२० मंसिर २०७९, मंगलवार

Logo

ई-पासपोर्टको वितरण देशव्यापी बनाउने तयारि !



e-passport

राहदानी विभागले विधुतिय राहदानी (ई-पासपोर्ट) को वितरण देशव्यापी बनाउने तयारी थालेको छ।

गत मंग्सिर १ गतेदेखि शुरु गरिएको ई-पासपोर्ट हालसम्म ११ ओटा जिल्लाहरुबाट मात्रै वितरण गरिंदै आएको छ।

हालसम्म काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रुपन्देही, कास्की, पर्सा, मोरंग र सुनसरीका जिल्ला प्रशासन कार्यालयहरुमा ई-पासपोर्ट लिन सकिने व्यवस्था छ।

सेवाग्राहीका सहजताको लागि जिल्ला-जिल्लामा उक्त सेवा उपलब्ध गराउनका लागि तयारि भईरहेको विभागका प्रवक्ताको भनाई छ।

राहदानी विभागबाट बनाउँदा १२ हजार र जिल्लाबाट आवेदन दिई बनाउँदा ५ हजार लाग्ने उक्त ई-पासपोर्ट बनाउनेहरुको संख्या हालसम्म ८ हजारभन्दा बढी पुगिसकेको छ।

विभागबाट हरेक दिन १ हजार विधुतिय राहदानी वितरण गर्ने क्षमता बढाई जिल्लाबाट आवेदन दिएका सेवाग्राहीहरुलाई एक सातामै ई-पासपोर्ट वितरण गरिने समेत प्रवक्ता आरनले। बताए।


१९ मंसिर, काठमाडाैँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले आइतबार ठूलो परिमाणमा महँगा फोनहरू बरामद

१८ मंसिर, एजेन्सी। एप्पलले हालैक सातामा आफ्नो केही उत्पादन चीन बाहिर सार्न र आपूर्तिकर्ताहरूलाई

१८ मंसिर, काठमाडाैँ। नेपाल विद्युत् प्राधिकरणको पोलमा अव्यवस्थित तरिकाले तानिएका र प्रयोगमा नरहेका तार

१६ मंसिर, काठमाडाैँ। न्युज पोर्टल उकेरामाथि साइबर हमला भएको छ । बिहीबार राति उकेराको