Trending:

एप्पलको डब्लुडब्लुडीसी २०२५ कार्यक्रम भोलिदेखि सुरु भिभोको दराज एक्सक्लुसिभ ६.६ मिड–इयर सेल: विशेष छुट र थप आकर्षक उपहारहरु ! कर्भ ईभीमार्फत लामो दूरीको ईभी यात्रा, काठमाडौँबाट कन्याकुमारी प्रस्थान ग्लोबल आइएमई बैंकद्वारा इभि चार्जिब स्टेशन सञ्चालन स्मार्टफोन मर्मत सहज बनाउन ७ वर्षसम्म पाटपुर्जा उपलब्ध गराउने नियम लागु हुँदै चीनले बनायो धातुको टायर, अब पंक्चर हुने झन्झट सकियो एभरेष्ट बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु डोङफेङ नामीको ऐतिहासिक सफलता: ४० भन्दा बढी देशमा १२,००० युनिट निर्यात दिव्या राई माझी डिसहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा नियुक्त ह्वाट्सएपको नयाँ गोपनीयता फिचर: अब नम्बर लुकाएर युजरनेममार्फत च्याट सम्भव ई–सूचना प्रविधि क्षेत्रका लागि बजेट सकारात्मक रहेको क्यान महासंघको निष्कर्ष सार्वजनिक सवारी बन्दको बीचमा इनड्राइभको भरपर्दो वैकल्पिक सेवा जारी ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा बृक्षारोपण ई–सेवामा थपियो नयाँ सुविधा: अनलाइन होटल बुकिङ यामाहा नेपालले ल्यायो एमटी १५ भर्सन २ किन्ने देशभरका ग्राहकका लागि विशेष राइडिङ ज्याकेट अफर हिमालय रोडिज सिजन ७ : ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरमा यामाहाको निरन्तरता स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा: रेड्मी नोट १४ प्रो+ ५जी नामी र सेरेसले बजेट घोषणा अघि नेपालभर सुरु गर्‍यो “इज अन वालेट” टिकटकमा मानसिक स्वास्थ्यको लागि गाइडेड मेडिटेसन सुविधा ब्रिद इन शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा सरकारद्वारा नयाँ डाटा सेन्टर निर्माणको घोषणा क्लासिक टेकको १ जीबीपीएस ‘इन्टरप्राइज प्रो’ इन्टरनेट प्याकेज सार्वजनिक एलन मस्कको स्टारशिप रकेट परीक्षण फेरि असफल क्याटल र फोटोन मोटर बीच कमर्सियल भेहिकल इलेक्ट्रिफिकेसनका लागि सम्झौता ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्काई क्लब कार्ड’ सार्वजनिक माइक्रोसफ्टमा ६ हजार कर्मचारी कटौती, एआईकै कारण इन्जिनियर बेरोजगार ललितपुर महानगरपालिकाको कोडिङ तालिमका लागि आवेदन खुला कामना सेवा विकास बैंकले अन्तर बैंक टेलर क्यूआर सेवा सुरु एआईको दुरुपयोग रोक्न आवश्यकः मन्त्री पन्त एनसेलद्वारा तीन नयाँ साप्ताहिक प्याक सार्वजनिक, रु ९९ मा डेटा, भ्वाइस र एसएमएस गुगलले ल्यायो शक्तिशाली एआई टुल, शब्दबाट बनाउन सकिनेछ फोटो र भिडियो सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको उद्घाटन ७३ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र रोयल्टी र बक्यौता बुझाउन प्राधिकरणको चेतावनी एनसेलद्वारा अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने प्रतिबद्धता राइडरका लागि खुशिको खबर, टुटलले कमिसन शुल्क हटायो ओमोडा एन्ड जेइकोको ‘स्विच एन्ड ड्राइभ प्रि बजेट एक्सचेन्ज अफर’ सार्वजनिक फोटोमा अनावश्यक व्यक्ति वा वस्तु आयो? यी मोबाइल एप्सले तुरुन्तै हटाइदिन्छन् चीनले सन् २०२५ का लागि डिजिटल चीन निर्माण कार्ययोजना सार्वजनिक इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीनवटा उत्कृष्ट ईभी अवार्ड बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, ३० युनिट बुकिङ र १० हस्तान्तरण भिभो भी ५० लाइट छिट्टै नेपालमा, ९० वाट चार्ज र ५० एमपी क्यामेरासहित चितवनमा हुन्डाईको नयाँ क्रेटा इभीको सार्वजनिक समारोह सम्पन्न आर्थिक सुधारलाई उच्च महत्त्व दिन्छौँ : अर्थमन्त्री पौडेल डिजिटल ट्यालेन्टका लागि आवेदन खुला जलविद्युत् परीक्षण रोकियो, प्रसारण लाइनको समन्वय अभाव जिम्मेवार यूएईका राजदूतद्वारा नोबेल इलेक्ट्रोनिक्सको नेपाली बजार प्रवेशको उद्घाटन एनसेलको ग्राहक सेवा विस्तार, नयाँ अवधारणासहित सप इन सप सञ्चालनमा महालक्ष्मी विकास बैंकद्वारा फोन पे सँगको सहकार्यमा ‘स्क्यान टु क्यास’ सेवा सुरु साइमेक्स इंकद्वारा देशभर बीवाईडी मेगा एक्सचेन्ज क्याम्पेनको घोषणा नेपाल राष्ट्र बैंकद्वारा पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
अपडेट

