Trending:

गुगलले सार्वजनिक गर्‍यो ‘विलो’ नामक नयाँ क्वान्टम चिप आइएमई पेको ‘लोड, पे, विन’ अफर : बम्पर उपहारमा १०० प्रतिशत क्यासब्याक नेपालमा आयो टाटा म्याजिक बीएस–६ नबिल बैंकले सुरु गर्‍यो मुख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठग्ने ३ जना पक्राउ सामाजिक सञ्जालमा उमेर नपुगेका बालबालिकाको उमेर बढाएर खाता खोलि दिनुभएको छ? अकाउन्टिङलाई एआईमार्फत् रूपान्तरण गर्दै टिग सामसङ वान युआई ७ बेटा घोषणा हुन्डाई सान्टा एफई बन्यो ‘वर्ष कार २०२५’ सामसङको टिभी किन्दा ३१ प्रतिशतसम्म छुट इन्भर्टर मोटर र पावर स्टिम भएको सेन्सेई फ्रन्ट लोड वासिङ मेसिन नेपाली बजारमा एक्सपेंग मोटर्स अब पोखरामा देशैभरी फोरजीको सेवा विस्तार गर्न सञ्चारमन्त्री गुरुङको निर्देशन नेटा एक्स बन्यो सबै भन्दा धेरै बिक्रि हुने ईभि इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता एससिटी–युपिआइ कार्डधारकहरूले सिभिल मलमा निःशुल्क पार्किङ गर्न पाउने सूचना-प्रविधि क्षेत्रमा निर्धक्क भएर लगानी गर्न सञ्चारमन्त्रीको आग्रह डिशहोमको इन्टरनेट जोड्दा तीन महिनाको बोनससहित निःशुल्क फाइभ–जी राउटर ‘टिकटक जस्तै अरु सामाजिक सञ्जाल सरकारको सूचीकरणमा आउनुपर्छ’ बजारमा रिचार्ज कार्ड अभाव भएकोबारे टेलिकमले के भन्यो? काठमाडौंमा डिजिटल राइट्स फेस्टिबल बीउबिजन वितरणमा प्रविधिको प्रयोगले कृषिमा सुधार हुनेछ : मन्त्री अधिकारी पातारासी गाउँपालिकामा मोबाइल सेवा विस्तार जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा रकम लोड गर्न सकिने अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत ‘फोटोन ग्लोबल अवार्ड्स २०२४’ मा एमएडब्लू ग्रुपलाई दुईवटा अवार्ड फिनल्यान्डमा गुगलको डाटा सेन्टर विस्तार रुसद्वारा ‘कोन्डोर–एफकेए रडार’ उपग्रह प्रक्षेपण नेपाल टेलिकमले ल्यायो ‘एनटी क्रिकेट धमाका प्याक’ नेपालका चार आसीईटी कम्पनी एपिक्टा अवार्ड्स-२०२४ मा प्रतिस्पर्धा गर्दै वर्ल्डलिंक कम्युनिकेसन्समा फिनफण्डले एक अर्ब ४१ करोड लगानी गर्ने नामीको प्रारम्भिक मूल्य न्यूनतम २५ हजारदेखि मूल्य वृद्धि अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार रोयल इन्फिल्ड क्लासिक ३५० सिग्नल्स एडिसन सार्वजनिक सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ इन-ड्राइभ चालकहरूको लागि आइएमई पेको नयाँ योजना शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले सञ्चालन गर्‍यो डीसी फास्ट चार्जिङ स्टेसन आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक बागडोलमा सीजी मोटर्सकाे अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा विश्व प्रसिद्ध गेमिङ एसेसरिज ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रिने अन्तिम तयारीमा कम्प्युटर भाइरसका कारण राहदानी आवेदन प्रणाली प्रभावित टाटा ग्रीन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न फोन गर्न घन्टौँ हिँडेर डाँडोमा जानुपर्ने बाध्यता हट्दै एलन मस्क : विश्वको मात्रै हैन, मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बने बालबालिकाको डिजिटल सुरक्षाका लागि सहकार्य शुरू गर्दै भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति एलन मस्कबीच भर्चुअल संवाद ‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका माइडिया: चिसो मौसमका लागी उपयोगी विभिन्न इलेक्ट्रोनिक्स सामान
अपडेट

सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च

सामसङ ग्यालेक्सी ए१६ फाइभजी लन्च
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 3 मिनेट

काठमाडौं। सामसङले ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘कि आइसल्यान्ड’सहितको प्रिमियम ग्यालेक्सी ए–सिरिज डिजाइन, आईपी५४ रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथमा नयाँ किफायती मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए१६ फाइभजी ल्याएको छ ।

नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित रहेको कम्पनीले जनाएको छ । ‘थुप्रै प्रशंसक र प्राविधिक उत्साहीहरूका लागि एक केन्द्रको रूपमा रहेको ओटाकु जात्रा ग्यालेक्सी ए१६ फाइभजीका रोमाञ्चक सुविधाहरू प्रदर्शन गर्न उत्तम ठाउँ थियो,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस जीवन्त कार्यक्रममा सहभागी भएर सामसङले नेपाली उपभोक्ताहरूका लागि नवीन अनुभव ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायसँग संलग्न रहन जारी राखेको छ ।’

ग्यालेक्सी ए१६ फाइभजी ‘लोकप्रिय’ गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो । सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजी ले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम् सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड–रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ ।’

सामसङले ग्यालेक्सी ए१६ फाइभजी लाई ग्यालेक्सी ए–सिरिजको सबैभन्दा पातलो मिड–रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ, जसको मोटाइ मात्र ७.९ एमएम रहेको छ । यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई आरामसँग सजिलै समात्न सक्छन् । ग्यालेक्सी ए१६ फाइभजीले प्रिमियम फिनिस र विशिष्ट की आइल्यान्ड फ्रेमका साथ ग्लास्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन् ।

स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ फाइभजीले आईपी५४ रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दो रुपमा धूलो र पानी प्रतिरोध प्रदान गर्दछ । शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेराले सुसज्जित ग्यालेक्सी ए१६ फाइभजीले क्रीस्प र विस्तृत तस्वीरहरू खिच्छ । जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलको स्तरलाई बढाउँछ । फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट एवं माइक्रो एसडीमार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ ।

हुडअन्तर्गत ग्यालेक्सी ए१६ फाइभजी मिडियाटेक डी६३००द्वारा सञ्चालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । शक्तिशाली ५ हजार एमएएच ब्याट्रीको साथ यसले प्रयोगकर्तालाई कनेक्टेड राख्न दिनभरि पावर दिने बताइएको छ ।

ग्यालेक्सी ए१६ फाइभजीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ । ईएएलएस प्लस सर्टिफिकेशनमार्फत मानसिक शान्ति प्रदान गर्दै सामसुङ नोक्स भाउल्टसँग सुरक्षा एक उच्च प्राथमिकता हो । यसका थप सुविधाहरूमा परिस्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन् ।

कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध ग्यालेक्सी ए१६ फाइभजीको ६–१२८ जीबी भेरियन्टको मूल्य रु २८ हजार ९९९, ८–२८ जीबी भेरियन्टको रु ३० हजार ९९९ र ८–२५६ जीबी भेरियन्टको रु ३४ हजार ९९९ मूल्य रहेको छ । ग्यालेक्सी ए१६ फाइभजीको प्रत्येक खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क आउँछ । यी उत्पादनहरू १२ नोभेम्बरदेखि बजारमा उपलब्ध हुनेछ ।

‘यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवामार्फत खरिद गर्न सकिन्छ । जिरो प्रतिशत थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टाभित्र तपाईंको उपकरण तपाईंको हातमा पाउन सकिन्छ,’ कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?