१४ चैत्र २०७९, मंगलवार

एक उमेर समूहका व्यक्तिले दैनिक ६० मिनेटमात्रै टिकटक चलाउने पाउने



१९ फागुन, एजेन्सी। १८ वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरूका लागि चर्चित भिडियो शेयरिङ प्लेटफर्म टिकटकले स्क्रिन टाइम सेट गर्ने भएको छ। अब उक्त उमेर समूहका व्यक्तिले दैनिक १ घण्टामात्रै टिकटक हेर्न पाउने भएका छन्।

यदी उक्त समय सकिएको अवस्थामा प्रयोगकर्ताहरूले सोही डिभाइसमा टिकटक प्रयोग गर्नका लागि पासकोड राख्नु पर्नेछ। आगामी हप्ताबाट सुरू गर्ने भनिएको यो फिचर प्रयोग गर्न वा नगर्ने भन्ने विकल्प प्रयोगकर्ताहरूसँग हुने बताइएको छ।

टिकटकले किशोरकिशोरीहरूलाई उनीहरूको स्क्रिन टाइम व्यवस्थित गर्न उत्साहित गर्ने पछिल्लो वर्षको अभिव्यक्ति अनुसार यो फिचर ल्याउने बताएको हो।

टिकटकको नीति अनुसार यो एप प्रयोग गर्न कम्तिमा १३ वर्ष उमेर पुगेको हुनु पर्नेछ। अब भने १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताहरूले साप्ताहिक रूपमा स्क्रिन टाइम व्यवस्थित गर्नेबारे जानकारी प्राप्त गर्नेछन्।

टिकटकले दैनिक ६० मिनेटमात्रै प्रयोग गर्नका लागि पासकोड पठाउने र उक्त समय कटेपछि पुनः प्रयोग गर्न पासकोड राख्नु पर्ने बताइएको छ। टिकटकले दिएको पासकोडको मद्दतबाट अभिभावकहरूले बालबालिकाको स्क्रिन टाइम सेट गर्न सक्ने बताइएको छ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द