Trending:

सामसङले नेपाली उपभोक्ताका लागि क्यूएलइडी टिभीमा भिजन एआई ल्याउँदै नाडा अटो शोमा दिपलको उड्ने ट्याक्सी सार्वजनिक गरिने डिजिटल युगका लागि रेडमी स्मार्टवाच ‘एफपीसीए’लाई सोसाइटी इन्टरनेशनलको आर्थिक सहयोग नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ सेवा सुरु, पर्यटनमा नयाँ अध्याय पोखरामा उद्घाटन भयो अत्याधुनिक बीवाईडी शोरूम नाडा अटो शोमा पहिलो पटक ‘उड्ने कार’ प्रदर्शनी हुने इनड्राइभको “राइड मोर, विन मोर” योजना इनफिनिक्सले नेपालमा ल्यायो शक्तिशाली र स्टाइलिश नोट ५०एस ५जी+ स्मार्टफोन मर्मतका लागि सामसुङले ल्यायो सामसुङ मनसुन क्याम्प क्लियर स्याम्पु ब्रान्डद्वारा इङ्लिस प्रिमियर लिग अब नेपाली दर्शकमाझ व्हाट्सएपमा फोटो सेयर अझ सजिलो बनाउन नयाँ सुविधा आउँदै फोर्स गाडी खरिदपछि व्यवसाय धरासायी, डिलरविरुद्ध कानुनी चेतावनी नाइमा मोबिलिटी एक्सपोमा याडियाको ‘भेलाक्स’ सिरिज स्कुटर सार्वजनिक दराज ८.८ सेल्स क्याम्पेनमा भिभोको धमाकेदार डिल्स नयाँ ग्यालेक्सी स्मार्टफोनहरूसँगको आकर्षक मल्टी–बाइ अफर, ग्यालेक्सी बड्स र वाचहरुमा विशेष ३२% सम्मको छुट सामसङ ‘ग्यालेक्सी वाच८’ सिरिज : अल्ट्रा कम्फर्ट र व्यक्तिगत स्वास्थ्यको मेल सामसङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र जेड फ्लिप७ को प्रि-अर्डर घोषणा नेपालको पहिलो ‘म्याथ म्युजियम’ : एम्बार्क अनम्याथको एक परिवर्तनकारी पहल ८ तरिका जसले घटाउन सकिन्छ स्क्रिन टाइम के एयरफोनले कान बिगार्छ? टिकटकद्वारा २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर – व्हाई वेट फर द फेस्टिभल? नेपाल टेलिकमको नेटवर्क समस्या समाधान सार्वजनिक स्थानको वाईफाई प्रयोगमा नयाँ नियम: तपाईँको पहुँच र गोपनीयतामा कस्तो असर पर्ला? नेपालकै ठूलो प्रर्दशनी नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ वटा नयाँ सवारी साधनहरु लन्च हुँदै रिडारा आरडी-६ अब मात्र ९ लाख ९९ हजार डाउन पेमेन्टमा टिकटक बन्यो मिस नेपाल २०२५ को मनोरञ्जन पार्टनर डेबिट कार्डको चिप किन राखिन्छ ? जान्नुहोस् यसको सुरक्षा रहस्य डिशहोमको “३६५ दिन बोनस” योजना सार्वजनिक नेपाली बजारमा सामसुङ ग्यालेक्सी एम३६ फाइभजी सार्वजनिक, इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो संस्कृति र खेलकुदको संगमः लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १० प्रतिशत छुट फाइभ–जी नेटवर्क जतिसक्दो छिटो सञ्चालन गर्न मन्त्री गुरुङको निर्देशन शाओमी पावर बैंकः  सुपर फास्ट, सधैं चार्ज बिश्वब्यापि ब्राण्ड प्रो होण्डा जेनुईन ईन्जिन आयल अब नेपालमा फुडमाण्डुको ‘लाइफ अझै बेटर’ बनाउने प्रतिबद्धता दराज नेपालद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने “महाबचत बजार” सेलको घोषणा बुटवलपछि काठमाडौंमा पनि खुल्यो करेन्ट प्वाइन्ट, अब नयाँ स्वाद र फ्लेबरको मज्जा लिन पाइन इनड्राइभद्वारा काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना नेपाल टेलिकमको ‘मनसुन अफर’ सार्वजनिक युट्युबले हटाउँदैछ ‘ट्रेन्डिङ’ सेक्सन, नयाँ चार्ट प्रणाली ल्याउने तयारी हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुईवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड जुलाई १५ देखि युट्युबको नयाँ नीति लागू: मौलिक सामग्री नहुँदा मोनिटाइजेशन बन्द विद्युत् प्राधिकरणद्वारा सात चार्जिङ स्टेसनलाई थप बजेट, १ करोडभन्दा बढी विनियोजन सीजी इलेक्ट्रोनिक्सद्वारा ‘मेरिडिया ५५ इन्च क्यूएलईडी काराओके टीभी’ सार्वजनिक एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक भैसेपाटीमा युवालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित इभि वितरण कार्यक्रम सम्पन्न
अपडेट

