Trending:

भीचित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवाड्र्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड एसईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट
अपडेट

सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग

सामाजिक संजाल परिदृश्य : अवसर, चुनौती, र जिम्मेवार प्रयोग
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 4 मिनेट

पछिल्लो दशकमा विज्ञान तथा प्रविधिले संसारलाई अगाडि दोह्राहिरहेको छ। प्रविधिको विकास सँगै सामाजिक सञ्जालको विकास पनि बढेको छ। सामाजिक सञ्जालले मानिसलाई आपसमा जोड्ने काम गरेको छ। संसारका विभिन्न कुनामा छरिएर रहेका मानिसलाई संवादको लागि सजिलो बनाएको छ। कम्प्युटरलगायतमा वा ग्याजेटहरूको माध्यम बाट इन्टरनेटको सहायताले आफूले प्राप्त गरेका वा आफूले सिर्जना गरेका विचार, डिजिटल फोटो वा भिडियोहरूको आदानप्रदान गर्न प्रयोग गरिने माध्यमलाई सामाजिक सञ्जाल भनिन्छ । यो वेबसाइट एवं इन्टरनेटको माध्यमद्वारा प्रत्यक्ष कुराकानी गर्ने, सूचना आदानप्रदान गर्ने साधन हो ।

सामाजिक सञ्जालको रुपमा अहिले संसारभर फेसबुक, टिकटक, इन्स्ताग्राम, युटुव आदि संचालनमा छन्। यी सञ्जालहरू को प्रयोगकर्ता बढ्दो क्रममा रहेका छन्। फोर्ब्सले २०२३ को मे महिना मा प्रकाशित एक रिपोर्ट अनुसार २०२३ मा संसारभर ४.९ बिलियन मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गर्दछन्। उक्त रिपोर्टको अनुसार अर्को पाँच वर्षमा ५.८५ बिलियन मानिसहरूले सामाजिक सञ्जालको प्रयोग गर्न अनुमान गरिएको छ । सबैभन्दा धेरै प्रयोग गरिने सामाजिक संजाल मध्य फेसबुक रहेको छ जस्को सक्रिय प्रयोगकर्ता २.९ मिलियन रहेका छन्। फेसबुक पछि २.५ मिलियन प्रयोग कर्ताको साथमा युटुव दोश्रो स्थानमा रहेको छ। यस प्रतिवेदनको अ अनुसार संसारभर मानिसहरू औसत १४५ मिनेट दैनिक सामाजिक सञ्जालको प्रयोग गर्दछन्।

डाटारिपोर्टले को अनुसार नेपालमा २०२३ को सुरुवातीमा १५. ८५ मिलियन इन्टरनेट प्रयोगकर्ता रहेका छम जसमा १२. ६० मिलियन मानिस हरू सामाजिकको प्रयोग गर्दछन्। जनु नेपालको जनसङ्ख्याको ४१.० प्रतिशत हो। सामाजिक सञ्जालको विकास सँगै विभिन्न संजालहरुले सूचना आदान प्रदानमा छिटोछरितो गरेको छ। मानिसहरूले आफ्नो विचार तथा अभिव्यक्ति राख्न र सयौँ व्यक्ति सामु पुर्याउने माध्यम बनेको छ।

