१२ मंसिर २०७९, सोमबार

Logo

युट्युवमा नयाँ स्मार्ट डाउनलोड फिचर, कसरि गर्छ काम ?



गुगलको म्युजिक स्ट्रिमिङ सेवा, युट्युब म्युजिकले प्रयोगकर्ताहरूलाई अफलाइन हुँदा पनि आफ्ना मनपर्ने गीतहरू सुन्न अनुमति दिने नयाँ सुविधा ल्याइरहेको छ।  यसका लागि युट्युवको एन्ड्रोइड एपमा ‘स्मार्ट डाउनलोड’ फिचर परीक्षण गरिरहेको छ ।

यो नयाँ सुविधालाई स्मार्ट डाउनलोड भनिन्छ र युट्युब म्युजिक प्रयोगकर्ताले मन पराएको ५०० गीतहरू स्वतः डाउनलोड गर्न सक्ने छन् तर वाई-फाई प्रयोग भएको बेलामा मात्र याे फिचरले भिडिओ डाउनलोड गर्नेछ ।

प्रयोगकर्ता घरबाहिर रहँदा पनि मनपर्ने भिडिओ मोबाइल डेटाबिनै हेर्न सकुन् भन्ने उद्देश्यका साथ युट्युवमा याे सुविधा आउन लागेको हो ।

यो सुविधाबाट कुनै भिडिओ डाउनलोड हुनुअघि मोबाइलमा स्टोरेज सकिएको छ भने एपले नै सूचित गर्नेछ र यसरी डाउनलोड भएका भिडिओ युट्युव एपको लाइब्रेरी ट्याबमा गएर हेर्न सकिनेछ ।

अफलाइन मिक्सटेपको विपरीत, युट्युव संगीत प्रयोगकर्ताहरूका लागि धेरै समयको लागि उपलब्ध रहेको यो सुविधा, स्मार्ट डाउनलोडहरूले तपाईंको प्रोफाइलमा मिल्ने गीतहरूको मिश्रण सिर्जना गर्दैन र यसलाई अफलाइन उपलब्ध गराउँछ बरु तपाईंलाई मनपर्ने गीतहरू डाउनलोड गर्दछ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन