स्मार्टफोन ब्राण्ड मोटोरोलाले भर्खरै संसारको पहिलो स्न्यापड्रागन ८ जेन १ स्मार्टफोनको रूपमा एज एक्स३० अनावरण गरेको छ । लेनेभोको कम्पनी मोटोरोलाले कम्पनीले अर्को फ्ल्यागशिप फोन प्रस्तुत गर्न तयारी गरिरहेको छ, जसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ ।
६.६७ इन्चको डिस्प्ले रेहको फोनमा पी–ओएलईडी कर्भ्ड एज युक्त फुल एचडी प्लस डिस्प्ले रहनेछ । यस फोनमा सेल्फीका लागि ६० मेगापिक्सेलको ओम्निभिजन क्यामेरा रहने बताइएकाे छ ।
यो स्मार्टफोनमा १२५W फास्ट चार्जिङ सुविधा हुने अपेक्षा गरिएको छ, जुन कम्पनीको लागि पहिलो हुनेछ । यसले साओमी ११ आइ हाइपरचार्ज र साओमी ११ टि प्रो मा देखिएको साओमी को १२०W फास्ट चार्जिङ टेकलाई कडा प्रतिस्पर्धा दिने भएको छ।