अमेजन एलेक्सा एक क्लाउडमा आधारित भ्वाइस सेवा हो जुन अमेजन र तेस्रो-पक्ष उपकरण निर्माताहरूबाट लाखौं यन्त्रहरूमा उपलब्ध छ।
अमेजनको एलेक्साका प्रयोगकर्ताहरूले शुक्रबार बिहान आवाज सहायकले काम नगरेको गुनासो गरेका छन् । वेबसाइट डाउन डिटेक्टरका अनुसार यो समस्याले बेलायत र युरोपका केही भागहरूमा असर गरेको देखिएको छ।
केही प्रयोगकर्ताहरूले ,उनीहरूले एलेक्सालाई प्रतिक्रिया दिन र उनीहरूको बिहानको दिनचर्यामा मद्दत गर्न असमर्थ भएका बारेमा सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । तर हालै अमेजनले सो समस्या समाधान भएको बताएको छ।
कम्पनीले एक विज्ञप्तिमा बोल्दै “आज बिहान हामीसँग एउटा समस्या थियो जसले केही एलेक्सा ग्राहकहरूको सेवासँग अन्तरक्रिया गर्ने क्षमतालाई असर गरेको थियो तर अहिले सेवा सामान्य रूपमा सञ्चालन भइरहेको,” बताएको छ ।
बीबीसी क्लिककि प्रेजेन्टर लारा लेविङटन भन्छिन,”भ्वाइस असिस्टेन्टमा आएको समस्याले गर्दा प्रतिक्रिया दिने मिलिरहेको थिएन जसका कारणले गर्दा बिहानको अलार्म बन्द गर्न सकिन”।