Trending:

भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट
अपडेट

नेपालगञ्जमा ई—रिक्साहरूको अनुगमन

नेपालगञ्जमा ई—रिक्साहरूको अनुगमन
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

२५ वैशाख, नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ई–रिक्साहरूको चुस्त व्यवस्थापनका लागि ‘सचेतीकरण अभियान’ थालेको छ । नगरमा जथाभावी ई–रिक्सा चलाउँदा नियमन र अनुगमनसँगै अभिलेखीकरणमा पनि समस्या भएपछि आजदेखि जेठ १० गतेसम्म उक्त पालिकाले सचेतीकरण अभियान सुरुआत गरेको हो ।

ई–रिक्सा सञ्चालनका लागि उपमहानगरपालिकाले दर्ता प्रक्रियामा ल्याउन यसअघि नै पटक–पटक ताकेता गरिसकेको छ । उपमहानगरपालिका दर्ता भएका ई–रिक्सा मात्रै नगरभित्र सञ्चालन गर्न दिने स्पष्ट नीतिका साथ अघि बढेको छ । गणेशमान चोकदेखि सुरु गरिएको अभियानमा नगरप्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, ट्राफिक प्रहरी, नगर प्रहरी, ई–रिक्सा प्रालिका प्रतिनिधिलगायत सरोकारवालाहरूले सडकमा गुडिरहेका ई–रिक्साहरूको आधिकारिकता परीक्षणसँगै अवैधानिक तरिकाले नचलाउन सचेतसमेत गराएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए ।

अन्य पालिकामा दर्ता भएका ई–रिक्सा पनि नेपालगञ्जमै जथाभावी रूपले चल्दा व्यवस्थापनमा चुनौती थपिनुका साथै दुर्घटनासमेत बढेको नगर प्रमुख विष्टले बताए । “चालकले अनिवार्यरूपमा चालक अनुमतिपत्र लिएको हुनुपर्दछ, फोटोसहितको अभिलेख हामीले राख्छौँ, नियमपूर्वक चलेका छन् कि छैनन् हेर्छौं, केही दिन सम्झाउँछौँ, बुझाउँछौँ”, नगर प्रमुख विष्टले भने, “त्यसपछि भने हामी निर्मम ढङ्गले प्रस्तुत हुन्छौँ, चुस्त दुरुस्त व्यवस्थापन गर्नेमा दृढताका साथ अघि बढ्छौँ ।”

उनले यो अभियानको समयावधिभित्र पनि दर्ता प्रक्रियामा नआउने ई–रिक्साहरूलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने स्पष्ट पारे । ई–रिक्सा व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको नगरप्रमुख विष्टको भनाइ छ । नेपालगञ्ज उपमहानगरपालिकाले रिक्साहरूलाई राजस्व शाखामा अनिवार्य दर्ता गराउन पटक पटक सूचनासमेत जारी गरिसकेको छ ।

राजस्व शाखामा दर्ता भएपछि चालक अनुमतिपत्र प्रदान गर्दै ई–रिक्सा चलाउँदा ध्यान दिनुपर्ने विषयमा आवश्यक तालिमसमेत दिने गरिएको छ । नगरमा १२–१३ हजार रिक्सा सञ्चालनमा रहेको अनुमान छ । यीमध्ये हालसम्म दुई हजार रिक्सा मात्रै राजस्व शाखामा दर्ता भएको शाखाप्रमुख वीरबहादुर थापाले जानकारी दिए ।

निजी प्रयोजनका लागि भनेर किनिएका रिक्सा सार्वजनिक साधनका रूपमा प्रयोग गर्नेको सङ्ख्या अत्यधिक रहेको छ । रातो नम्बर प्लेटलाई आफूखुसी कालो बनाएर चलाउनेहरूको सङ्ख्या पनि ठूलो देखिएको छ । उपप्रमुख राईले नेपालगञ्जले थेग्न नसक्ने गरी अनियन्त्रितरूपमा बढेका ई–रिक्साहरूको उचित व्यवस्थापन गर्न लागिपरेको बताए ।

“केही दिन सचेतनामूलक अभियान चलाउँछौँ, हाम्रो नीति र मापदण्डअनुसार चल्न सचेत बनाउँछौँ, दर्ता प्रक्रियापछि पार्किङ, रुट अनुमतिलगायतका विषयमा योजनाबद्ध हिसाबले अघि बढ्छौँ”, उपप्रमुख राईले भने ।

ई–रिक्सामा साइड सिसा राखेरनराखेको, एक साइडमा डन्डी हालेर नहालेको, रातो नम्बर प्लेटका रिक्साले यात्रु ओसारे–नओसारेको, रातोलाई आफूखुसी कालो बनाएर अवैध ढङ्गले चलाएरनचलाएको, हेडलाइटको अवस्थालगायत कुरालाई मसिनो गरी हेरेर नियमन र अनुगमनको पाटोलाई प्रभावकारी बनाइने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?