Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

एक वर्षमा वाणिज्य बैंकले कमाए ७० अर्ब बढी नाफा, कुन बैंकको कति ?

एक वर्षमा वाणिज्य बैंकले कमाए ७० अर्ब बढी नाफा, कुन बैंकको कति ?
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 5 मिनेट

२३ श्रावण, काठमाडाैँ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको मान्यता पाएका वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को आफ्नो वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुको वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा खुद मुनाफा उल्लेख्य रुपमा बढेको छ । वितरणयोग्य मुनाफा भने घटेको छ ।

त्यस्तै गत आवको तेस्रो त्रैमाससम्ममा निरन्तर बढ्दो क्रममा देखिएको खराब कर्जा चौँथौ त्रैमासमा भने केही घटेको देखिएको छ । यद्यपि वाणिज्य बैंकको खराब कर्जाको स्थितिमा पर्याप्त सुधार भइसकेको छैन । गत आवको अन्तिमसम्ममा वाणिज्य बैंकमा देखिएको खुद मुनाफा, प्रतिशेयर आम्दानी, खराब कर्जा, स्प्रेडदर र चुक्ता पुँजीलगायतका सूचकको अवस्था यहाँ उल्लेख गरिएको छ ।

खुद मुनाफा :

गत आव २०७९/८० मा वाणिज्य बैंकहरुले रू ७० अर्ब १७ करोड बराबर खुद नाफा कमाएका छन् । वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफा भने कम छ । गत आवमा नबिल बैंक लिमिटेडको नाफा रू सात अर्ब ५२ करोड ७१ लाख बराबर छ । अघिल्लो आवमा रू चार अर्ब २५ करोड ६० लाख बराबर नबिल बैंकले गतवर्षको तुलनामा रू तीन अर्ब १७ करोड १० लाख बराबरले नाफा बढाएको हो ।

गत आवमा बढी नाफा कमाउने बैंकहरुको सूचिमा ग्लोबल आइएमई बैंक लिमिटेड दोस्रो नम्बरमा छ । अघिल्लो आवमा रू चार अर्ब ९५ करोड ९२ लाख बराबर नाफा गरेको ग्लोबल आइएमई बैंकले गत आवमा रू सात अर्ब २५ करोड ३४ लाख नाफा कमाएको छ । गत आवमा बढी नाफा कमाउने वाणिज्य बैंकको सूचिमा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । अघिल्लो आवमा रू चार अर्ब २९ करोड २८ लाख बराबर वार्षिक नाफा कमाएको वाणिज्य बैंकले गत आव रू चार अर्ब ९१ करोड ७१ लाख बराबर कमाएको छ ।

नाफा बढी कमाउने वाणिज्य बैंकको सूचिमा एनआइसी एसिया बैंक चाँैथौ नम्बरमा छ । एनआइसी एसिया बैंकले गत आवमा रू चार अर्ब ६५ करोड १३ लाख बराबर नाफा कमाएको छ । चार अर्बभन्दा माथि नाफा कमाउने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड बैंक छ । इन्भेष्टमेन्ट मेगा बैंकले गतवर्ष रू चार अर्ब ६५ करोड १३ लाख बराबर कमाएको छ ।

रू तीन अर्बभन्दा माथि र रु चार अर्बभन्दा कम वार्षिक नाफा कमाउने बैंकको सङ्ख्या सात छ । गत आवमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले रू तीन अर्ब ५२ करोड ५४ लाख, नेपाल बैंक लिमिटेडले रू तीन अर्ब ४१ करोड १५ लाख, एनएमबी बैंकले रू तीन अर्ब ४१ करोड चार र एभरेष्ट बैंकले रू तीन अर्ब ३९ करोड ९१ लाख नाफा कमाएका छन् ।

त्यस्तै हिमालयन सिभिल बैंकले रू तीन अर्ब २६ करोड ६१ लाख, सिद्धार्थ बैंकले रू तीन अर्ब १९ करोड एक लाख र कृषि विकास बैंकले रू तीन अर्ब नौ करोड ९३ लाख नाफा कमाएका छन् । छ वाणिज्य बैंकले रू दुई अर्बदेखि रू तीन अर्बको बीचमा नाफा कमाएका छन् भने दुई वाणिज्य बैंकको नाफा रू दुई अर्बभन्दा कममा खुम्चिएको छ ।