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला

सन् २०२६ मा कोलम्बियामा हुने अल्टरनेटिभा फिल्म फेस्टिभलकालागि एसियाली आवेदन खुल्ला
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

काठमाडौं। अल्टरनेटिभा फिल्म फेस्टिभलको तेस्रो संस्करण २०२६ को दोस्रो त्रैमासिकमा कोलम्बियामा आयोजना हुने भएको छ । यस संस्करणमा पुरस्कार कोष बढाएर १,२०,००० अमेरिकी डलर गरिएको छ।

जुन अघिल्लो संस्करणको तुलनामा २०,००० डलरले बढी हो । साथै, फोकस क्षेत्रबाट फिचर फिल्मका लागि नयाँ पुरस्कार श्रेणी थपिएको छ, जससँगै कुल पुरस्कारको संख्या सात पुगेको फेस्टिभल आयोजक अल्टरनेटिभाले जानकारी दिएको छ । इच्छुक आवेदकहरूले जेठ २७, २०८२ (जुन १०, २०२५) देखि असोज २४, २०८२ (अक्टोबर १०, २०२५) भित्र आवेदन दिन सक्नेछन ।

ल्याटिन अमेरिका र एसियाबाट सबै विधाका फिचर–स्तरका फिल्महरू स्वीकार गरिनेछ भने छोटो फिल्म श्रेणीहरू भने केवल ल्याटिन अमेरिकाका लागि सीमित रहनेछ ।

यी घोषणाहरू अल्टरनेटिभाले ल्याटिन अमेरिकामा पहिलोपटक आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा गरिएको थियो। यो सम्मेलन ४०औं ग्वाडालाजारा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको अवसरमा सम्पन्न भएको थियो, जसमा अल्टरनेटिभा यस इनिसिएटिभको आधिकारिक साझेदारका रूपमा सहभागी थियो ।

कार्यक्रममा अल्टरनेटिभाकी प्रमुख लिजा सुरगानोभा, इन्डष्ट्रि एण्ड ल्याब्स प्रमुख अन्ना गुडकोभा, र मार्केटिङ तथा सञ्चार प्रमुख एन्जेलका जानकोभिक उपस्थित थिए । उनीहरूले आगामी महोत्सवको योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे, जसले ल्याटिन अमेरिकामा अल्टरनेटिभाको विस्तार हुँदै गएको उपस्थिति र ग्लोबल साउथमा उदीयमान प्रतिभालाई सशक्त बनाउन गरेको यसको प्रतिबद्धता झल्काउँछ ।

यो पहलले प्रत्येक संस्करणमा अल्टरनेटिभा फिल्म फेस्टिवलको प्राथमिकता क्षेत्रलाई परिवर्तन गर्दै जान्छ, जुन ग्लोबल साउथका फिल्म निर्माताहरूको पहिचानका लागि वैकल्पिक माध्यमको रूपमा कार्य गर्दछ । यसले ती सिर्जनाहरूलाई फरक–फरक क्षेत्रका विविध र व्यापक दर्शकहरूसम्म पुर्‍याउने र अन्तरसम्बन्धहरू विस्तार गर्ने अवसर प्रदान गर्दछ ।

यो महोत्सवले समाज र विश्वमा सकारात्मक परिवर्तन ल्याउने फिल्महरूलाई सम्मान गर्दछ र कलात्मक उत्कृष्टतालाई सामाजिक प्रभावका सम्भावनासँग जोड्ने प्रयास गर्दछ ।

