Trending:

रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न एलन मस्कको स्पेसएक्स परीक्षणका लागि तयार सीआर सेभेन होरको उपस्थितिमा एसुस एण्ड रोग गेमिंग डेजको आयोजना पोट्र्रेट फोटोग्राफीमा नयाँ अध्याय थप्दै भिभो भि६० फोटोन ईटुनल्याण्ड पिकअप अब सीएटीएल पावरसहित इलेक्ट्रिकमा सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन
अपडेट

सूचना तथा सञ्चार प्रविधिमैत्री समाज निर्माण

सूचना तथा सञ्चार प्रविधिमैत्री समाज निर्माण
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 5 मिनेट

२० वैशाख, काठमाडाैँ । । सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारले विश्व अहिले एक सानो गाउँमा रुपान्तरण हुन पुगेको छ । विश्वका जुनकुनै स्थानमा बस्ने नागरिक सूचना र सञ्चार प्रविधिको प्रयोगबाट वञ्चित हुनु परेको छैन । यसकोे प्रयोगमार्फत प्राप्त हुने विभिन्न सेवाका अतिरिक्त यो प्रविधि सुशासनको प्रत्याभूत गर्न सहयोगी भइरहेको छ । विश्वव्यापी रुपमा सूचना प्रविधिको बढ्दो प्रयोगले सामाजिक अन्तरक्रिया, सार्वजनिक सेवा तथा सूचना प्रवाहका माध्यमले भूगोलरहित समाजको निर्माण गर्न सहयोग गरेको छ । यसले निम्न वर्गको मानिसलाई सूचनाको हक र पहँुचमा स्थापितसमेत गरेको छ । ज्ञान र सीप सिक्न सक्ने सम्भावनाहरुका ढोका खोलिदिएको छ । सूचना तथा सञ्चार प्रविधि आम मानिसको स्वार्थरहित अनन्य सहयोगी मित्र साबित भएको छ । यसको सही सदुपयोगले मानिसको जीवनमा अतुलनीय रुपान्तरण ल्याएको छ भने यसको दुरुपयोगले कति मानिसलाई समाप्त बनाएको पनि छ ।

एउटा कम्प्युटर र इन्टरनेटले सञ्चारको क्षेत्रमा यतिधेरै कायापलट हुनेछ भनेर कसैले सोचेको पनि थिएन । कट्वालले दमाह बजाएर सूचना प्रवाह गर्ने हाम्रो समाज अहिले मोबाइलको रिङटोनसँगै सूचनाको प्रवाह गर्छ । धेरै मानिसहरु अहिले मोबाइलमा आएका पछिल्ला समाचारहरु हेरेर सुत्ने गर्छन् र बिहान ताजा समाचारहरु हेरेरमात्र आफ्नो ओछ्यान छोड्छन् । कतिपय मानिसहरु कम्तीमा दुईदेखि १२ घन्टासम्म कम्प्युटर र मोबाइलमा समय बिताउने गरेको एक अध्ययनले देखाएको छ ।

आजको दिनमा आइपुग्दा चिट्ठीपत्र, रेडियो, टिभी, पठन सामग्री, खेल, वार्तालाप एउटै उपकरणबाट प्राप्त हुने भएपछि हिजो हप्तौँ हिँडेर समाचार पु¥याउने कुरा कथामा सीमित भएको छ । टेलिभिजनका पर्दामा मानिसलाई देख्दा आश्चर्य मान्ने हामीलाई अहिले भिडियो कलमा साथीभाइ आफन्तसँग कुराकानी गर्दा अनौठो लाग्दैन । आफन्त घरदेखि टाढा, विदेशमा हुँदा हालखबर थाहा नपाउँदा महिनौँ अत्यास लाग्ने क्षण अहिले छिनभरमै काँचको स्क्रिनमा भे्टन, कुरा गर्न सम्भव बनाइदिएको छ सूचना तथा सञ्चार प्रविधिले ।

पूर्वसञ्चारमन्त्री कृष्णबहादुर महराले ‘हातहातमा मोबाइल, घरघरमा इन्टरनेट’को नारा ल्याउँदा धेरैले आश्चर्य मानेका थिए । तिनै मानिस आज आइफोनमा भिडियो कल गर्दछन् । इन्टरनेट नागरिकको अत्यावश्यक वस्तुभित्र सफल भयोे भने नागरिकको अपेक्षा हातहातमा सरकार, घरघरमा विद्युतीय सेवा हुन थाल्यो । विद्युतीय पसलहरुले ‘अनलाइन डेलिभरी’ दिन थाले नेपालमा । गाउँमा बस्ने नागरिकलाई विद्युतीय भुक्तानी अप्ठ्यारो लाग्ने र सबै नागरिकको पहुँचमा नभए पनि सहरका बासिन्दालाई यो अत्यन्त सहज भइसक्यो । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीका अनुसार २०७९ वैशाखदेखि फागुन मसान्तसम्म विभिन्न विद्युतीय माध्यमबाट करिब ७४ खर्ब बराबरको कारोबार भएको छ ।

