Trending:

कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम
अपडेट

राष्ट्रिय प्रसारण ऐन संशोधन गरी रेडियोमैत्री बनाउन माग

राष्ट्रिय प्रसारण ऐन संशोधन गरी रेडियोमैत्री बनाउन माग
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

१ फागुन, काठमाडाैँ। सञ्चार क्षेत्रका विज्ञहरूले राष्ट्रिय प्रसारण ऐन, २०४९ लाई संशोधन गरी रेडियोमैत्री बनाउनुपर्ने माग गरेका छन् । विश्व रेडियो दिवसका अवसरमा ब्रोडकास्टिङ एसोेसिएसन अफ नेपाल (बान) ले आज आयोजना गरेको ‘ब्रोडकास्टिङ पिस : एक्सपेरियन्स अफ नेपाली रेडियो’ विषयक कार्यक्रममा सञ्चार क्षेत्रका विज्ञहरूले सञ्चारसम्बन्धी भएका ऐन/कानुन रेडियोमैत्री नहुँदा रेडियोहरू सङ्कटमा पर्दै गएको बताएका हुन् ।

प्रतिनिधिसभाका सांसद विद्या भट्टराईले सञ्चारसम्बन्धी भएका कानुन परिमार्जन गर्ने र निर्माणको प्रक्रियामा रहेका सञ्चार कानुनमा सम्बन्धित क्षेत्रको सुझाव र सल्लाहका आधारमा अगाडि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् । सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले व्यावसायिक रेडियोहरूले आर्थिक सङ्कट भोग्नु परेको उल्लेख गर्दै आवश्यकताभन्दा बढी रेडियो हुँदा समस्या भएको बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको कार्यान्वयनसँगै रेडियोलाई तथ्यपूर्ण, विश्वसनीय र सन्तुलित बनाउनुपर्ने बताए । बाग्मती प्रदेशका प्रेस रजिष्ट्रार रेवती सापकोटाले मिडिया सञ्चालक र श्रमजीवी पत्रकारहरूले नै नीतिगत सुधारका निम्ति पहल गर्नुपर्ने धारणा राखे । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले पत्रकारको न्यूनतम पारिश्रमिक कार्यान्वन गर्न आमसञ्चार माध्यमलाई आग्रह गरे ।

सामुदायिक रेडियो प्रसारक सङ्घ(एकोर्याब)का अध्यक्ष अर्जुन गिरीले पछिल्लो समय रेडियोहरूमा देखिएको समस्या समाधानका निम्ति ऐन/कानुन र नीतिगत सुधार गर्नुपर्नेमा जोड दिए । बानका अध्यक्ष कुमार भट्टराईले रेडियोले नागरिकको लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, सुशासन, समानता, सामाजिक न्याय, दिगो विकास, स्वाधीन अर्थतन्त्रको विकास, भाषा, कला, साहित्य, संस्कृति र सामाजिक सद्भाव अभिवृद्धिका निम्ति अतुलनीय योगदान दिएको चर्चा गरे ।

बान नेपालभरि छरिएर रहेका व्यावसायिक रेडियोको छाता सङ्गठन हो । सदस्य रेडियोको हकहित संरक्षण र प्रवद्र्धन गर्ने मूल उद्देश्यले २०६० सालमा स्थापना भएको बानमा अहिले तीन सय चार सदस्य रेडियोको आबद्धता रहेको छ । व्यावसायिक रेडियोका सञ्चालकहरुको संस्था बानले छातामा रहेका नेपालका व्यावसायिक रेडियोहरूमा मात्रै करिब पाँच अर्बको लगानी रहेको अध्यक्ष भट्टराईको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?