काठमाडाैँ। नेपालका लागि चांगान तथा दिपलका फ्यचरिस्टिक इभीको आधिकारिक आयातकर्ता एमएडब्लु वृद्धि अटोकर्प प्रालि चांगानको सांग्रिला न्यु इनर्जी नीति अवार्डबाट सम्मानित भएको छ।
विद्युतीय सवारीसाधनको विस्तारमा योगदान पुर्याउनुका साथै नेपाली अटोमोबाइल बजारमा महत्वपूर्ण भूमिका निभाएको भन्दै दोस्रो ठूलो चिनियाँ अटोमोबाइल समूह चांगानले एमएडब्लु वृद्धिलाई यो अवार्डले सम्मानित गरेको हो ।
एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाललाई चांगानको हेडक्वार्टर चीनको चोङकिङ प्रान्तमा जारी ‘चांगान ग्लोबल पार्टनर्स कन्फिरेन्स’मा यो अवार्ड हस्तान्तरण गरिएको हो। हरित र स्मार्ट भविष्यको विकास गर्दै दीर्घकालीन गतिशीलतामा एमएडब्लु वृद्धिको प्रतिबद्धता र नेपालमा इभीको सफल प्रवर्द्धनलाई मध्यनजर गरी यो अवार्ड दिइएको चांगान ग्लोबलले जनाएको छ।
“यो सम्मानले हाम्रा ग्राहक र साझेदारको विश्वास र साथलाई प्रतिनिधित्व गर्छ,” अवार्ड ग्रहण गरेपछि एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, “हामी सफल र सुध्रित भविष्यका लागि नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन र दीर्घकालीन समाधान ल्याउन प्रतिबद्ध रहनेछौँ ।”
दीर्घकालीन भविष्यको नेतृत्व गर्ने चांगानको विश्वव्यापी नीतिलाई अवलम्बन गर्दै एमएडब्लु वृद्धिले फ्युचरिस्टिक र ग्राहकमैत्री उत्पादनहरूमार्फत नेपालको इभी क्रान्तिलाई अघि बढाइरहेको छ । चांगान चीनको सबैभन्दा पुरानो अटोमोबाइल कम्पनी हो जसको एकसय ६२ वर्ष लामो विरासत छ । ८ महिनाअघि नेपालमा सार्वजनिक भएको दिपल इभी अहिलेसम्ममा ७ सय भन्दा बढी विक्री भइसकेका छन् ।