९ चैत्र २०७९, बिहीबार

कामना बैंक र नमस्ते पे बीच अनलाइन भुक्तानीका लागि सम्झौता !



कामना सेवा विकास बैंक लिमिटेड र नमस्ते पे बीच नेपाल टेलिकमको डिजिटल वालेट सेवा उपलब्ध गराउने सम्झौता भएको छ । अब, बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाट नमस्ते पेमा पैसा लोड गर्न र विभिन्न सेवाहरूको लागि अनलाइन भुक्तानी गर्न सक्ने भएका छन्।

सम्झौतामा कामना बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले हस्ताक्षर गरेका छन् ।

कामना सेवा विकास बैंक नमस्ते पेमा जोडिने पहिलो बैंक तथा वित्तीय सेवा प्रदायक बनेको छ ।

यसमार्फत् ग्राहकले मोबाइल बैंकिङको माध्यमबाट आफ्नो नमस्ते पे खातामा रकम लोड गरी क्रेडिट बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी, बिजुलीको बिल भुक्तानी, खानेपानी महशुल भुक्तानी, मोबाइल टपअप र अन्य विभिन्न भुक्तानी गर्ने सुविधा प्राप्त गर्न सकिने नमस्ते पेले जनाएको छ ।

नमस्ते पे स्टार ५०० ह्यास युएसएसडी कोड प्रयोग गरेर स्मार्ट र फिचर दुवै फोनमा प्रयोग गर्न सकिने बाताइएको छ ।


 ९ चैत, काठमाडाैँ । विश्वप्रख्यात टेक कम्पनी एप्पलले पछिल्लो संस्करणको आइफोनको मूल्य घटाएको छ

६ चैत्र, काठमाडाैँ । नेपाली बजारमा 'अनर' ब्राण्डको नयाँ मोबाइल सार्वजनिक भएको छ । नेपालमा

५ चैत, पर्वत । पर्वतको कुश्मा नगरपालिका–१ पाङ अदुवाबारीको भीरबाट लडेर बागलुङकी एक किशोरीको मृत्यु

२ चैत, एजेन्सी। फेसबुकको अभिभावक कम्पनी मेटा प्लेटफर्मले ११ हजार कर्मचारीहरूलाई हटाएको चार महिनापछि पुनः