Trending:

महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’ हिमालयन जाभामा एनआईबीएल इक्विटी पार्टनर्सको २८.८ % हिस्सेदारी भिभो भि६० नेपालमा सार्वजनिक
अपडेट

‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’

‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२८ जेठ, काठमाडाैँ । पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने निर्णयले व्यवसायी मारमा परेको बताएका छन्।

पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा.प्रकाशशरण महतले जेठ १५ गते सङ्घीय संसद्का दुवै सदनमा प्रस्तुत गरेको बजेट वक्तव्यमा हवाई टिकटमा भ्याट लगाउने नीति सार्वजनिक गरेको भन्दै उक्त नीतिले पर्यटन व्यवसायी मारमा पर्ने बताएका हुन्।

पत्रकार सम्मेलनमा नेपाल एसोसिएसन टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले हवाई टिकटमा भ्याट लगाउने नियमले यात्रुलाई टुर प्याकेजमा महङ्गो हुने र नेपाल आउने पर्यटक घट्नसक्ने बताए।

‘नेपालबाट विदेश जाने यात्रुले हवाई टिकटमा भ्याट लगाउँदा भ्याट नतिर्नका लागि विदेशबाट टिकट काट्न सक्छन्, जसले गर्दा नेपाली ट्राभल कम्पनी मारमा पर्न सक्छन्, सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन सक्दैन’उनले भने।

उनले सरकारले बजेट प्रस्तुत गर्नुपूर्व सरोकारवाला निकायसँग छलफल नगर्दा समग्र पर्यटन उद्योगलाई नै असर पर्ने चिन्ता बढेको बताए।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले सरकारले पर्यटन क्षेत्रबाट व्यवसायीलाई वञ्चित गराउन खोजेको बताए।

पर्यटनलाई उद्योगका रुपमा मान्यता नदिँदा राज्यबाट पाउनुपर्ने सहुलियतपूर्ण ब्याजदर तथा बिजुली शुल्क आदिबाट पर्यटन क्षेत्र वञ्चित हुनुपरेको उनको भनाइ छ।

‘हवाई टिकटमा भ्याट लगाउने, पाँचतारे वा सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवामा दुई प्रतिशत विलासिता शुल्क लगाउने, विदेशमा पर्यटन भ्रमणमा जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने नीति अव्यावहारिक छ’, अध्यक्ष बाँस्तोलाले भने।

व्यवसायीहरुले नेपालको जलयात्रा व्यवसायी लोपन्मुख हुँदै गएकाले राज्यले तत्काल जलयात्रा व्यवसायलाई लोपोन्मुख व्यवसाय घोषणा गरी नदी संरक्षणका साथै जलयात्रा व्यवसायीलाई उत्प्रेरणामूलक कार्यक्रम गराई बढावा दिनुपर्ने बताएका छन्।

यस्तै २० वर्ष गुडेका पर्यटकीय सवारी साधनलाई इन्जिन जाँचका आधारमा उपयुक्त सवारी साधनलाई ३० वर्षसम्म सञ्चालन गर्न दिनुपर्ने, नेपाली वायुसेवा कम्पनीले विदेशमा उडान गर्दा विदेशी वायुसेवा कम्पनीसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकाले भ्याट लागू भएमा हवाई भाडा बढ्ने र त्यसको असर नेपाली वायुसेवा कम्पनीमा देखिने व्यवसायीले बताएका छन्।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने जिम्मा निजी कम्पनी र व्यवसायीको भएकाले बजेटले निजी क्षेत्रलाई सहज गरिदिनुपर्ने बताए।

उनले पर्यटन मन्त्रालय लगायतका ठाउँमा पर्यटन क्षेत्रको विज्ञ नहुँदा उक्त क्षेत्रले चाहेजस्तो सफलता हात पार्न नसकेको उल्लेख गरे।

पत्रकार सम्मेलनमा नाट्टा, टान, होटल एसोसिएसन अफ नेपाल (हान),नेपाल पर्वतारोहण सङ्घ (एनएमए), हिमालयन उद्धार सङ्घ (एचआरए), वायुसेवा सञ्चालक सङ्घ, ठमेल पर्यटन विकास परिषद्, टुरिष्ट बस एसोेसिएसन अफ नेपाल (टिवान)लगायत झन्डै डेढ दर्जन सङ्घसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको सहभागीता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?