© 2021-2024
एजेन्सी । चिनियाँ कम्पनी साओमीले ल्याउँदै गरेको साओमी–१२ आउँदो डिसेम्बर १२ मा लन्च हुदैँछ। तर, लन्च हुनु अगाबै यसको केही फिचरहरु लिक भएको छ। यो फोनमा ५० मेगापिक्सलको प्राइमेरी सेन्सर हुने बताइएको छ।
साओमी–१२ मा ५० मेगापिक्सलको मुख्य क्यामरासहित तीनवटा क्यामरा हुनेछ। जसमा अल्ट्रा–वाइड एंगल, पेरिस्कोपिक र टेलिफोटो लेन्स रहेको छ।
साथै, यो फोनमा फुल एचडी प्लस स्क्रिन र १०० वाटको फास्ट चार्जिङ पनि हुने बताइएको छ।