१२ मंसिर २०७९, सोमबार

Logo

विदेश अध्ययन अनुमति र प्रेस पास अब नागरिक एपमा !



एउटै एपमा सबै सरकारी सेवाहरू उपलब्ध गराउने गरी डिजाइन गरिएको नागरिक एपमा नयाँ अपडेट आएको छ । नागरिक एप संस्करण १.४.६ को पछिल्लो अपडेटसँगै विदेशी अध्ययन अनुमति र  प्रेस लिङ्क पासका लागि आवेदन दिने सुविधा आएको हो ।

यससँगै अब नागरिकहरुले एपमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको एनओसीका लागि आवेदन दिन सक्ने भएका छन् तर, भुक्तानी सुविधा उपलब्ध हुन केही समय लाग्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जनाएको छ ।

मन्त्रालयको विदेश अध्ययन अनुमति शाखाबाट अहिले आवेदन दिएर प्रक्रिया पूरा भएमा नागरिक एपमा सूचना हेर्न सकिने मन्त्रालयले बताएको छ । यति मात्र नभएर , नयाँ अपडेटसँगै सूचना तथा प्रसारण विभागले जारी गरेको प्रेस पासलाई लिंक गर्ने सुविधा समेत थपिएको छ ।

हाल तपाईको विवरणहरू हेर्नको लागि मात्र सुविधा उपलब्द भएको छ तर एपको अर्को अपडेटमा नयाँ प्रेस पास वा एपबाट नवीकरणको लागि आवेदन दिन सम्भव हुने जानकारी आएको छ।


११ मंसिर, काठमाडाैँ। आगामी माघदेखि मदिरा, चुरोट, गुट्खा र सुर्ती उद्योगले अनिवार्यरुपमा विद्युतीय बीजक

१० मंसिर, एजेन्सी। विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट

१० मंसिर, काठमाडाैँ। केही समय अघि विश्वभर चर्चित सगरमाथाको क्षेत्रमा खिचिएको भनिएको हिमचितुवाको तस्बिर

१० मंसिर, काठमाडाैँ। गुगल म्यापले नेपाली सडकमा पनि ट्राफिकको अवस्थाबारे रियल टाइममा जानकारी दिन