काठमाडौँ। टाटा गाडीको ईभीले नेपालमा बलियो उपस्थिति जनाएको छ । सात हजार एक सय भन्दा बढी गाडी बिक्री गरिसकेको टाटा गाडीको नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले एकैदिन तीन ओटा ईभी गाडी सार्वजनिक गरेर दरिलो उपस्थिति जनाएको हो ।
गाडी सार्वजनिक गर्ने क्रममा बोल्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठले कर्भ ईभीको आकर्षक डिजाइन हुनुका साथै आम ग्राहकको रोजाइमा पर्ने अपेक्षा लिएको बताए ।
‘टाटाको नयाँ–नयाँ मोडलका ईभी गाडी आइरहेका छन्, जसलाई ग्राहकले निकै रुचाउनु भएको छ, सोही अनुसार सर्भिस सेन्टर, चार्जिङ स्टेशन निर्माण गरिरहेका छौं,’ उनले भने ।
यस इभीमा ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री छन् । यसमा ७.२ किलोवाटको एसी फास्ट चार्जर पनि उपलब्ध छ । सिट क्षमता ५ जनाको रहेको छ । कर्भ इभीको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, नेक्सन के थ्री पनि नेपाली बजारमा सार्वजनिक गरिएको छ । जसको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । आइतबार नै टाटा टियोगा ईभी पनि सार्वजनिक गरिएको छ । जसको मूल्य २७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।