हाल नेपालमा ‘५जी’ नेटवर्कको परीक्षण सुरु भएको छ । यो प्रविधि ‘४जी’ भन्दा बढी स्मार्ट भएता पनि यसका उपभोक्ता भने न्यून हुने आङ्कलन गरिएको छ । इकमर्स र डिजिटल सेवाहरुमा वृद्धि हुनेछ भने नेपालका अधिकतम् व्यवसायहरु क्लाउड कम्प्युटिङमा आधारित हुन्छ । जस्ले गर्दा डाटा भण्डारण गर्न हार्डवयेर, सफ्टवयेर भौतिक सञ्चयको आवश्यकता यसमा गरिने लगानीलाई धेरै हदसम्म घटाउन सक्छ । स्थानीय रुपमा नवप्रवर्द्धनले स्थान पाउनेछ । स्थानीय भाषामा कम्प्युटरमा कामकाज गर्न सहज हुने खालका सफ्टवयेरहरु विकास गरिनेछन् ।

विकसित देशहरुमा प्रयोगमा आएका चालकबिनाका गाडीहरु हाम्रै सडकमा गुड्नेछन् भने आकाशमा धेरै समयसम्म अटो पाइटलले जहाजको उडान भर्नेछन् । सार्वजनिक स्थानहरुको कामकाज रोबर्टले सम्हाल्ने छभने घर, अफिस र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि नेटवर्कबाट नियन्त्रण गर्न सकिने साइबर सुरक्षा गार्डको व्यवस्था हुनेछ । इन्टरनेट र नेटवर्कको सहयोगमा घरबाहिरबाटै आफ्नो घरको बत्ती बाल्न, निभाउन, गेट खोल्न, बन्द गर्न, फ्रिज, रेडियो, टिभी खोल्न बन्द गर्न सकिनेछ । यी सबै सुविधाहरु ‘६जी’ उपलब्ध हुनेछन् ।

आउँदा दिनहरुमा विद्यार्थीहरुले पुस्तकको भारी बोकेर विद्यालय जानु अवस्थामा कमी आउनेछ । विद्यालयले उपलब्ध गराउने कम्प्युटरमै सबै शिक्षण सामग्रीहरु अनलाइन प्रोर्टलमा उपलब्ध हुनेछन् । अनलाइन शिक्षामार्फत शिक्षकहरु घरघरमा उपलब्ध हुनेछन भने इलर्निङमार्फत अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ताहरु बढनेछन् । दुर्गम गाउँहरुमा पनि ‘भिडियो कम्फरेन्स’बाट स्वास्थ्य उपचारको सुरु हुनेछ र जटिल शल्यक्रियाका लागि मात्र सुगम स्थानमा आउनुपर्नेछ । अन्य विकसित देशहरुमा जस्तै नेपालमा पनि राज्यले चाहेमा एउटै एकीकृत व्यक्तिगत डाटा व्यवस्थापन प्रणाली विकास गरी सबै नागरिकको जीवनभरको क्रियाकलाप र दैनिक गतिविधि व्यवस्थापन, नियन्त्रण गर्न र आवश्यक सेवा प्रवाह गर्न सक्छ । कृषि क्षेत्रमा नवीनतम् प्रविधिको प्रयोग गरी यन्त्रीकरण र बजारीकरण गर्न सकेमा नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्ने प्रचुर सम्भावनाहरु रहेको छ ।

स्वदेशमै सूचना प्रविधिका हार्डवयेर र पर्याप्त सफ्टवयेर विकास नभई सकेकोे हुँदा बाह्य मुलुकसँगको परनिरर्भतालाई बढाएको छ । वार्षिक मर्मतसम्भारमार्फत अर्बौं रुपैयाँ नेपालबाट बाहिर जानेछ । स्वदेशमै विद्युतीय फोहोर व्यवस्थापन गर्ने उद्योगको स्थापना नहुँदा चुनौतीहरु धेरै छन् । कतिपय महँगा सामानहरु पनि कवाडीको मूल्यमा बेच्न हामी बाध्य छौँ । गाउँले प्रविधि खोज्दै छ भने सहर प्रविधिको ज्यादा प्रयोगले कुरुप बन्दै गइरहेको छ । रोबोर्ट र च्याटजिपिटी जस्ता प्रविधिको बढ्दो प्रयोगले रोजगारीको अवसरलाई घटाउँदै लगेको छ । प्रकृतिप्रेमी मानिस बिस्तारै यन्त्रप्रेमी बन्दै गएको छ । अहिले मानिसले यन्त्रसँग विवाह गरेका छिटपुट समाचार सुनेता पनि भविष्यमा यसले विकराल रुप लिने वैज्ञानिकहरुको आङ्कलन छ र यसले सन्तान उत्पादनमा नकारात्मक असर गर्ने चिन्ता बढेर गएको छ । बेरोजगार मानिसरलाई यसले झन् प्रभाव पार्नेछ र विश्वको जनसङ्ख्यामा कमी आउनेछ ।

