© 2021-2024
एजेन्सी। चिनियाँ कम्पनी ओप्पोले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । चिनियाँ टिप्स्टरले हालै दिएको जानकारीअनुसार फोल्डेबल फोन नोभेम्बरमा सार्वजनिक हुनेछ ।
यो फोल्डेबल फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ८ इन्च स्क्रिनको साथै स्न्यापड्रागन ८८८ चिपसेट हुने अनुमान गरिएको छ । साथै, यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा हुने चर्चा छ ।