पत्रकार सम्मेलनमा इनड्राइभका संस्थापक तथा सीईओ, साथै अल्टरनेटिभाका दृष्टिकोणशील अगुवा आर्सेन टम्स्कीले भने, “इनड्राइभमा हामी विश्वास गर्छौं कि प्रतिभा र गहिरा कथाहरूलाई कुनैपनि सिमानाले रोक्नु हुँदैन । कलामा विश्वभरका मानिसहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने शक्ति हुन्छ ।

यही विश्वासले हाम्रो व्यवसायिक प्रयासहरू मात्र होइन, सामाजिक न्यायप्रतिको हाम्रो प्रतिबद्धतालाई पनि अघि बढाउँछ । यसै सोचका साथ, हामीले अल्टरनेटिभा र यसको फेस्टिभलको सुरुआत गरेका हौं — जसले ग्लोबल साउथका प्रभावशाली फिल्म निर्माताहरूलाई आफूलाई अभिव्यक्त गर्न, सुनिन र आफ्ना अनुभवहरू बाँड्न एक सशक्त मंच प्रदान गर्छ ।”

अल्टरनेटिभा २०२३ मा मध्य एशिया (काजाकिस्तान) बाट सुरु भएको थियो र २०२४ मा दक्षिणपूर्व एशिया (इन्डोनेसिया) सम्म विस्तार भएको थियो, जहाँ यसले योग्याकार्तामा सम्पन्न दोस्रो अल्टरनेटिभा फिल्म अवार्ड तथा फेस्टिभलमार्फत उल्लेखनीय प्रभाव पार्याे। अब, यसले ग्लोबल साउथ सिनेमाका साहसी नयाँ आवाजहरूलाई उजागर गर्ने आफ्नो अभियानलाई निरन्तरता दिँदै ल्याटिन अमेरिका तर्फ सर्दैछ ।

यस यात्रा र विस्तारले परियोजनाको परिपक्वतालाई पनि प्रतिबिम्बित गर्छ । एक अवार्ड कार्यक्रमको रूपमा सुरू भएको अल्टरनेटिभा अब एक पूर्ण फिल्म फेस्टिभलको रूपमा स्थापित भएको छ। जुन यसको नयाँ नाममा पनि प्रकट हुन्छ । यद्यपि पुरस्कारहरू अझै पनि यसको मूलमा छन, महोत्सवले चयन गरिएका फिल्महरूको प्रभावलाई अझ सशक्त बनाउने उद्देश्यले प्रदर्शन, छलफल, र विभिन्न कार्यक्रमहरूको माध्यमबाट आफ्नो पहुँच विस्तार गरिरहेको छ ।

साथै, अल्टरनेटिभा मध्य एशिया र दक्षिणपूर्व एशियामा रहेका आफ्ना केन्द्रमार्फत अझै पनि सक्रिय छ । सन् २०२५ को कार्यसूचीमा इन्डोनेसियाको बालीमा जस्ट फ्युचर्स इम्प्याक्ट स्टोरी ल्याब (इन–डक्स, डक सोसाइटी, र !mpact सँगको सहकार्यमा मध्य एशियामा द इम्प्याक्ट डिस्ट्रिब्युसन ल्याब्स अल्माटी (काजाकिस्तान) र जकार्ता (इन्डोनेसिया) मा अल्टरनेटिभा फिल्म डेजस र नेपालमा ‘देवीको प्रभाव‘ अभियान समावेश छन् ।

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ ले ल्याटिन अमेरिकाका चलचित्रहरूलाई स्वागत गर्दैछ, र विभिन्न क्षेत्रहरूलाई जोड्ने आफ्नो यात्रामा अडिग रहँदै एशियाली देशहरूबाट आवेदनहरू स्वीकार गर्न जारी राख्नेछ। जहाँ अघिल्ला दुई संस्करणहरू सम्पन्न भएका थिए । सन् २०२४ मा, महोत्सवमा ३३ देशहरूबाट १,००० भन्दा बढी चलचित्रहरू प्राप्त भएका थिए ।

