Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) शुरुवात
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रयोगशाला सेवामा अनलाइन प्रणाली सुरुवात गरेको छ ।

विभागस्थित राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको सेवा प्रवाह छिटो छरितो एवं प्रभावकारी बनाउन ल्याबरोटरी ईन्फर्मेसन म्यानेजमेन्ट सिष्टम (लिम्स) प्रणाली मार्फत सेवा दिने भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले बिहीबार अनलाइन प्रणालीको शुभारम्भ गर्दै सेवा प्रवाह तथा सेवाग्राहीको सेवा प्राप्तिको लागि अनलाइन प्रणाली महत्त्वपूर्ण उपलब्धीको रूपमा रहेको बताए । सेवाग्राहीले सहज रूपमा आवश्यक सबै प्रयोगशाला सेवा पाउने गरी आगामी दिनमा अपग्रेड गर्दै जानु पर्ने मन्त्री भुसालको भनाई छ ।

यसैगरी हाल लागू गरिएको अनलाइन लिम्स प्रणाली आगामी दिनमा विभाग तथा मातहतका कार्यालयमा समेत क्रमशः लागू गर्दै सेवाग्राहीलाई सहज हुने गरी व्यवस्थापन गर्ने विभागको सोच रहेको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् ।

यसअघि सेवाग्राहीले प्रयोगशाला सेवाका लागि विभागमै गएर नमुना परीक्षणका लागि नमुनासहित निवेदन दिनु पर्थ्यो भने परीक्षण प्रतिवेदन तयार भएको÷नभएको तथा नमुना परीक्षणको चरणबारे बुझ्न सम्बन्धित विश्लेषकबाट जानकारी लिनु पर्ने अवस्था थियो ।

यसैगरी विभागमा पनि नमुनाको कोडिङ/डिकोडिङ्ग, विश्लेषण जिम्मेवारी, भेरिफिकेसन, डकुमेण्टेसन, रिपोर्ट तयारी लगायत कागजी प्रक्रियामा मात्र सीमित रहेको थियो ।

अनलाइन लिम्स प्रणाली लागू गरेसँगै सेवाग्राहीले उक्त प्रणालीमा आबद्ध भई आफूले लिन चाहेको प्रयोगशाला सेवा, लाग्ने राजश्व दस्तुर, नमुनाको परीक्षण सम्पन्न भएको अवस्थाहरूबारे घर तथा आफ्नै कार्यालयबाट जानकारी लिन सक्ने छन् ।

विभागका अनुसार अनलाइन प्रणालीमा आबद्ध हुन आफ्नो व्यवसायसँग सम्बन्धित विवरण तथा कागजातहरू प्रणालीमा अपलोड गर्नु पर्नेछ ।  यसैगरी प्रयोगशालामा समेत नमुना दर्ता, कोडिङ÷डिकोडिङ्ग, विश्लेषक जिम्मेवारी, भेरिफिकेसन, डकुमेण्टेसन, रिपोर्ट तयारी, नमुना परीक्षणको चरण हेर्ने जस्ता कार्यहरू अनलाइन प्रणालीबाट नै गर्न सकिने विभागले जनाएको छ ।

सेवाग्राहीले एक पटक प्रणालीमा आबद्ध भई आफ्नो नमुना परीक्षण सम्पन्न भएको जानकारी सोही प्रणालीमा हेरेपछि विभागमा गई प्रतिवेदन लिन सक्नेछन् । यसका साथै प्रणालीमा रहेको लिएको वा लिन चाहेको सेवासँग सम्बन्धित आफ्ना विवरणहरू सजिलैसँग हेर्न सकिने विभागले जनाएको छ ।

यसले सेवाग्राहीलाई अनावश्यक झन्झट हट्न गई सेवा प्राप्तिमा सहज हुनुका साथै प्रयोगशालामा पनि नमुना परीक्षणको चरणबारे जानकारी रहँदा सेवा छिटो, छरितो, प्रभावकारी हुनुका साथै रेकर्ड सिष्टम समेत व्यवस्थित हुने विभागको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?