Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क

स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

काठमाडौँ। आफ्नो नयाँ इन्ट्री–लेभल एसयूभी स्कोडा कायलाकले भारत NCAP क्र्यास टेस्टमा प्रतिष्ठित फाइभ-स्टार रेटिङ प्राप्त गरेसँगै स्कोडा इन्डियाले सुरक्षाप्रतिको आफ्नो दृढ प्रतिबद्धता पुनः प्रमाणित गरेको छ। भारत NCAP परीक्षणमा सहभागी हुने स्कोडाको यो पहिलो मोडल हो, र प्राप्त नतिजाहरूले पनि ग्राहकलाई उत्कृष्ट सुरक्षा प्रदान गर्ने स्कोडाको प्राथमिकतालाई अझ स्पष्ट बनाएको छ।

कायलाकले एडल्ट अक्युपेन्ट प्रोटेक्शनमा ३०.८८ स्कोर र चाइल्ड अक्युपेन्ट प्रोटेक्शनमा ४५.०० स्कोर प्राप्त गर्दै आफ्नो सेग्मेन्टको सबैभन्दा सुरक्षित एसयूभीको पहिचान बनाएको छ। यो परिणामले गाडीभित्र रहेका वयस्क र बालबालिका दुवै एकदम सुरक्षित छन् भन्ने देखाउँछ। यसले यहि श्रेणीका अन्य सवारीसाधनका लागि एक उच्च मापदण्ड स्थापना गरेको छ। बेस भेरियन्टदेखि नै उपलब्ध ६ एयरब्याग र २५ भन्दा बढी एक्टिभ तथा प्यासिभ सेफ्टी फिचरहरूले हरेक स्तरमा यात्रुको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिएको देखिन्छ।

बालबालिकाको सुरक्षामा कायलाकले असाधारण प्रदर्शन गरेको छ। यसले फ्रन्टल अफसेट बारियर टेस्टमा उच्चतम १६ अंक (१००%) र १.५ र ३ वर्षका बच्चाका लागि गरिएको साइड–मुभिङ डिफर्मेबल बारियर टेस्टमा पूर्ण ८ अंक (१००%) पाउन सफल भयो। रिकमेन्डेड चाइल्ड सीट असेसमेन्टमा पनि यसले पूरा अंक प्राप्त गर्‍यो, र भेहिकल–बेस्ड मूल्यांकनमा १३ मध्ये ९ अंक (६९%) हासिल गर्‍यो। यी नतिजाहरूले स्कोडाले बच्चाहरूलाई महत्त्व दिएको देखाउँछन् र परिवारका लागि किलाक एक अत्यन्तै सुरक्षित र भरपर्दो विकल्प भएको पुष्टि गर्छन्।

कायलाकको यो उत्कृष्ट सुरक्षा प्रदर्शनले स्कोडा कुशाक र स्लाभिया जस्ता मोडलले ग्लोबल NCAP मा फाइभ–स्टार प्राप्त गरेको स्कोडाको सेफ्टी लिगेसीलाई निरन्तरता दिएको छ। स्कोडाले सधैं सुरक्षालाई प्राथमिकतामा राख्दै आएको छ। कायलाकको सुरक्षासम्बन्धी नतिजाहरूले ब्रान्डको वास्तविक सडक यात्रामा सबै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्ने प्रतिबद्धतालाई फेरि पुष्टि गरेको छ।

सुरक्षा सँगसँगै कायलाकमा आराम, शैली र आधुनिक प्रविधिको उत्कृष्ट संयोजन छ, जसले यसलाई भारतीय ग्राहकका लागि भरपर्दो र सन्तुलित एसयूभी बनाउँछ। यो एसयूभीले विश्वस्तरीय सुरक्षा मानक पूरा गर्ने मात्र होइन, दैनिक प्रयोगमा आवश्यक हुने व्यावहारिक सुविधाहरू पनि प्रदान गर्दछ। फाइभ–स्टार भारत NCAP रेटिङले यसको विश्वसनीयता मात्र बढाएको छैन, यात्रु र परिवारजनको सुरक्षा सर्वोपरी ठान्ने ग्राहकलाई मानसिक सान्त्वनासमेत प्रदान गरेको छ।

नेपालमा यसप्रति चासो बढ्दै जाँदा अटोमोबाइल मन पराउने र आम मानिसहरू स्कोडा काइलाकको अफिसियल लन्चको प्रतीक्षामा छन्। उच्चकोटिको सुरक्षा, अत्याधुनिक डिजाइन र उन्नत सुविधाहरूको संयोजन भएको काइलाकले नेपाली बजारमा इन्ट्री-लेभल एसयूभीहरूका लागि नयाँ बेन्चमार्क कायम गर्ने अपेक्षा गरिएको छ।

कायलाकमार्फत स्कोडा इन्डियाले इन्ट्री–लेभल एसयूभी सेग्मेन्टमा नयाँ सुरक्षा स्तर सफलतापुर्वक स्थापना गरेको छ। क्र्यास टेस्टमा प्राप्त बलियो नतिजा, व्यापक सुरक्षा सुविधा र यात्रुको सुरक्षाप्रति निरन्तरको प्रतिबद्धताले गर्दा स्कोडाको उत्कृष्टता झनै मजबुत भएको छ। भारत NCAP परीक्षण पास गर्ने स्कोडाको पहिलो मोडलका रूपमा कायलाकले सुरक्षालाई विकल्प होइन, ब्रान्डको प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?