काठमाडौं। दसैँका लागि काठमाडौँ उपत्यकाबाट देशका विभिन्न गन्तव्यमा जानका लागि शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ ।
शनिबार टिकट खुलेसँगै भारी वर्षाका बाबजुद पनि यात्रुहरू बसपार्क र उपत्यकाका अन्यत्र रहेका टिकट काउन्टरमा लाइन लागेर टिकट काटिरहेका छन् ।
अनलाइनमार्फत् नै बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले भने प्रविधिको उच्चतम प्रयोग गर्दै जोखिमरहित र झन्झटरहित तरिकाले घरैबाट टिकट काट्न अनुरोध गरेको छ।
बससेवाले शनिबारदेखि नै देशभरका विभिन्न ४३३ गन्तव्यका लागि टिकट बुकिङ खुलाएको छ। प्रविधिमा जानकारी नहुने र अनलाइनको पहुँचमा नहुने व्यक्तिले पनि बससेवाका अन्य प्रयोगकर्ताको सहयोगमा सजिलै टिकट काट्न सकिने कम्पनीले जनाएको छ।