२३ साउन, एजेन्सी। चीनको इन्टरनेट कम्पनी बैडुले चालक बिनाको व्यवसायिक ट्याक्सी सञ्चालनका लागि अनुमति पाएको छ। बैडुले वुहान र चोंगकिङ प्रान्तमा ड्राइभरलेस ट्याक्सी (रोबोट्याक्सी) सञ्चालनका लागि अनुमति पाएको हो।
उक्त कम्पनीको अपोलो गो अन्तर्गत रोबोट्याक्सी सञ्चालन हुने बताइएको छ।
चीनको वुहान र चोंगकिङ प्रान्तमा ड्राइभरलेस ट्याक्सी सञ्चालनको अनुमति पाउने पहिलो कम्पनी बनेको छ। यसअघि बेइजिङमा भने विभिन्न राइड शेयरिङ कम्पनीहरूले ड्राइभरलेस सर्भिस दिनका लागि अनुमति पाइसकेका छन्।
तर, बेइजिङमा भने अहिलेसम्म कुनै कम्पनीले पनि व्यवसायिक रूपमा ड्राइभरलेस सेवा दिने अनुमति पाएका छैनन्। बैडुले रिसर्च एण्ड डेभलपमेन्ट प्लान अन्तर्गत यात्रुहरूलाई निः शुल्क सेवा दिइरहेको बताइएको छ।



