नेपाल दूरसञ्चार प्राधिकरणमा मोबाइल हराएको तथा चोरी भएको भन्दै करिब ५ हजार उजुरी परेका छन् । प्राधिकरणको तथ्याङ्क अनुसार चार बर्षमा ४ हजार ८ सय चार ओटा मोबाइल हराएको भन्दै निवेदन परेका छन तर अहिले सम्म एउटा पनि मोबाइल फेला परेको रेकर्ड समेत छैन ।
मोबाइल हराएको भन्दै खोज्न सेवाग्राहीले निवेदन दिए पनि प्रहरी तथा प्राधिकरणसँग कुनै संयन्त्र छैन । हराएका मोबाइल कहाँ पुग्छ त्यसको ट्रयाक गर्ने कुनै पूर्वाधार नभएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
अहिले सम्मको अवस्था हेर्न हो भने दूरसञ्चार प्राधिकरणले पनि मोबाइल हराएको निवेदनलाई खोजी गर्नका लागि प्रहरीलाई नै गुहार्ने गरेको देखिएको छ ।
दूरसञ्चार प्राधिरणले उपलब्ध गराएको तथ्याङक अनुसार २०७५ सालमा मोबाइल हराएको भन्दै ८२ वटा उजुरी परेका थिए। त्यस मध्ये प्राधिकरणले ६ ओटा मात्रै मोबाइल ट्रेस गर्न सफल भएको थियो । त्यसैगरी ०७६मा १२ सय दुई वटा , ०७७ मा ११ सय ६२ ओटा र ०७८को मंसिरसम्म २ हजार तीन सय ९४ ओटा मोबाइल फोन हराएको अथवा चोरी भएको भन्दै उजुरी परेका छन ।
दूरसञ्चार प्राधिरकणका निर्देशक मीन प्रसाद अर्यालले हराएका अघिकांश मोबाइल नभेटिने र खोज्न कठिन हुने बताएका छन् । प्राधिकरणले हाल स्थापना गरिरहेको एमडिएमएस सिस्टमले चोरी हुने मोबाइल खोजी गर्न सहयोग गर्ने भनेता पनि पूर्वाधार निमार्ण गर्न भने ढिलाई गरिरहेको छ ।