काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्दा अचल सम्पत्ति नहुने व्यक्तिहरुको हकमा समेत कर्जामा समान ढंगले पहुँच विस्तार गर्न सकिने बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा भएको सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले अचल सम्पत्ति नहुने व्यक्तिहरूको हकमा समेत कर्जामा समान ढङ्गले पहुँच बिस्तार गर्न सकिने बताए । उनले निष्क्रिय रूपमा रहेको चलसम्पत्ति समेतलाई उपयोगमा ल्याएर अर्थतन्त्रलाई चलायमान बनाउन सकिने बताए । उनले ऐन संशोधनपछि मुलुकमा आर्थिक कारोबारलाई बिस्तार गर्न सकिने उल्लेख गरे । उनले यो विधेयकलाई संशोधनको माध्यमबाट सकारात्मक प्रतिफल प्राप्त गर्न सकिने बताए ।