१४ चैत्र २०७९, मंगलवार

स्ववियु निर्वाचनः मतदान केन्द्रमा मोबाइल र क्यामेरा लैजान नपाइने



५ चैत, काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निधेष गरेको छ । निर्वाचनलाई भयरहित बनाउनका लागि त्रिविले मोबाइल, पानीका बोतल, जार तथा घरेलु हातहतियार मतदान केन्द्रमा लैजान प्रतिबन्ध लगाएको हो ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचनलाई भयरहित बनाउनका लागि तरल, धातुजन्य वस्तु, डिजिटल वस्तु र आगोजन्य वस्तु मतदान केन्द्रमा लैजान निषेध गरिएको बताए ।

उनका अनुसार पानीका बोतल, पेट्रोल, डिजल, मादक पदार्थ, औषधिजन्य वस्तु, सिसाका बोत्तल, रङ, मसी लैजान निषेध गरिएको छ ।

यस्तै धातुजन्य वस्तुमा नङकट, धारिलो हतियार, भाला, खुकुरी, छुरी, चक्कु, डिजिटल वस्तुमा मोबाइल, क्यामेरा, झोला, लौरो, हेल्मेट, छाता, चाबी, रेकर्डर, साइकल तथा मोटरसाइकलको चेनसमेत लैजान प्रतिबन्ध गरिएको छ । यस्तै लाइटर, सलाई, ग्यासजन्य वस्तु पनि लैजान प्रतिबन्ध गरिएको छ ।

उनले त्रिविअन्तर्गतका सबै क्याम्पसमा रहेका निर्वाचन समितिलाई प्रतिबन्धित वस्तु लैजान निषेध गर्न निर्देशनसमेत दिइसकेको जानकारी दिए ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द