भैरहवामा जजिराको उडान सुरु, राष्ट्रिय ध्वजावाहक उडाउन माग

भैरहवामा जजिराको उडान सुरु, राष्ट्रिय ध्वजावाहक उडाउन माग
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२६ फागुन, भैरहवा। खराब मौसमको कारण देखाउँदै भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि बन्द भएको जजिरा एयरवेजको उडान बिहीबारदेखि पुनः सुरु भएको छ।

विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार कुवेतबाट बिहीबार बिहान सवा ७ बजे ६६ जना यात्रु लिएर आएको जजिराको विमान सवा ८ बजे ९३ जना यात्रु लिएर उडेको हो। जजिराले अब मङ्गलबार, बिहीबार र शनिबार गरी हप्तामा तीन दिन नियमित उडान गर्ने झाले बताए।

गत जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनदेखि उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ गतेदेखि उडान रोकेको थियो। यसअघि जजिराले उडान सुरु गर्ने विभिन्न मिति तोके पनि उडान भएको थिएन।

भैरहवा विमानस्थलबाट एउटा एयरलाइन्सको हप्तामा तीनवटा मात्र उडानले विमानस्थल दिगोरूपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका छन्।

बन्द भएको जजिरा एयरलाइन्सको उडानले यो क्षेत्र उत्साहित भए पनि यो पर्याप्त नरहेको सोसाइटी फर नेपाल टुर्स एण्ड ट्राभल्स अपरेटरका लुम्बिनी प्रदेश अध्यक्ष सञ्जय बजिमयको भनाइ छ।

उनले जजिराले श्रमिकलाई मात्र लक्षित गरी उडान गरेकाले यहाँ पर्यटक लक्षित विमान उडान हुन आवश्यक रहेको बताए। “गुणस्तरीय पर्यटकका लागि नेपालकै ध्वजावाहकसँगै हिमालय, बुद्ध एयरलगायतले पनि यहाँबाट अन्तर्राष्ट्रिय उडान गर्नुपर्छ”, बजिमयले भने, “नेपाल–भारत, नेपाल–चीनलगायत अन्य बौद्ध धर्मावलम्बी देशहरूमा भैरहवाबाट उडान भरेमात्र विमानस्थलले सार्थकता पाउँछ।”

करिब रु ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। त्यसपछि अन्तर्राष्ट्रिय उडानका रूपमा जजिराले कुवेत–भैरहवा–कुवेत उडान सुरु गरेको थियो।

सुरुमा उत्साहित जजिराले उडानको केही समयमा नै दैनिक उडान गरिरहेको थियो। तर त्यसको केही समयपछि विभिन्न बहाना बनाउँदै उसले पुनः सातामा तीन उडान गर्दै अन्ततः उडान नै बन्द गरेको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशीको एयरलाइन्सले उडान भर्दा पनि खुसी हुनुपर्ने अवस्था नरहेको निजी क्षेत्रको भनाइ छ। सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्म न्यौपानेले यहाँबाट नेपालको राष्ट्रिय ध्वजावाहक विमान र हिमालय एयरलाइन्सले उडान नगरेसम्म विदेशी विमानको भर पर्न नसकिने बताए।

“विदेशी एयरलाइन्सले एकपटक सुरु गरेर बीचमा रोकेर फेरि सञ्चालन गरिदिएको भन्दै खुसी हुनु हाम्रो दुर्भाग्य हो”, न्यौपानेले भने, “नेपाल सरकार कहाँ छ? यसका सम्बद्ध निकाय कहाँ छन्?, राजनीतिक संयन्त्र कहाँ छ? यस विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे रहेको छ। फोर इ–क्याटेगरीको विमानस्थलमा नवौँ क्याटेगरीको दमकल रहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुनसक्ने यहाँ चारवटा न्यारोबडी र एक वाइडबडी गरी पाँचवटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?