङ, दक्षिण एसियामा भारतपछि राम्रो अल-इलेक्ट्रिक प्रिमियम इभी जिकर एक्स गुगललाई झट्का, गुगल क्रोम बेच्नुपर्ने सम्भावना देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी प्लाष्ट नेपालले अन्तर्राष्ट्रिय प्लाष्टिक प्रर्दशनी गर्ने बीवाईडीका ३० वर्ष : एक करोड गाडी उत्पादन मुर्गियामा डिशहोमको नयाँ शाखा नेपाल टेलिकमको सुन्धारा शाखामा रोबोट सेवा शुरू आईटी निर्याततर्फको ठूलो करदाता बन्यो ‘कोडावतार’ साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्न टेलिकमको अवरुद्ध सेवा सञ्चालन वर्ल्डलिङ्कले तिर्‍यो दुई अर्ब पन्ध्र करोड डिजिटल लाइसेन्स नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण शाओमीद्वारा तीन नयाँ पावर ब्याङ्कहरू सार्वजनिक हेलो रोबोट ! तिम्रो नाम के हो ? चन्द्रमामा अर्बौं वर्षअघि ज्वालामुखी विस्फोट हुने गरेको पुष्टि बेलायती अखबार द गार्डियनले अबदेखि एक्समा सामग्री पोस्ट नगर्ने आजदेखि ‘फीन इलेक्ट्रो टेक २०२४’ सुरु आइटी उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिन्छ : सञ्चारमन्त्री गुरुङ एलन मस्कको ‘स्टारलिङ्क’​​​​​​​लाई भारतमा सञ्चालन गर्न अनुमति दिइयो पाथीभरामा डिजिटल माध्यमबाट भेटी चढाउने व्यवस्था इन्ड्राइभले सार्वजनिक गर्‍यो ‘इन्ड्राइभ कम्फर्ट’ सुविधा काठमाडौँमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै चांगान नेपालले बुटवलमा सार्वजनिक गर्‍यो दिपल ईभी सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण चीनद्वारा ‘रिमोट सेन्सिङ’ उपग्रहहरूको प्रक्षेपण विदुरमा चिनियाँ भाषा र आइटीका कक्षा सञ्चालन माइपे वालेट र एससीटीबीच क्यूआर मार्फत भुक्तानीको लागि सम्झौता दुर्गा प्रसाईंले ‘दुर्गा राइड शेयरिङ्ग प्लेटफर्म ल्याउँदै नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा क्यान महासंघका निवर्तमान अध्यक्ष कुँवर असोसियोको उपाध्यक्षमा पुनःनिर्वाचित हुन्डाईको आयोनिक ५ ईभी अब सय किलोवाटमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र मितेरी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही प्राविधिक शिक्षा अध्ययनका लागि बिनाब्याज पाँच लाख ऋण दिइने खर्बौंको एनसेल ‘तन्नम’ कागजी कम्पनीको कब्जामा: युकेमा दर्ता, सिंगापुरबाट सञ्चालन नेपालभर ‘पठाओ पोइन्ट्स’ र ‘पठाओ पार्सल’ डेलिभरी सेवा सुरू युटयुबको प्रतिबन्धपछि रसियाले गुगललाई गर्‍यो विश्वको जीडीपीभन्दा बढी रकम जरिवाना जागिर खोस्छ भन्ने एआईले उल्टै कर्मचारीको काम किन बढायो ?
अपडेट

‘विपद् व्यवस्थापनमा डिजिटल प्रविधि’

‘विपद् व्यवस्थापनमा डिजिटल प्रविधि’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२७ माघ, काठमाडाैँ। विपद् व्यवस्थापनमा डिजिटज प्रविधको महत्व बढिरहेकाले यसको अधिकतम उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।

विपद् व्यवस्थापनमा डिजिटल प्रविधि’ सम्बन्धी यही माघ २४ गतेदेखि भएको तीनदिने प्रशिक्षणको समापनका क्रममा सहभागीहरुले विकसित मुलुकले अभ्यास गरिरहेको प्रविधिको प्रयोगलाई नेपालले पनि उपयोग गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँमा आयोजित समापन समारोहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले अन्तर्राष्ट्रिय अभ्यास भइसकेका विपद् व्यवस्थापनसम्बन्धी पाठ्यक्रम नेपाली भाषामा अनुवाद गरेर नेपालको विपद्सम्बन्धी जानकारी दिने वेबसाइट विपद् पोर्टलमा राख्नु उपयुक्त हुने बताए ।

उनले स्याटलाइट तस्बिर सहज रुपमा लिन सकिने वातावरण बनाउन पनि आग्रह गरेका थिए । उनले प्रधिकरणले पनि प्रविधिको प्रयोगलााई बढाउँदै लगेको जानकारी दिए ।

प्रशिक्षणमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालयका साथै जल तथा मौसम विज्ञान विभाग, खानी तथा भूगर्भ विभाग, वातावरण विभागलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

विभिन्न विश्वविद्यालयका प्राध्यापक र विषय विज्ञले विपद् व्यवस्थापनमा डिजिटल प्रविधिको प्रयोगको प्रभावकारिता र चुनौतीका विषयमा प्रस्तुति गरेका थिए । यस क्रममा जोखिम मूल्याङ्कन, न्यूनीकरण र रोकथाम, विपद् पूर्वतयारीलगायतका विषयमा एक अर्काबीच अनुभव आदान प्रदान गरिएको थियो ।

कार्यक्रम प्राधिकरणसहित एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घ आर्थिक तथा सामाजिक आयोग (युनिसेफ) र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) को संयुक्त आयोजनामा भएको थियो ।

नेदरल्यान्डको ट्वान्टे विश्वविद्यालय, आइटिसी सङ्कायका बहुप्रकोप जोखिम गतिशीलता विभागका प्राध्यापक केस भान वेस्टेनले विपद् व्यवस्थापनमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) पाठ्यक्रमको उद्देश्य र डिजाइनबारे जानकारी गराएका थिए । उनले जोखिम मूल्याङ्कन कसरी गर्ने र त्यसलाई भिजुलाइजेसनको माध्यमबाट कसरी देखाउने भन्नेबारे पनि सिकाए । उनले यो पाठ्यक्रम इन्टरनेटको माध्यमबाट कसरी पाउन सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

बाह्य अन्तरिक्ष मामिलाका लागि संयुक्त राष्ट्र सङ्घको कार्यालयका लोरन्ट जारानले स्याटलाइटको तस्बिर कसरी लिने भन्नेबारे जानकारी गराएका थिए ।

एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी)को जियोइन्फरमेटिक्स सेन्टरका निर्देशक डा मञ्जुलकुमार हजारिकाले पूर्वसूचना र चेतावनी प्रणालीका बारेमा जानकारी गराएका थिए । उनले अनुगमन प्रणालीका बारेमा बताए । यसैगरी सोही संस्थाका अनुसन्धानदाता अनिसरत्न शाक्यले ‘फास्टफ्लड’ र ‘रिस्कचेन्ज’ सम्बन्धी वेभसाइटमा भएका विषयबारे जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?