आईओएसको पुरानो संस्करणहरूमा सञ्चालन गर्ने एप्पल आईफोन प्रयोगकर्ताहरूले ल्याटेस्ट आईओएस १५ मा अपग्रेड गर्नुपर्ने हुन सक्छ किनभने कम्पनीले अब सुरक्षा अपडेटहरू फिर्ता लिने भएको छ।
एप्पलले जारी गरेको रिपोर्टको अनुसार,आईओएस १४ र आईप्याडओएस १४ मा सञ्चालन गर्ने प्रयोगकर्ताहरूलाई अब सुरक्षा अपडेटहरू उपलब्ध गराउने छैन।
कम्पनीले ग्राहकहरूलाई आईओएसको पछिल्लो संस्करणमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ । जसका कारणले आईओएस १४ प्रयोग गर्न चाहने प्रयोगकर्ताहरूले निराश ब्यक्त गर्न सक्ने दाबी गरिएको छ ।
भर्खरै, एप्पलले अर्सटेकनिसलाई जानकारी गराए अनुसार, “कम्पनीले सँधै आईओएस १४मा सुरक्षा अपडेट विकल्प अस्थायी राख्न खोजेको ” बताएको छ।