बेलायती बहुराष्ट्रिय दूरसञ्चार कम्पनी भोडाफोनले पेरिसमा भएको लिलामीमा विश्वको पहिलो एसएमएस गैर फङ्गिबल टोकन(NFT) को रूपमा $१५०,००० मा बेचेको छ। कानुनी कारणहरूका लागि, विजेता बोलपत्रदाताले एसएमएस प्रदर्शन गर्न डिजिटल तस्विर फ्रेम सहित मूर्त सम्पत्तिहरू पनि प्राप्त गर्नेछन्।
पछिल्लो समय डिजिटल मुद्राको बढ्दो लोकप्रियताका कारण परम्परागत प्रविधिको सट्टा एनएफटीलाई नयाँ प्रविधि अपनाइए संगै यो २२ वर्ष पहिले, जब एक विश्व-पहिलो एसएमएस मेरी क्रिसमस भोडाफोन, इन्जिनियर नील पापवर्थबाट उनको मालिक रिचर्ड जार्विसलाई ओर्बिटेल ९०१ फोन प्रयोग गरेर पाठ सन्देश पठाइएको थियो। सेलुलर नेटवर्कहरू बीच सञ्चार आदानप्रदानमा पहिलो पाठ सन्देश पठाउनु पहिलो सुरुवात थियो।
लिलामी मार्फत कमाएको रकम संयुक्त राष्ट्र (यूएन) शरणार्थी एजेन्सीलाई दान गरिने बताइएको छ।
प्रत्येक NFT एक प्रकारको हुन्छ , यसको मतलब कुनै पनि दुई टोकनहरू समान हुदैनन् । मार्च देखि, जब पहिलो NFT कलाकृति क्रिस्टीज द्वारा एक अनलाइन लिलामी को समयमा $ ६९ ,३४६ ,२५० मा बेचिएको थियो ।
एसएमएस एनएफटीको बिक्रीको बारेमा बोल्दै, “पहिलो छापिएको पुस्तक, पहिलो फोन कल, पहिलो इमेल, यी सबै आविष्कारहरूले संसारमा हाम्रो जीवन र सञ्चारलाई परिवर्तन गरेको छ” अगुट्स लिलामी घरका विकास प्रबन्धक म्याक्सिमिलियन अगुट्सले भनेका छन् ।