गत आवमा प्रभु बैंकले रू दुई अर्ब ८२ करोड ५२ लाख, सानिमा बैंकले रू दुई अर्ब ६१ लाख ९२ करोड र प्राइम कमर्सियल बैंकले रू दुई अर्ब २६ करोड ३१ लाख बराबर नाफा कमाएका छन् । लक्ष्मी सनराइज बैंकको नाफा रू दुई अर्ब २६ करोड १८ लाख, नेपाल एसबिआई बैंकको नाफा रू दुई अर्ब २४ करोड १६ लाख र सिटिजन्स बैंकको नाफा रू दुई अर्ब २१ करोड ४४ लाख बराबर छ । गत आवमा कुमारी बैंकले रू एक अर्ब ९५ करोड ७१ लाख र माछापुच्छ«े बैंकले रू एक अर्ब ८५ करोड ११ लाख बराबर नाफा कमाएका छन् ।

प्रतिशेयर आम्दानी :

वाणिज्य बैंकमध्ये प्रतिशेयर आम्दानीका आधारमा एनआइसी एसिया बैंक पहिलो र स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो तथा राष्ट्रिय वाणिज्य बैंक तेस्रो स्थानमा छ । एनआइसी एसिया बैंकको प्रतिशेयर आम्दानी रू ४० दशमलव २२ बराबर छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको प्रतिशेयर आम्दानी रू ३७ दशमलव ३९ छ भने राष्ट्रिय वाणिज्य बैंकको रू ३३ दशमलव ९६ बराबर छ ।

त्यस्तै एभरेष्ट बैंकको रू ३१ दशमलव ७२, नबिल बैंकको रू २७ दशमलव ८२, नेपाल बैंकको रू २३ दशमलव २२, सिद्धार्थ बैंकको रू २२ दशमलव ६४ र नेपाल एसबीआई बैंकको रू २२ दशमलव १४ रहेको छ ।

सानिमा बैंकको प्रतिशेयर आम्दानी रू २१ दशमलव शुन्य दुई, कृषि विकास बैंकको रू २० दशमलव ६२, ग्लोबल आईएमई बैंकको रू २० दशमलव २८, लक्ष्मी सनराइज बैंकको रू १९ दशमलव ४४, एनएमबी बैंकको रू १८ दशमलव शुन्य पाँच र माछापुच्छ्रे बैंकको रू १५ दशमलव शुन्य पाँच रहेको छ । गत आवको नाफाबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिशेयर आम्दानी रू १६ दशमलव शुन्य सात, सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी रू १५ दशमलव ५९ र हिमालयन बैंकको प्रतिशेयर आम्दानी रू १५ दशमलव शुन्य आठ रहेको छ ।

त्यस्तै प्रभु बैंकको रू १२, प्राईम कमर्सियल बैंकको रू ११ दशमलव ६६ र कुमारी बैंकको रू सात दशमलव ४६ बराबर रहेको छ ।

खराब कर्जा :

कुमारी बैंकको खराब कर्जा सबैभन्दा धेरै चार दशमलव ७७ प्रतिशत बराबर छ । हिमालयन बैंकको चार दशमलब ५७ प्रतिशत, इन्भेष्टमेन्ट बैंक मेगा बैंकको चार दशमलव ३५ प्रतिशत र प्राइम बैंकको चार दशमलव २३ प्रतिशत बराबर रहेको छ । प्रभु बैंकको खराब कर्जा चार दशमलव १६ प्रतिशत बराबर छ । त्यस्तै नबिल बैंकको तीन दशमलव दुई प्रतिशत, ग्लोबल आइएमई बैंकको तीन दशमलव शुनय आठ प्रतिशत र सिटिजन्स बैंकको तीन दशमलव १९ प्रतिशत बराबर छ ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा दुई दशमलव ९५ प्रतिशत, नेपाल बैंकको दुई दशमलव ८५ प्रतिशत, एनएमबी बैंकको दुई दशमलव ७२ प्रतिशत, कृषि विकास बैंकको दुई दशमलव ४८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको दुई दशमलव २८ प्रतिशत, नेपाल एसबीआई बैंकको दुई दशमलव ४३ प्रतिशत र माछापुच्छ्रे बैंकको दुई दशमलव १२ प्रतिशत रहेको छ ।