भविष्यमा विश्वभर नै डिजिटल डिप्लोमेसीमा वृद्धि हुनेछ । सामाजिक सञ्जालको दुरुपयोग अझ बढेर जानेछ । समाजमा साइबरसम्बन्धी आपराधिक क्रियाकलापहरुमा वृद्धि हुनेछ । अमेरिकामा राष्ट्रपतिको निर्वाचन र भारतमा भएको आमचुनावमा सूचना तथा सञ्चार प्रविधिले परेको प्रभाव अब बिस्तारै नेपालमा पनि पर्ने सङ्केत स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान र सङ्घको निर्वाचनमा चितवनलगायतका जिल्लाहरुमा देखा परिसकेको छ । आउँदो निर्वाचनमा यसले अझ धेरै प्रभाव पार्ने निश्चित छ ।

कम्प्युटर प्रणालीका साथै डाटाको सुरक्षाका खातिर साइबर सुरक्षासम्बन्धी समयसापेक्ष नीति तर्जुमा, सूचना प्रविधिसम्बन्धी कानुनी व्यवस्था, सफ्टवेयर प्रणाली विकास साथै गुणस्तर मापदण्ड, अनुसन्धान, आइटी अडिट र साइबर सुरक्षाका लागि मानवीय स्रोत र साधनको विकास र क्षमता अभिवृद्धिका लागि नीतिगत एवं संरचनागत उचित व्यवस्था हुन जरुरी छ । सूचना प्रविधि ऐन, इन्टरनेटसम्बन्धी ऐन, डाटा वा क्लाउन्ड ऐन, डाटा प्राइभेसी, विद्युतीय फोहोर व्यवस्थापनसम्बन्धी ऐन, नीति र सामाजिक सञ्जालसम्बन्धी ऐन नबन्दा निकै अप्ठ्यारो भएको छ । कतिपय अन्यायमा परेका व्यक्तिहरु न्याय कुरेर बसिरहेका पनि छन् । ऐन नबन्दा नयाँ प्रविधि जस्तैः एआई, बलकचेन, मेसिन–लर्निङ, डिप–लर्निङ, विटक्वाइन, रोबोटिक्स, ड्रोन, इन्टरनेट अफ दी थिङ्स, क्रिप्टोकरेन्सीको प्रयोगका बारेमा पनि अन्योलता सिर्जना भएको छ ।

नेपालमा साइबर सुरक्षाको जोखिम बढ्दो रहेको कुरा एकीकृत डाटा केन्द्रमा पटकपटक साइबर आक्रमण हुँदा अध्यागमन कार्यालयको सेवा साथसाथै अन्य सरकारी निकायहरूको वेबसाइटहरू करिब चार घन्टा अवरुद्ध भएको थियो । हालै लोक सेवा आयोगलगायतका सरकारी कार्यालयका डाटा हराएको कुरा विभिन्न समाचार माध्यमहरुले तथ्यको पुष्टि गर्दछ । अतः राष्ट्रिय सूचना प्रविधि केन्द्रको साङ्गठनिक पुनर्संरचना गर्नु उपयुक्त हुन्छ । प्राविधिक कर्मचारीहरूलाई उच्च मनोबलमा काम गर्ने वातावरण सिर्जना गर्न सूचना प्रविधि सेवालाई उच्च प्राथमिकतामा राख्दै प्राविधिक कर्मचारीहरूको वृत्ति विकासलाई सुनिश्चित गर्दै जानुपर्छ ।

आम नागरिकलगायत सरकारी तथा गैरसरकारी निकायहरूमा कम्प्युटर, समाजिक सञ्जाल र साइबर सुरक्षासम्बन्धी जनचेतनाको कमी रहेकाले प्रशिक्षण कार्यक्रमहरू र जनचेतना अभियानमार्फत राष्ट्रिय स्तरमा साइबर सुरक्षासम्बन्धी जागरुकता ल्याई डिजिटल खाडललाई कम गर्नु आवश्यक छ । सूचनाको पहँुचमा सबै नागरिकको समान हक स्थापित गर्न जरुरी छ । हुने, खाने र हुँदा खाने दुवै वर्गलाई सूचना तथा सञ्चार प्रविधिको उपभोगमा समान अवसर प्रदान गर्नेतर्फ राज्यले ध्यान दिनुपर्छ । सार्वजनिक स्थानहरुमा निःशुल्क इन्टरनेटसहितको सेवा प्रदान गर्न आवश्यक छ । यसका लागि स्थानीय तहले जिम्मेवारी लिनुपर्छ ।

अन्तमा, सबै नागरिकले सचेत भई सुरक्षित रुपमा सूचना प्रविधिको प्रयोग गरौँ । आज मे २, सूचना प्रविधि दिवसका अवसरमा कम्प्युटरका जन्मदाता चाल्र्स व्यावेज, इन्टरनेटका शोधकर्ता भिन्ट सेर्फ, बोव कार्न र टिम बर्नर ली ह्वाइट र टेलिफोनका आविष्कारक अलेक्जेन्डर ग्राहम बेललाई स्मरण गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?