१९ चैत, एजेन्सी । इटाली पछिल्लो समयको चर्चित च्याटबट च्याटजिपिटीमा प्रतिबन्ध लगाउने पहिलो पश्चिमी देश बनेको छ ।
इटालियन डाटा-संरक्षण प्राधिकरणले यूएस स्टार्ट-अप ओपनएआईले बनाएको र माइक्रोसफ्टले बनाएको यस टुलले गोपनीयता सम्बन्धि शंका उत्पन्न गराएको भन्दै तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।
ओपनएआईले भने च्याटजिपी पूर्ण रूपमा कानुनी मार्ग पालना गर्दै सञ्चालन भएको दाबी गरेको छ ।
नोभेम्बर २०२२ मा सुरु भएदेखि लाखौं मानिसहरूले च्याटजिपिटी प्रयोग गरेका छन् । मानिसले जसरी नै हरेक कुराको उत्तर दिने भएका कारण यसको लोकप्रीयता बढिरहेको छ ।
तर, विभिन्न शंका र उपशंकाका कारण कतिपय देशहरूमा च्याटजिपिटी प्रतिबन्धित छ । इटाली, दक्षिण कोरिया, चीन र भारत यसका केही प्रतिनिधि देशहरू हुन् ।