त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा एक दशमलव १७ प्रतिशत, सिद्धार्थ बैंकको एक दशमलव शुन्य सात प्रतिशत, सानिमा बैंकको एक दशमलव तीन प्रतिशत, एनआइसी एसिया बैंकको शून्य दशमलव आठ प्रतिशत र एभरेष्ट बैंकको शून्य दशमलव ७९ प्रतिशत बराबर रहेको छ ।

स्रेडदर :

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जाको ब्याजदर र सङ्कलन गर्ने निक्षेपको ब्याजदरको अन्तर स्प्रेडदर हो । नबिल र इन्भेष्टमेन्ट मेगा बैंकको स्प्रेडदर चार दशमलव ९९ प्रतिशत छ । कुमारी बैंकको चार दशमलव ९८, ग्लोबल आइएमई बैंकको चार दशमलव ९६, प्रभु बैंकको चार दशमलव ८६, हिमालयन बैंकको चार दशमलव ७९ र लक्ष्मी सनराइज बैंकको चार दशमलव ४२ प्रतिशत बराबर छ ।

स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स र सानिमा बैंकको स्प्रेडदर चार प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकको तीन दशमलव ९८, एनआइसी एसिया बैंकको तीन दशमलव ९९, नेपाल बैंकको तीन दशमलव ९५, एनएमबीको तीन दशमलव ९९ र एभरेष्ट बैंकको तीन दशमलव ९७ प्रतिशत स्प्रेडदर रहेको छ । सिद्धार्थ बैंकको तीन दशमलव ९९, कृषि विकास बैंकको तीन दशमलव ९४, प्राईम बैंकको तीन दशमव ९८, नेपाल एसबीआई बैंकको तीन दशमलव ९९ र माछापुच्छ्रे बैंकको तीन दशमलव ९५ प्रतिशत बराबर छ ।

चुक्ता पुँजी :

चुक्ता पुँजीका आधारमा अहिले ग्लोबल आइएमइ बैंक सबैभन्दा ठूलो बैंक हो । गत असार मसान्तसम्ममा ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी रू ३५ अर्ब ७७ करोड बराबर छ । चुक्ता पुँजीका आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको रू ३४ अर्ब १२ करोड र तेस्रो स्थानमा रहेको नबिल बैंकको रू २७ अर्ब पाँच करोड बराबर रहेको छ । कुमारी बैंकको चुक्तापुँजी रू २६ अर्ब २३ करोड, प्रभु बैंकको रू अर्ब ५४ करोड, हिमालयन बैंकको रू २१ अर्ब ६५ करोड र लक्ष्मी सनराइज बैंकको रू २१ अर्ब ६७ करोड रहेको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको रू १५ अर्ब ६३ करोड, एनआइसी एसिया बैंकको रू ११ अर्ब ५६ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकको रू नौ अर्ब ४२ करोड, नेपाल बैंकको रू १४ अर्ब ६९ करोड र एनएमबी बैंकको रू १८ अर्ब ३६ करोड बराबर रहेको छ । त्यस्तै एभरेष्ट बैंकको रू १० अर्ब ६९ करोड, सिद्धार्थ बैंकको रू १४ अर्ब आठ करोड, कृषि विकास बैंकको रू १८ अर्ब ८८ करोड, सानिमा बैंकको १२ अर्ब ४६ करोड, प्राईम बैंकको १९ अर्ब चार करोड, नेपाल एसबीआई बैंकको रू १० अर्ब १२ करोड, सिटिजन्स बैंकको रू १४ अर्ब दुई करोड र माछापुच्छ्रे बैंकको रू १० अर्ब २५ करोड बराबर चुक्ता पुँजी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?