१४ चैत्र २०७९, मंगलवार

‘छक्का पञ्जा ४’ले दियो साइबर ब्युरोमा उजुरी



२१ फागुन, काठमाडाैँ। फिल्म ‘छक्का पञ्जा ४’को डिजिटल राइट किनेको ओएसआरले साइबर ब्युरोमा उजुरी दिएको छ । फिल्मका क्लिपहरू टिकटकमा देखिन थालेपछि ओएसआरले उजुरी दिएको हो ।

यसरी फिल्मका क्लिप अनुमति बिना सार्वजनिक गर्नु अपराध भएको भन्दै पाइरेसी रोक्नका लागि साइबर ब्युरोमा उजुरी दिएको ओएसआरका ओम अग्रवालले जानकारी दिएका छन् ।

उनले महँगोमा यस फिल्मको डिजिटल राइट खरिद गरेको बताउँदै पाइरेसी नरोकिए आफुहरू बर्बाद हुने भन्दै जसरी भए पनि यो क्रम रोक्ने बताए ।

शुक्रबारदेखि नेपालभर प्रदर्शन भइरहेको फिल्मले उत्साहजन व्यापार गरिरहेको छ । दीपक राज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, रमेश बुढाथोकी, बुद्धि तामाङ, केदार घिमिरे, निर्मल शर्मा, नीर शाह, अनुराग कुवँर, राज आचार्य लगायतको अभिनय रहेको छ ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द