नेपालमा घरेलु टिभि सेवा प्रदायक र आइएस्पि डिस मिडियाले डिशहोम 4K स्ट्रिमर लन्च गरेको छ । यस उपकरणले ग्राहकहरूलाई डिशहोम च्यानलहरू हेर्न र इन्टरनेटबाट टिभीमा अन्य सामग्री स्ट्रिम गर्न अनुमति दिनेछ । डिशहोम 4K स्ट्रिमरको अधिकतम भिडियो रिजोल्युसन भने 4k@60fps रहेको छ । यसमा HDMI २ .१ आउटपुट र माइक्रो USB पोर्टहरु रहेको छ। यसका साथै डिशहोम 4K स्ट्रिमरमा अन्य थुप्रै बिशेसता रहेको छ ।
डिशहोम 4K स्ट्रिमरमा एउटा आयताकार डोङ्गल छ जुन टिभीको HDMI पोर्टमा प्लग हुन्छ र अर्को छेउमा यन्त्रलाई पावर गर्न माइक्रो USB पोर्ट छ। यो पनि आफ्नै RCU रिमोट कन्ट्रोल संग आउँनेछ। स्ट्रिमरसँग आउने रिमोटमा पावर, भोल्युम, माथि/तल, सेटिङहरू जस्ता आधारभूत प्रकार्य बटनहरू समेत छन्। साथै, रिमोटमा युट्युब, अमेजन प्राइम भिडियो, गुगल प्ले, डिशहोम गो र गुगल भ्वाइस सहायकका लागि समर्पित बटनहरू पनि रखिएको छन्।
विशेषताहरु
स्ट्रिमर डिशहोमको आफ्नै ओटीटी सेवा ‘डिशहोम गो’सँग पूर्व-स्थापित हुन्छ र यसबाट प्रयोगकर्ताले इन्टरनेटबाट डिशहोम च्यानलहरू हेर्न सक्नेछन् ।यसबाहेक, स्ट्रिमरले युट्युब, अमेजन प्राइम भिडियो, एहबिओ र अन्य धेरै स्ट्रिमिङ सेवाहरूमा पहुँच पनि दिन्छ। यद्यपि, अहिले सम्म, यसमा नेटफ्लिक्सको लागि कुनै समर्थन भने रहेको छैनतर प्रयोगकर्ताहरुको संख्या राम्रो मात्रामा भए नेटफ्लिक्स भविष्यमा आउन सक्ने सम्भावना रहेको छ ।
डिशहोम 4K स्ट्रिमरको मूल्य नेपालमा मात्र रु. ७,९९९ पर्ने छ । यो नेपालभर डिसहोम डिलरहरूमा उपलब्ध छ। यद्यपि, डिशहोम डीटीएच वा फाइबरनेट ग्राहकहरूले मात्र स्ट्रिमिङ उपकरण किन्न र प्रयोग गर्न सक्षम छन्।
डिशहोम 4K स्ट्रिमर टिभीहरूको लागि स्ट्रिमिङ उपकरण हो जसले गैर-स्मार्ट टिभीहरूलाई एन्ड्रोइड टिभी ओएसमा चलाउन सक्षम बनाउँछ। यसले TV लाई इन्टरनेटमा जडान गर्न र युट्युब, अमेजन प्राइम भिडियो जस्ता विभिन्न TV एपहरू प्रयोग गर्न अनुमति दिन्छ।