Trending:

नेपाल टेलिकमको अवरुद्ध सेवा पुनः सञ्चालनमा सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिबाट एमजीका विद्युतीय कार अझ छिटा र स्मार्ट बन्दै महान्यायाधिवक्ता कार्यालयको निर्णय– इन्टरनेट सेवामा थप शुल्क नलाग्ने यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक AI को प्रभाव: विश्वभर रोजगारीको स्वरूप बदलिँदै एप्पलको सस्तो ‘MacBook Neo’ सार्वजनिक, नेपालमा कस्तो प्रभाव पर्ला ? AI Agents: IT कम्पनीहरूको नयाँ आकर्षण वीरगञ्ज र जनकपुरमा दुई नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आइएमई र साउदीको अग्रणी डिजिटल वालेट TIQMO बीच डिजिटल कारोबार विस्तारको सम्झौता ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट स्कोडा किलाक: तपाईंको प्रियजनका लागि नयाँ सेफ्टी बेन्चमार्क नेपाल टेलिकमको १८औँ वार्षिक साधारणसभा सम्पन्न, प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश स्वीकृत ग्लोबल आइएमई बैंकद्वारा १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना, ५५८ जनाको सहभागिता सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘विन्टर इभी सर्भिस एन्ड एक्सचेन्ज क्याम्प’ घोषणा एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का विवाद के हो, किन भयो स्थगित? एनसेलको ‘एनपीएल प्ले प्याक’मा डिशहोम गो एपमार्फत एनपीएल दोस्रो संस्करणका खेलहरू लाइभ हेर्न पाइने सुविधा नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा एआइ पारदर्शिता थप विस्तार ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धी डिशहोम गो एपबाट ३०० रुपैयाँमा एनपीएलको सबै खेल हेर्न सकिने ग्लोबल आइएमई बैंकको १९औं वार्षिक साधारण सभा सम्पन्न स्वस्थ डिजिटल बानी प्रवर्द्धनका लागि टिकटकका सेफ्टी टुल्स देशभरको सञ्चार सेवा र इन्टरनेट गुणस्तर सुधार्न नेपाल टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने चिनियाँ ईभी निर्माता सेरेसले हङकङमा सूचीकृत भएर उठायो १.८ अर्ब डलर सामसङ नेपालले सिर्जना र खेलका नयाँ तरिका घोषणा गर्दै ग्यालेक्सी एस-२५ एफई सार्वजनिक गर्‍यो टिकटकले तीन महिनामा नेपालमा हटायो करिब २५ लाख भिडियो कर्णालीभर सञ्चार सेवाको पहुँच विस्तार गर्दै नेपाल टेलिकम तिहारको उमंगलाई उज्यालोले भर्दै सीजी एलईडी बल्ब पोस्टपेड प्रयोगकर्ताका लागि टेलिकमको नयाँ सजिलो अनलिमिटेड प्याकेज सामसङ नेपालद्वारा ‘तिहारको मुड, सबै गुड!’ अफर सार्वजनिक: क्यासब्याक र बम्पर उपहारको वर्षा अब एटिएम कार्डबाट दैनिक ५० हजार‌‌ मात्र‌ झिक्न पाइने एमएडब्लु वृद्धिले आउँदो शुक्रबारबाट आयोजना गर्दैछ नेपालकै ठूलो एक्सचेन्ज मेला चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक चार्जिङ स्टेसनमार्फत युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ : मन्त्री घिसिङ “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक संविधान दिवसमा टेलिकमको ‘अफर’ कोरला नाकाबाट सयौँ विद्युतीय सवारीसाधन भित्रिए दशैं लक्षित अफरसहित भिभो र दराजबीच सहकार्य भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु एप्पलले सार्वजनिक गर्‍यो आईफोन १७ सिरिज रियलमीको नोट ७० सार्वजनिक : एकचोटी चार्ज गरेपछि दुई दिनसम्म चल्ने सुविधा ग्लोबल आइएमई बैंक युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्डबाट सम्मानित जय नेपालमा भव्य उद्घाटन समारोहसहित यामाहा ब्लु फेस्ट औपचारिक रूपमा सुरु सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन मन्त्रालयको निर्देशन ‘फाइभ जी नेटवर्क’ कार्यान्वयन अतिआवश्यक छ : मन्त्री गुरुङ डिशहोम र मेलुङ थकालीबिच साझेदारी, डिशहोम ग्राहकलाई थकाली परिकारमा १०% छुट दिनदिनै दशैं – सामसङ मोबाइलको चाडपर्व अफर, दुईगुना खुशी महिला व्यवसायीको उत्पादन प्रवर्द्धनका लागि ‘डिजिटल हाटबजार एप’
अपडेट

