२५ माघ २०७९, बुधबार

Logo

टेलिकमको सस्तो र आकर्षक विन्टर अफर !



कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराएको छ । कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा प्याकेज केहि प्याकेज थप गरिएको जानकारी दिएको छ।

अब ‘सजिलो अनलिमिटेड प्रिपेड ७९९’,‘सजिलो अनलिमिटेड प्रिपेड ९९९’र ‘सजिलो अनलिमिटेड प्रिपेड १४९९’ प्याक समेत उपलब्ध हुने भएको छ। पहिले सोहि सुविधा २८ दिनका लागि रु. ५९९ मा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेको थियो।

डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा भएको यो प्याकेजमा अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको छ ।

यस अन्तर्गत २९९ रुपैयाँमा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने गरि सस्तो प्रिपेड कम्बो प्याक तयार गरिएको छ।

पहिलो पटक यो सेवा एक्टिभ गर्ने ग्राहकले २८ दिनसम्म प्रयोग गर्न सक्नेगरी निःशुल्क १०० मिनेट अन–नेट कलको सुविधा पाउने छन् भने फोरजी होम ब्रोडब्यान्ड लिने ग्राहकका लागि मासिक र वार्षिक रुपमा लिन सकिने वेसिक र प्रिमियम प्याकेज उपलब्ध गराइने छ ।


२४ माघ, काठमाडाैँ। ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ ।

२३ माघ, एजेन्सी। स्पेसएक्सका प्रमुख एलन मस्कले आफ्नो विशाल ‘स्टारशिप’ रकेट प्रणाली योजनाअनुसार अघि

२२ माघ, काठमाडाैँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक संस्था नेपाल टेलिकम २० औँ वर्षमा

२२ माघ, काठमाडौं । अब इन्टरनेटबिना पनि रकम भुक्तानी गर्न सकिने भएको छ । इन्टरनेट