सञ्जालको प्रयोग आज मानिसको दैनिकी नै बनेको छ र व्यक्ति, परिवार,समुदाय,कार्यालय,व्यपार व्यवसाय लगायत सम्पूर्ण स्थानमा यसको प्रयोग बढ्दो छ। सामाजिक सञ्जालको प्रयोग सँगै यसको सकारात्मक पक्षको साथै चुनौतीहरू पनि थापिएको छ। आज मानिस सामाजिक सञ्जाललाई आफ्नो अभिव्यक्ति तथा विभिन्न बिचार हरू राख्नको लागि प्रयोग गरिरहेका छन्। धेरैको पहुँचमा रहेको र थोरै समयमा धेरै माझ्न पुग्ने हुनाले यो मञ्च विचार राख्नने थलोको रुपमा विकास हुँदै गएको छ। सामाजिक सञ्जाल खुल्ला स्थान जस्तै आफूले शेयर गरेका कुराहरू इन्टरनेटको कुना- कुनामा पनि छोटो समयमा पुग्न सक्दछ। कतिपयले आफ्नो बिचार राख्ने क्रममा गोपनीयता भंग पनि हुने गर्दछ। आफ्नो पहिचान र गोपनियताको लागि सामाजिक सञ्जालमा चुनैती बढेको देखिन्छ। कतिपय मानिसहरु आफ्नो व्यक्तिगत विवरण, तस्बिर, भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गर्दछन् तर गलत नियत भएका हरुले उक्त व्यक्तिगत विवरणको दुरुपयोग समेत गर्दछन्। नेपाल प्रहरी साइबर ब्युरो को अनुसार अगिल्लो आर्थिक वर्ष २०७९/८० मा ४४८६ साइबर मामिला दर्ता भएका थिएँ र पछिल्लो आठ महिनामा मात्र साइबर अपराध सम्बन्धि ४,९३७ केस हरु दर्ता गरिएको छ। जसमा यहि वर्ष मात्र सामाजिक सञ्जालमा नकल्ली आइडी प्रयोग गरि अपराध गरेका ८९८ केस दर्ता भएका छन्। त्यसै अनलाइन मार्फत व्यकमेलिङ्गमा घटना समेत बढेका छन् ब्युरोका अनुसार यहि आठ महिनामा ७९९ केस दर्ता भएका छन्। ब्युरोका प्रवक्ता पशुपति कुमार रायका अनुसार दैनिक मात्रामा ६०-७० वटा उजुरी आउने बताउँछन् । उनि भन्छन, ‘प्राविधिकहरूको कमी र उचित कानुन नहुदाँ छानबिन र कारबाहीमा समेत समस्या आएको छ।

सरकारले नियमन गर्ने विशेष संयन्त्र नबनाउँदा सामाजिक सञ्जालआज नियन्त्रण भन्दा बाहिर समेत जान सक्ने देखिन्छ। जसको प्रमाण स्यम प्रहरीमा परेको उझुरी हेरे पुग्छ। तर सरकारले यसलाई समस्या देखाएर कार्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको छ। सरकारको अनुसार टिकटकले सामाजिक सद्द्वाब बिग्राने काम गरेको भन्दै नेपालमा टिकटक बन्द गरेको छ। तर यस निर्णयको चैतार्फी आलोचना हुदै आएको छ। व्यक्तिको बोल्न पाउने व्यक्तिगत स्वतन्त्रता / संचारको हकको बिपरित यो सरकार गएको छ। प्रविधिको विकास संगै विभिन्न सामाजिक संजाहरुको विकास हुने क्रम छ सरकारले त्यसै अनुरुपको कानुन निर्माण गरि सम्पूर्ण सामाजिक संजालहरुको नियमन गर्न जरुरी छ। सरकारले कार्तिक २३ गते सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० समेत पारित गरेको थियो जसले सामाजिक संजालहरू फेसबुक, टिकटक,एक्स,युट्यूब, इन्स्टाग्राम लगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि निर्देशिका ल्याएको हो । यस निर्देशिकाले केहि हद सम्म साइबर सम्बन्धि अपराधहरुको निलम्बन गर्ने भए पनि बलियो कानुन बनाएर सामाजिक संजालहरुलाई नियमन गर्नु पर्न आवाज नागरिक स्थर बाट उठेको छ।