‘नागरिक एप’को औपचारिक उद्घाटन, अब अनलाइनबाटै गर्न सकिन्छ यस्ता सरकारी काम

‘नागरिक एप’को औपचारिक उद्घाटन, अब अनलाइनबाटै गर्न सकिन्छ यस्ता सरकारी काम
अ+ अ-
अनुमानित्त पढ्न लग्ने समय 2 मिनेट

 

परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ । ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो एपको भर्चुअल शुभारम्भ गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब लाइनबाट नभई अनलाइनबाट सरकारी सेवा प्राप्त गर्नका निम्ति सरकारले ‘नागरिक एप’ शुरुआत गरिएको जानकारी दिए । उनले भने,“नागरिक एपको शुभारम्भ सुशासन कायम गर्दै नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका निम्ति पारदर्शिता कायम गर्न, झन्भझटिलो र परम्परागत सरकारी प्रणाली र प्रक्रियालाई अन्त्य गर्दै पेपरलेस, फेसलेस गर्दै सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो ।”

सरकारका प्रवक्ता गुरुङले अब जनताले अनलाइनबाटै बैँक खाता खोज्न सक्ने जानकारी दिए । राष्ट्रिय गौरवको आयोजनाको रुपमै रहेको प्रत्येक स्थानीय तहमा द्रुत गतिको इन्टरनेट सेवालाई प्रत्येक स्थानीय तहका कार्यालय, विद्यालय, शिक्षण संस्था र सबै सार्वजनिक ठाउँमा पुर्याउने कार्य आजदेखि शुरु भएको उनको भनाइ थियो ।

सरकारले सबै जनताको पहुँचमा पुर्याउने गरी आजदेखि फाइभजी शुरुआत छ । पत्रकारको प्रेस कार्ड अनलाइनमार्फत नवीकरण गर्न पाइने सुविधा मिलाइएको छ । त्यसैगरी सरकारले आजदेखि सबै सरकारी कार्यालयका बेवसाइट एकै ठाउँबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाएको छ ।
उनले भने, “दूरसञ्चार सेवालाई सरल, सुलभ, भरपर्दो र विश्वसनीय बनाउँदै दुर्गम क्षेत्रका निम्ति दूरसञ्चार क्षेत्रको विशेष कार्यविधि बनाउँदैछौँ । हामी सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्न सूचना प्रविधिका क्षेत्रमा जोडिनु आवश्यक छ, त्यसमा जोडिएर समृद्ध नेपालको आधार निर्माण गर्नु जरुरी छ ।” सूचना तथा सञ्चार प्रविधि दिवसको महत्वलाई बुझेर नै मन्त्रालयले ‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने नारा अघि सारेको उनको भनाइ थियो ।

सञ्चार तथा सूचना प्रविधिको विकास नभएसम्म समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा कार्यान्वयन गर्न नसकिने उहाँले बताउनुभयो ।
सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको प्रयोगले विश्वकै आर्थिक, शैक्षिक र स्वास्थ्यलगायत क्षेत्रमा परिवर्तन भएको जनाउँदै त्यसको हरेक क्षेत्रमा महत्वपूर्ण रहेको बताए । विश्वमा सञ्चार तथा सूचना प्रविधिमा आएको विकासलाई आत्मसात् गर्दै नेपालले पनि सार्वजनिक सेवा प्रवाहलाई प्रविधियुक्त बनाउँदै लैजानुपरेको उनले स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?