Trending:

हुलाक सेवालाई विद्युतीय व्यापार केन्द्र बनाउन सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री गुरुङ नेपाली बजारमा आइफोन १६ सिरिज सार्वजनिक नेपाल टेलिकमको मोबाइल नेटवर्कमा समस्या फोन नम्बर सेभ नगरिकनै ह्वाट्सएपमा यसरी पठाउन सकिन्छ मेसेज एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान हिरो मोटरसाइकलको नयाँ एक्सपल्स प्रो-रैली संस्करण सार्वजनिक महालक्ष्मी विकास बैंकद्वारा भिसा ३डी सुविधा प्रदान एन्ड्रोइड स्मार्टफोनबाट भाइरस कसरी हटाउने ? दशैंमा अनर खरिद गरे थाइल्यान्ड घुम्ने अवसर नेपालमा पहिलो पटक मोबाइल एप मार्फत सेयर कारोबार नेपाल लाइफद्वारा टिकटक प्रतिस्पर्धा हुँदै होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद नेपालमा अल्ट्रभोइलेट युभी स्पेस पोडको शाखा बिस्तार डिजिटल नेपाल सरकारको पहिलो एजेण्डा : सञ्चारमन्त्री गुरुङ वुलिङ बिङ्गो ईभीको दसैंमा एक्सचेन्ज अफर बाढी पहिरो पीडितलाई बिवाइडीको बिक्रेता साइमेक्स इंकको साथ, ५१ लाख सहयोग अब ढुवानीका लागि सवारीसाधन चाहिए एपबाटै बुक गर्न मिल्ने के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? फेसबुकमा देखिने गरेको फलोअर्सको संख्या कता हराए ह्वाट्सएपद्वारा नयाँ भिडियो कल अपडेटको घोषणा बाढीपहिरोबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायकको ३० करोडको क्षति ‘भरतपुरमा देशकै ठूलो चार्जिङ हब बनाउँछौँ’ शाओमी नेपालले ल्यायाे “दशैंको बहार, हरेक दिन थाइल्यान्ड ट्रिप उपहार” नयाँ फोन स्पार्क ३० सी सार्वजनिक डिशहोमको इन्टरनेट जोड्दा र रिचार्ज गर्दा विशेष छुट एवं उपहार अफर मोबाइलबाटै ४३३ गन्तव्यको टिकट काट्न सकिने मेटालाई पासवर्ड सुरक्षा त्रुटिको विषयमा १०६ मिलियन डलर जरिवाना शाओमी रेड्मी १४ सी नेपालमा उपलब्ध चांगानद्वारा पोखरामा दिपल ईभी सार्वजनिक जिओमेटले दसैं अफरमा एकहजार बसमा निःशुल्क जीपीएस उपकरण दिँदै नेपाल टेलिकमले ल्यायो दसैँ अफर अब ड्राइभिङ लाइसेन्स बोक्नै नपर्ने गरि नागरिक एपले ल्यायो नयाँ अपडेट पोखरामा एमएडब्लूले ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै कर्मचारी सञ्चय कोषका सदस्यहरूलाई फोनपेले डिजिटल भुक्तानी सुविधा दिने फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध नेपाली अर्थतन्त्र उकास्न एआईको भूमिका महत्त्वपूर्ण हुनेमा सरोकारवालाको जोड आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल लेनोभोको नयाँ उत्पादन नेपाली बजारमा दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन शाओमीको दसैँ अफर, मोबाइल खरिदमा चार हजारसम्म छुट अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै नेपालमा पहिलो पटक जाइस् अप्टिक्स भएको प्रिमियम स्मार्टफोन ‘लेबनान उपकरण विस्फोट अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन’ एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक युट्युबमा आम्दानी कसरी गर्ने आईफोन–१६ अब अर्को आईफोनबाट ताररहित रूपमा पुनर्स्थापित गर्न सकिने ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिग मार्टमा १० प्रतिशत छुट क्लासिक टेकको ‘आधा तिरे पुग्छ अफर’ सार्वजनिक
अपडेट

भ्रष्टाचारको रकम जम्मा गर्न अलग खाता, सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

३२ श्रावण २०८०, बिहीबार १५:०२
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

३२ श्रावण, भैरहवा । मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै आयोगले मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्याल, उनका छोरा पवनकुमार अर्याल, वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष नारायणबहादुर यादव, वडा नम्बर ५ र ६ का वडासचिव गुलाब यादव, समृद्ध नेपाल इनर्जीका प्रोप्राइटर विनोदबाबु तिवारी, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजन र मानसरोवर टेक्निकल टे«निङ इन्स्टिच्युटका प्रोप्राइटर अमरिश यादवमाथि मुद्दा दायर गरेको छ ।

प्रवक्ता दाहालका अनुसार गाउँपालिकामा अवैध कमिसन जम्मा गराउनका लागि अर्कै व्यक्तिको नाममा बैंक खाता खोलिएको थियो । यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लेखिएको उजुरी राष्ट्रिय सतर्कता केन्द्रबाट छानबिन गरी विस्तृत अध्ययन गर्न आयोगमा फाइल पठाइएको थियो ।

अख्तियारले अनुसन्धान गर्दा आर्थिक वर्ष २०७७/०७८ मा वडा नम्बर ३ मा गरिएका विकास निर्माणका कामहरू, मर्चवारी गाउँपालिकामा सौर्य ऊर्जा प्रविधि जडान कार्य, वडा नम्बर ६ मा र वडा नम्बर ७ का वडामा गरिएका विकास निर्माणका काम, पालिकाबाट सामाजिक विकासतर्फको सीपमूलक तालिम सिलाइकटाइ तालिम कार्यक्रम भएका थिए ।

सोही योजना एवं कार्यक्रमको वर्षको अन्त्यमा सरकारी रकम भुक्तानी दिँदा प्रमुख प्रशासकीय अधिकृत अर्यालले पालिकासँग सरोकार राखेर आर्थिक कारोबार गरेका समूहबाट घुस लिएको पुष्टि भएको प्रवक्ता दाहालले बताए ।

दाहालका अनुसार प्रमुख प्रशासकीय अधिकृत अर्यालले रु १३ लाख ४५ हजार घुस लिएको अख्तियारले पुष्टि गरेको छ । अख्तियारले अर्यालबाट घुस लिएको रु १३ लाख ४५ हजार जफत, त्यसअनुसारको जरिवाना र कैद सजायको माग दाबी लिएको छ । उहाँका छोरा पवन कुमारसँग पनि सोही बिगोबमोजिमको सजाय मागदाबी गरेको छ ।

वडासचिव गुलावसँग रु दुई लाख बिगोबमोजिम जरिवाना र कैद सजाय माग गरिएको छ । तत्कालीन वडाध्यक्ष नारायणबहादुरसँग रु पाँच लाख बिगो कायम गरेको छ । प्रोप्राइटर विनोदबाबु तिवारीविरुद्ध रु ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनविरुद्ध रु तीन लाख ६० हजार र प्रोप्राइटर अमरिश यादवविरुद्ध रु दुई लाख बिगो मागदाबी गरेको छ ।

आरोपितमध्ये प्रमुख प्रशासकीय अधिकृत अर्यालले अवकास पाइसक्नुभएको छ भने तत्कालीन कार्यपालिका सदस्य राजेश हरिजनको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?