१४ चैत्र २०७९, मंगलवार

मंगल ग्रहबाट चीनको यानले पठायो ‘सेल्फी’



चीनले मंगल ग्रहमा पठाएको झुरोंग रोवरले थप नयाँ तस्बीरहरू पठाएको छ । शुक्रबार मंगल ग्रहबाट झुरोंगले पठाएका तस्बीरहरू चीनले सार्वजनिक गरेको हो ।

झुरोंगले पठाएका तस्बीरहरूमा एउटा ‘सेल्फी’ पनि रहेको छ ।

उक्त रोवरले वायरलेस क्यामेरा मार्फत उक्त तस्बीर लिएको हो । मे महिनामा मंगल ग्रहमा ल्याण्ड भएको उक्त रोवरले नजिकको दुरीबाट नै उक्त सेल्फी खिचेको हो।

सेल्फी सहित झुरोंगले तीन तस्बीरहरू पठाएको छ । ती तस्बीरहरू चाइनिज स्पेस एजेन्सीले मंगल अभियान सफल भएको अवसरमा सार्वजनिक गरेको हो ।

अहिले मंगल ग्रहमा चीनको झुरोंग रोवर र अमेरिकामाको फर्सिभिअरेन्स रोवरले मानव जातीको संभाव्यताबारे अध्ययनका लागि नमुना संकलनका लागि काम गरिरहेका छन् ।


१३ चैत, काठमाडाैँ । एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को अनुमतिबिना जहाज १५ हजार फिटमा तल

११ चैत, चितवन । यातायात व्यवस्था कार्यालयले चितवनबाटै लाइन्सेन्स वितरण सुरु गर्ने भएको छ ।

१० चैत, काठमाडाैँ । एनआईसी एसिया बैैंकको कार्डसम्बन्धी सम्पूर्ण सेवा दुईदिन अवरुद्ध हुने भएको

१० चैत, काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) सँग अश्लिल शब्द