© 2021-2024
सामसङले 4K ३२ इन्च M8 सँग स्मार्ट मोनिटरहरूको लाइनअपमा थप्ने भएको छ । हालै बिक्रीमा रहेका मोडेलहरू जस्तै, यसले सामान्य मोनिटरहरू जस्तै कम्प्युटरमा प्लग गर्न सक्षम हुनुका साथै स्ट्रिमिङ एपहरूमा पहुँच प्रदान गर्ने लगायत स्मार्ट टिभी जस्तो कार्यक्षमता प्रदान गर्न भएको छ तर कम्पनीले रिलीज मिति वा मूल्य खुलासा भने अहिले गरेको छैन । यसलाई विभिन्न मानिसहरूका लागि अझ उपयोगी बनाउन कम्पनीले M8 सँग केहि कदम अगाडि बढिरहेको खुलासा भएको छ ।
यो स्मार्ट मोनिटर ११ .४ एमएम मोटो रहेको छ, जुन सामसुङले पहिलेका मोडेलहरू भन्दा धेरै पातलो भएको बताएको छ। यसमा सबैभन्दा पातलो स्मार्ट डिस्प्ले क्यामेरा रहेको छ , जुन भिडियो कलहरूको लागि मोनिटरमा संलग्न हुन प्रयोग गर्न सकिने छ । कम्पनीका अनुसार प्रयोग नभएको खण्डमा प्रयोगकर्ताले डिस्प्लेबाट क्यामेरा हटाउन सक्छन् । गुगल डुओ जस्ता लोकप्रिय भिडिओ कल एप्लिकेशनहरू पनि यो मनिटरले सपोर्ट गर्छ । यसले प्रयोगकर्तालाई अल-इन-वान वर्कस्टेशनको अनुभव दिने कम्पनीको दाबी छ ।
सामसुङको अर्को नयाँ सुविधा गेम होम हो, जसले M8 लाई क्लाउड गेम स्ट्रिमिङ मनिटरमा परिणत गर्ने छ र प्रयोगकर्ताले M8 लाई गेम स्ट्रिमिङ सेवाहरूबाट खेलहरू स्ट्रिम गर्न र यसमा वायरलेस कन्ट्रोलरहरू जडान गर्न प्रयोग गर्न सक्ने बारे कम्पनीले बताएको छ ।
सामसङले, M8 ले सुविधा दिने सबै पोर्टहरू भने अझै साझा गरेको छैन तर यसमा USB-C पोर्ट रहेको खुलासा गरेको छ जसले ६५ W चार्जिंग पासथ्रु समर्थन गर्न सक्ने छ । अहिले सम्म यसको मूल्य वा उपलब्धता उल्लेख गरिएको छैन । कम्पनीले CES २०२२ अगाडी ३२ इन्चको Odyssey Neo G8 कर्भ्ड गेमिङ मोनिटरको पनि घोषणा गरेको छ जसले 4K रिजोल्युसन र २४० हेअर्त्श रिफ्रेस रेट फिचर गर्दछ, जुन सामसङ 1000R कर्भ मोनिटरमा हासिल गर्ने पहिलो कम्पनी हो।