२३ जेष्ठ २०८०, मंगलवार

रूसले क्रिप्टोकरन्सीहरूको प्रयोग र व्यापारमा प्रतिबन्ध लगाउने !



रसिया बिटक्वाइन व्यापारमा संयुक्त राज्य अमेरिका र काजाकिस्तान पछि विश्वको तेस्रो ठूलो खेलाडी भनेर चिनिन्छ ।

बैंक अफ रूसका अनुसार क्रिप्टो व्यापारले ऊर्जा खपतको लागि समस्या सिर्जना गरिरहेको देखिएको छ। बिटकोइन र अन्य क्रिप्टोकरेन्सीहरू शक्तिशाली कम्प्युटरहरूद्वारा किनबेच गरिन्छन् जसले जटिल गणितीय पजलहरू समाधान गर्न विश्वव्यापी नेटवर्कमा जोडिएका अरूसँग प्रतिस्पर्धा गर्छन्।

रुसको केन्द्रीय बैंकले बिहीबार नागरिकको हित र मौद्रिक नीति सार्वभौमसत्तामा खतरा रहेको भन्दै रुसी भूभागमा क्रिप्टोकरेन्सीहरूको प्रयोग र व्यापारमा प्रतिबन्ध लगाउने प्रस्ताव गरेको हो ।

बैंकले वित्तीय संस्थाहरूलाई क्रिप्टोकरन्सीहरूसँग कुनै पनि कारोबार सञ्चालन गर्नबाट रोक्न प्रस्ताव गरेको छ र  फिएट मुद्राहरूको लागि क्रिप्टोकरेन्सीहरू खरीद वा बिक्री गर्ने उद्देश्यले कारोबार रोक्न संयन्त्रहरू विकास गरिनु पर्ने बताएको छ । रसियाले वर्षौंदेखि क्रिप्टोकरेन्सीहरूको विरुद्धमा तर्क गर्दै आएको छ ।


२३ जेठ, एजेन्सी । एप्पलले विश्वव्यापी विकासकर्ता सम्मेलनमार्फत पहिलो पटक १५ इन्चको म्याकबुक लन्च गरेको

२३ जेठ, काठमाडाैँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै

२२ जेठ, काठमाडाैँ । ग्लोबल डिस्ट्रिव्युसन सिस्टम ‘जीडीएस’ मार्फत अन्तर्राष्ट्रिय उडानको टिकट बिक्री गर्दै

२१ जेठ, काठमाडाैँ । नेपाल टेलिकमले ६३६ रुपियाँमा एक महिनाभर कम्पनीकै नेटवर्कभित्र असीमित कल गर्न