२३ जेष्ठ २०८०, मंगलवार

वानप्लस नोर्ड सिइको मूल्य नेपाली बजारमा कति, केके छन् त विशेषता ?



एजेन्सी । चिनियाँ स्मार्टफोन कम्पनीले ल्याएको वानप्लस नोर्ड सिइ मोबाइलमा ६.४३ इन्चको फ्लुइड एमोलेड डिस्प्ले रहेको छ । यसमा तीनवटा क्यामरा छ, जसमा ६४ मेगापिक्सलको मुख्य क्यामरा, ८ मेगापिक्सलको अल्ट्रा–वाइड सुटर र २ मेगापिक्सलको मोनो लेन्स छ। यसको अगाडितिर भने १६ मेगापिक्सलको सेल्फी क्यामरा छ।

फोन ६, ८ वा १२ जिबी र्‍याम र १२८ वा २५६ जिबी आन्तरिक स्टोरेज रहेको छ। यसैगरी यो फोनमा भएको ४,५०० एमएएच ब्याट्रीले ३० वाटको फास्ट चार्जिङ हुने कम्पनीले जनाएको छ ।

८ जिबी र्‍याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको वानप्लस नोर्ड सिइको मूल्य ४४ हजार ९ सय ९९ रूपैयाँ छ। यस्तै, १२ जिबी र्‍याममा २५६ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य भने ५१ हजार ४ सय ९९ रूपैयाँ तोकिएको छ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न