सर्टलिस्टमा परेका २५ चलचित्रमध्ये १४ ओटा एशियाली थिए, जसमा इन्डोनेसियाले पाँच चलचित्रहरूसहित सबैभन्दा धेरै प्रतिनिधित्व गरेको थियो । यसपटक नयाँ क्षेत्र केन्द्रमा रहेकाले, आयोजक टोलीले नयाँ चलचित्रहरूको उल्लेखनीय संख्यामा वृद्धि हुने अपेक्षा गरेको छ ।

‘अल्टरनेटिभाको हिस्सा हुनु अत्यन्त विशेष अनुभव थियो । कार्यक्रमको सोचपूर्ण संरचना, हार्दिक समुदाय, र संवादका लागि सिर्जित स्थानले यसलाई केवल एउटा स्क्रिनिङ प्लेटफर्म नभई गहिरो आदानप्रदान र खोजको केन्द्र बनाएको थियो । पुरस्कार जित्नु केवल सम्मान मात्र थिएन, त्यो एक प्रेरणा पनि बन्यो जसले मलाई मेरो सिर्जनात्मक यात्रामा अघि बढ्न हौसला दिएको छ भन्छन् भियतनामी निर्देशक गुयेन डुय आन्ह, जसको फिल्म ‘ए क्लिनिङ सर्भिस’ ले अल्टरनेटिभा फिल्म अवाड्र्स एण्ड फेस्टिवल २०२४ मा दुई सर्ट फिल्म अवार्डमध्ये एक जितेको थियो ।

अल्टरनेटिभा फिल्म फेस्टिभल २०२६ का लागि खुला आह्वान १० जुन २०२५ देखि सुरु भएर १० अक्टोबर २०२५ सम्म खुला रहनेछ । जनवरी १, २०२५ पछि निर्माण सम्पन्न भएका सबै प्रकारका काल्पनिक चलचित्रहरू, वृत्तचित्रहरू, एनिमेसनहरू र हाइब्रिड विधाका कामहरू सहभागी हुन योग्य छन् ।

यदि तपाईंको चलचित्रले वल्र्ड प्रिमियर १ अगस्ट २०२५ अघि गरिसकेको छ भने, त्यसलाई पेश गर्ने अन्तिम म्याद १ सेप्टेम्बर २०२५, राति ११ः५९ ( UTC -5) हो भने १ अगस्ट २०२५ पछिको वल्र्ड प्रिमियर भएका चलचित्रहरूको लागि अन्तिम म्याद १० अक्टोबर २०२५, राति ११ः५९ (UTC -5) हुनेछ । सहभागी देशहरूको पूर्ण सूची र अन्य आवश्यक विवरणहरू नियम र सर्तहरूमा उपलब्ध छन् ।

फिल्म फेस्टिभलको मुख्य फोकस प्रतियोगितामा छनोट भएका चलचित्रहरूको निःशुल्क सार्वजनिक प्रदर्शनमा हुनेछ, यद्यपि कार्यक्रम यसमा मात्र सीमित नहुनेछ। प्रदर्शनहरू विचारमूलक छलफल र चलचित्रको सामाजिक प्रभावबारे संवाद गर्न डिजाइन गरिएका अन्य कार्यक्रमहरूसँगै आयोजना गरिनेछन् । २०२४ मा योग्याकार्तामा आयोजित संस्करणमा, १४ प्रदर्शनहरूमा करिब २३०० दर्शकहरूले सहभागिता जनाएका थिए ।

महोत्सव अन्तर्गत ‘इन्डस्ट्री डेज‘ पनि समावेश गरिनेछ—जहाँ फिल्म निर्माता, निर्माता तथा सामाजिक प्रभावकारकहरूबीच अनुभव आदानप्रदान, गहन छलफल र सम्भावित सहकार्यहरू प्रोत्साहित गरिनेछ ।

महोत्सवको समापन विशेष पुरस्कार समारोहका साथ हुनेछ । प्रतियोगिताका लागि छनोट भएका निर्देशकहरूलाई फेस्टिभलमा उपस्थित हुन निमन्त्रणा गरिनेछ, र उनीहरूको यात्रा तथा आवासको व्यवस्था आयोजकले नै गर्नेछ ।

आयोजक सहर, फेस्टिभलको सही मिति, छनोट समिति तथा अन्तर्राष्ट्रिय निर्णायक मण्डलको विवरण आगामी महिनाहरूमा सार्वजनिक गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?