सामाजित संजाल प्रयोग गर्दा के कुरामा ध्यान दिने

सामाजिक संजालहरुको प्रयोग गर्दा प्रयोगकर्ताहरुले धेरै कुरामा विचार पुर्याउनु पर्ने देखिन्छ। आज एकै व्यक्तिले विभिन्न सामाजिक संजालमा आफ्नो खाता खोल्ने र त्यसलाइ सुरक्षित नबनाउने परिपाटीले घटना बढेको देख्न सकिन्छ। सामाजिक संजाल फेसबुकमा आफ्नो प्रोफाइल को गोपनियताको लागि बिभिन विकल्प दिइएको हुन्छ तर धेरै प्रयोगकर्ताहरुमा उक्त जानकारी नहुदा संजाल दुरुपयोगका घटना बढेको देखिन्छ। बहिलो पासवर्ड राख्ने, अपरिचित संग साथि नबन्ने, आफ्नो व्यक्तिगत विवरणहरु संजालमा नराखे,र नकाल्ली प्रयोगकर्ताहरुलाई चिन्न सके दुरुपयोग हुन बाट जोगिन सकिन्छ। हाम्रो संजाल सुरक्षित राख्न टु-फ्याक्टर प्रमाणीकरण ले अकाउन्टलाई दोहोरो तरिकाले सुरक्षित राख्छ त्यसै गरि बहियो सुरक्षा प्रश्न र गोप्य कोड समेत एकाउन्ट सुरक्षित राख्न प्रयोग हुने टुल हुन। यस कुरामा प्रयोगकर्ताहरुको ध्यान जान जरुरी छ र सरकारले समेत जनताहरुलाइ यो कुरामा सुचित गराउनु आवस्कता छ।

सामाजिक संजालहरुमा सूचनाको नाममा खोलिएका र सरकारको कुनै पनि कार्यालयमा दर्ता नभएका पेजहरुले समेत सामाजिक संजालमा भ्रम छरिरहेका छन्। छोटो सूचना दिने,श्रोत नखुलाउने र संजालमा देखेको भरमा समाचार बनाउने प्रवृत्ति बढेको छ। जसको कारण गलत सूचना प्रवाहको जोखिम समेत बढेको छ। यसले सामाजिक संजालमा राखिने विभिन्न सूचना तथा जानकारी सत्य हो वा मिथ्य हो भन्ने पुस्टि गर्ने र उक्त पेज हरु नियमन गर्ने संयन्त्र नहुदा सहि सूचना भन्दा गलतले प्रशय पाउने होकी हान्ने चुनैती थपिएको छ। यस्ता खाले सामाग्री चिन्न स्वयं प्रयोगकर्ता चनाखो हुनु पर्ने देखिन्छ र सरकारी संयन्त्रमा दर्ता भएका र विस्वासनीय श्रोत लाइ पछ्याउदा प्रयोगकर्ताहरुले सहि सूचना पाउन सक्छन।

सकेतनाको आबस्कता
बालबालिकालाइ समेत विद्यालय तह देखि सामाजिक संजालको सहि प्रयोग बारे अध्ययन गराउनु पर्ने देखिन्छ। प्रव्रिधिको विकाश संगै सबै उमेर समूहको आकर्षण बनेको यस सामाजिक संजाल बारे उचित क्षिक्षा र तरिका बारे सिकाउन सके यसले महत्वपूर्ण योगदान दिने निश्चित छ। बढ्दो चुनौनीका बीच उचित नियमन गर्न सके यसले व्यक्तिगत जीवनमा मात्र नभई सामाजिक,आर्थिक रुपमा समेत सहयोग पुर्याउने छ। आज सामाजिक संजालको माध्यम बाट व्यापार फस्टाइरहेको छ। अनलाइन बाट मझौला व्यापार गर्ने हरुको उद्यम समेत राम्रो भएको छ। अहि प्रयोग र यस्तो ज्यानका बारे सबै उमेर समूहलाइ सचेतना जोगाउन सके सामाजिक संजालको प्रयोग बाट लाभ लिन सकिन्छ। x

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?