७ चैत्र २०७९, मंगलवार

वर्ल्डलिङ्कको मोबाइल एपबाटै इन्टरनेट सम्बन्धी समस्या रिपोर्ट गर्न सकिने !



इन्टरनेट हाम्रो आधुनिक जीवनको अभिन्न अंग बनिसकेको छ, यति धेरै, कि संयुक्त राष्ट्रले पनि इन्टरनेट पहुँच मानव जातिको एक आधारभूत अधिकार हो भन्छ। बढ्दो पूर्वाधार, किफायती, र यसको पहुँचको आधारमा भन्ने हो भने इन्टरनेटको प्रयोगकर्ता बढ्दो संख्यामा मात्रै देख्न सकिन्छ।

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले अब देखि मोबाइल एपबाटै ग्राहक सेवा उपलब्ध गराउने भएको छ । कम्पनीले आफ्नो ग्राहक सेवालाई सुधार गर्ने उद्देश्यका साथ यो नयाँ सेवा बजारमा ल्याएको हो ।

यसअघि कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर आफ्नो गुनासो टिपाउनुपर्ने बाध्यता रहेको थियो तर अब कम्पनीको इन्टरनेट कनेक्सन सम्बन्धी कुनै पनि समस्या वर्ल्डलिङ्कको मोबाइल एपबाटै रिपोर्ट गर्न सकिने भएको छ ।

एपबाट आएको गुनासो तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको कम्पनीले जानकारी गराएको छ । एन्ड्रोइड लगायत आईओएस दुवै स्मार्टफोनका लागि कम्पनीको मोबाइल एपमा सो सुबिधा उपलब्ध रहेको छ ।


६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

४ चैत, दैलेख । नौमूले गाउँपालिकाका खानेपानी ट्याङ्कीमा ‘जिपिएस’ जडित ‘अलर्ट’ राखिएका छन् । खानेपानी

१ चैत ,गलेश्वर । म्याग्दीको बेनी नगरपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाउनेलाई रु २५